Wednesday, February 19, 2014

आफुले नचाहादा नचाहादै पनि एउटै कुरा मनमा दोहोराई तेहराई किन आउछ ?

रमा ३० वर्षकी युवती हुन, उनि बारम्बार टोलाई रहन्छिन् । उनका मनमा अनौठा सोचाइहरु आइरहन्छन् । जब उनी घरायसी काम गर्न खोज्छीन तब यस्ता सोचाइहरु अनौठा तस्बीर मनमा आइ सताउने गर्छन । उनलाई थाहा छ यो सोचाइ तस्विर आफ्नै हो तर उनी यसलाई नियन्त्रण गर्न सक्दिनन् । मनमा अशान्ति पैदा गर्छिन्, उनी मनबाट यस्ता कुरा हटाउन खोज्छीन् तर गाह्रो पर्छ । उनी लुगा धुन, नुहाउन पानीमा जानै हुदैन । उनी त्यहाँबाट उम्कन सक्दिनन् । पानी सँग जोडिएको यो मनरोग अनौठो हुन्छ । जब उनी लुगा धुन जान्छिन्, तब उनले त्यहाँ घण्टाँै विताउन पर्ने हुन्छ । जब लुगा धुँदै जान्छिन्, मनमा सोचाइ आउँछ लुगा अझै सफा भइसकेको छैन अझै दश पटक पखाल्न पर्छ, भनि उनी पखाल्न सुरु गर्छिन् । यसरी गन्दै दश पटक पुराउँछिन उनी केही छिन आनन्दको स्वास फेर्छिन् । फेरी सोचाइ दोहोरिन्छ अनि छट्पटाउँछिन् । त्यसो त लुगा धुने, नुहाउने, हात धुने, घर सफा गर्ने, ढोकामा चुक्कुल लगाउने, पैसा गन्ने आदि समयमा पनि यस्ता समस्या आउँछन् ।  रमा जस्तो समस्या भएका धेरै मानिसहरु छन्, जस्लाई यो रोग हो होइन भन्ने थाहा छैन । जब यस्तो समस्या चरम उत्कर्षमा पुग्, तब डाक्टरकहाँ विरामीहरु आइपुग्छन् । यस्तो समस्यालाई अब्सेसिभ कम्पलसीभ डिसअर्डर९इदकभककष्खभ ऋयmउगकिष्खभ म्ष्कयचमभच० भनिन्छ ।
यस्ता अनौठा सोचाइ, तस्विर, शंका पैदा हुदा विरामी आत्तिने गछृन् । किताब पढिरहँदा सिनेमाका दृष्यहरु म्नमा आइरहने र पढाइमा ध्यान कम हुने भइरहन्छ । अग्लो पहाडमा प’लमा जाँदा अचानक शंका उव्जिने प’लबाट हाम फालौ  वा अग्लो ठाउँबाट हाम फालु जस्तो हुने हुन्छ । त्यसो त मनमा हाम फाल्नु हुदैन झन् खतरा हुन्छ भन्ने पनि थाहा छ तरा यस्ता अनावश्यक अशुद्ध सोचाइले गर्दा विरामीमा छटपटी पैदा हुन्छ, विरामी के गरौं जस्तो हुने र कहिले काही चिच्याउने पनि गर्छन् ।

घरमा खुकुरी चक्कु वा  बन्दुक नजिकै बस्दा मनमा शंका पैदा हुन्छ । खुकुरीले आफूलाई हानिन्छ, वा अरुलाई हानिन्छ त्यस्तो गर्नु हुदैन भन्ने थाहा छ त्यही पनि यस्तो शंका उपशंका मनमा उत्तेजीत भइरहन्छन् । कुनै अशुभ घटना घट्ने हो कि ? त्यसैले विरामी यस्तो ठाउँमा बस्न रुचाउँदैनन्, त्यो ठाउँ छाडेर हिड्छन् । यो त केवल मनको हुरी मात्र हो । सँगै बस्ने साथीलाई समेत थाहा हुदैन  यो एक्लै पैदा मनोवैज्ञानिक समस्या हो ।

अब्सेसिभ कम्पलसीभ डिसअर्डर९इदकभककष्खभ ऋयmउगकिष्खभ म्ष्कयचमभच० विरामीको मनको सोचाइको सिमा नै हुदैन । मन्दिरमा गएर देवताको बारेमा नराम्रो सोचाइ, शंका, उपशंका आउने देखि लिएर “आकास किन निलो हुन्छ” भन्ने सम्मका अत्यन्तै विचित्रका सोचाइ दिमागमा जवरजस्ती पस्छन् ।  जसबाट विरामी यस्ता सोचाइ हटाउन केही काम गनर्’ पर्ने हुन्छ । प्राय यस्ता विरामी मन्दिरमा गई धेरै बेर बस्न सक्दैनन् । जब सोचाइ चरम उत्कर्षमा पुग्छ, तब मन्दिरबाट बाहिर निस्कीन्छन् । आकासमा हेरी रहन सक्दैनन्, हतियार नजिक बस्न नसकी अर्को ठाउँमा पुग्छन् । जुत्ता मोजा लगाउने विद्यार्थी दिनभर जुत्ता मोजा लगाउँदैमा विताउने गर्छन् । जाडो महिनामा नुहाउन बाथरुम जाने विरामी घण्टौ सम्म नुहाइरहन्छन् । टाउको र शरिर  चिसो भइसक्दा पनि पानीबाट बाहिर निस्कन सक्देनन्, कहिले काही त एक्कासी चिच्याउने गर्छन् ।  हात  धेुँने सोचाइ आउने र यो कार्य दाह्रोरिँदा हात रातो हुन जान्छ । यसरी पानीबाट बाहिरिन अत्यन्तै गाह्रो हुने प्राय पानीमानै खेलिरने हुनाले यस्तो रोगलाई पानी बहुलाह अथवा पानी मनोरोग पनि भनिन्छ ।

 त्यसो त प्रकाशको उमेर ३० वर्ष भयो । ऊ एक किसान हो । गत १ वर्ष देखि उसको मनमा एउटै विचार दोहोरीरहन्छ । जव उ सुत्न लाग्छ तव उसलाई उसको मूल ढोकामा चुकुल लगाएको बारे संका उठ्छ, उ छट्पटीमा पर्छ, उ हेर्न जान्छ, हेर्दा चुकुल लगाई सकेको देख्छ तर फेरी जव उ सुत्न लाग्छ त्यहि कुरा दोहोरी रहन्छ । यस्तै उसले खाना खाएपछि दिशा पिसाव गरेपछि ३०—४० पटक सम्म हात धुनु पर्छ । उनको मनमा विचार आउँछ हात फोहर छ अनि उ हात धुन्छ केहिक्षेण छुटकरा मिल्छ अनि फेरी उहि सोचाई आँउछ र पटक पटक हात धुन्छ । यसरी धेरै पटक हात धुँदा हात नै सुन्निरहेको छ । यस्तै जव उ वाटोमा हिड्छ अनि उसले फोहोर वस्तु देख्छ उ डराउँछ फोहोर वस्तु खाइएला भनेर । उसलाई थाह छ फोहोर वस्तु खानु हुँदैन भनेर तर ऊ खाँउ खाँउ जस्तो बनाउने डरले उ त्याँहा वस्न सक्दैन । त्यस्तै क्भहगब ितजयगनतजत (यौन विचार) आउनाले उ आफ्ना नातेदार केटी छेउ वस्न सक्दैन । उसलाई थाह छ उसको सोचाई गलत र क्भलकभभिकक हो तर उ त्यसवाट छुटकारा पाउन सक्दैन । यस्तो समस्यालाई इदकभककष्खभ ऋयmउगकिष्खभ मष्कयचमभच भनिन्छ ।


         यो एउटा यस्तो रोग हो जसमा वारम्वार विचार, सोचाई, दृष्य द्यचष्बल मा आइरहँदा छटपटी हुन्छ । विरामीलाई यो हटाउन चाँहदा चाँहदै पनि दिमागमा आई सताउने गर्छ । यो हटाउन विरामीलाई कुनै क्रियाकलाप गर्नु पर्ने हुन्छ, जस्तै हात छुन,े चुकुल लगाए नलगाएको चेक गर्ने आदि । त्यसपछि यसवाट क्षणिक फाइदा हुन्छ तर फेरी दोहरी रहन्छ ।
       यो रोग लागेका विरामी पटक पटक हात धँुदा हात नै सुननियर आएका हुन्छन, कति विरामीमा मभउचभककष्यल का लक्षणहरु पनि पाइन्छन् । यो रोगका विरामी मनभित्र अनेकौ सोचाईबाट ग्रसित हुन्छन् । मनमा दृश्यहरु पनि आइरहन्छ । यस्ता मानिस मन्दिर जाँदापनि समस्या आउँछ । देवतालाई कुल्चिने सोचाई, देवताको यौन सोचाइ आइरहन्छ । बाटोमा पुलमा हिडँ्दा हाम्फाल्ने  सोचाई फोहोरमा बस्न्ुखाले सोचाइ मन छटपट भईरहन्छ । धारिलो हतियार नजिक वस्दा अकौलाइ हान्ने सोचाई, जुन गर्नु हुदैन भन्ने थाहा हुदाँ पनी पटक पटक आईरहन्छ । कतिपय विरामी वाथरुममा घण्टौ सम्म बस्छन् । र चिसोले कठारिन्छ ।




के कारणले यो रोग हुन्छ ?
यो रोगको खास कारण थाहा छैन तर मस्तिस्कमा सेरोटोनिन् भन्ने रसायन को गडबडी हुँदा यो रोग लाग्छ भन्ने धारणा छ । यसवाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइएको छ । बंशाणुगतरुपमा पनि यो रोग सर्ने गर्छ ।

यो रोगको उपचार कसरी गरिन्छ ?
विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानीक उपचार सोचाइ परिवर्तन गराउने, विरामीको सोचाइअन’सार ध्इान केन्द्रित हुन नदिने उपचार गराइन्छ । यो रोग केही विरामी कडा पछि गएर कडा मानसिक रोग पनि देखा पर्छ । पानी सँग सम्बन्धित देखिने यो रोगलाई पानी मानसिक रोग पनि भनिन्छ । यस्ता विरामीमा विचित्रका शंका उपश.का आउने हुनाले, दैनिक काम गर्न पनि गाह्रो पर्ने हुन्छ । यस्ता कुरा सँगै बस्ने मानिसलाई थाहै हुदैन, किन नुहाइरहन्छ, किन हात थोइरहन्छ भने कसैले ख्यालै गरेको हुदैन । उसको वानी यस्तै रहेछ भनेजस्तो हुने तर समस्या जटिल बन्दै जाँदा मात्र यो रोग लागेको थाहा हुने गर्छ । एकजना विरामी पुरुष भन्छ म महिलाको कम्मर भन्दा तल हेर्न सक्दिन । केही यस्ता विरामीमा चाँही विभिन्न शंका उपश.का आउने हुनाले हरेक काममा ढिलोपन आउने हुन्छ ।

विरामी जब सफाई गर्छ, तब मस्तिष्कमा सोचाइ आउँछ , तिमीले पचास पटक सफा गर्नु पर्छ, विरामी सफा गर्दै जान्छ पचास पटक सफा गर्द क्षणिक आनन्द मिल्छ,  अनि फेरी तत्काल अर्को सोचाइ आउँछ फेरी पचास प्टक सफा गर्ने अनि विरामी दिक्क हुन्छ र दिनभर यसमै अलमलिइरहन्छ । घरको ढोकामा चुक्कल लगाउँने कुरामा पनि यस्तो लक्षण देखिन्छ, एक दुइ पटक विर्सिनु समस्या हो तर यो रोगको विरामी जब मुल ढोकामा चुक्कल लगाइ कोठामा पुग्छन् तर सोचाइ आउँछ चुक्कुल लगाएको छैन । उनी ओछ्यानबाट उठेर हेर्न जान्छन्, चुक्कल त लगाएकै छ फेरी फर्किएर ओच्छ्यानमा पुग्छन् फेरी सोच्छन् चुक्कल त लगाएको छैन । उनी फेरी हेर्न जान्छन् यो समस्या दोहोरिरहन्छ र वाक्क हुन्छन् । अब्सेसिभ कम्पलसीभ डिसअर्डर९इदकभककष्खभ ऋयmउगकिष्खभ म्ष्कयचमभच० का विरामीहरु ।

कस्ता मानिसलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ?

यो रोग अन्त्यन्तै नैतिकवान आफूले भनेको नै हुनुपर्ने अर्काको काममा चित्त नबुझ्ने
 खालका मानिसलाई लाउने सम्भावना बढी हुन्छ । यस्तो मानिसहरु अत्यन्तै नैतिकबान रहन्छन् । र  अरुबाट पनि त्यस्तो आशा गर्छन्, तर समाज त्यस्ता छेन । साथै सहन सक्ने क्षता हम हुने , सानो कुरापनि मनमा ठुलो रुपमा लिने मानिसलाई बढी हुने सम्भावना रहन्छ ।

अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर वारे जान्नै पर्ने कुराहरु


·       यस्ता विरामीले लुगा धुनु हुदैन । वा पानीमा गरीने कुनैपनि कामबाट टाढा हुनुपर्छ ।
·       यस्ता विरामीले मनमा एउटे कुरा लिइरहनु हुदैन । बारम्बार सोचाइ परिवर्तन गर्नु पर्छ ।
·       खतरा हुने सामान र खतरा स्थानमा विरामीलाई राख्नु हुदैन ।
·       विरामीलाई जतिनै ठूलो समस्या देखा परे पनि यो केवल विरामीको मनमा मात्र रहन्छ । सँगैको साथीलाई पनि केही थाहा हुदैन ।
·       कहिलेकाही डिप्रेसन हुन सक्छ त्यस्तो भए उपचार गर्नु पर्छ ।
·       पछि कडा मानिसिक रोग पनि लाग्न सक्छन् ।
·       धामी झाँक्रीबाट यो रोग नहुने हुनाले भ्रममा पर्नु हुदैन ।
·       उपचार गरे यो रोग निको हुन्छ ।
·       यस्ता विरामीको मनमा वारम्वार कुरा आइरहने हुनाले अत्यन्त छटपटी हुन्छ । विरामीको कुनै कुनै कुरामा भुल्दा समस्या कम हुन्छ ।




कसरी ःभलतबििथ ज्भबतिजथ बन्ने ?

अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने ।
हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने ।
दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने ।
समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।
अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
मनलाई सधै शान्त राख्ने ।



डा सि पी सेडाई
नशा तथा  मनोरोग बिशेषज्ञ

2 comments:

  1. nice publication, how long need to treatment

    ReplyDelete
    Replies
    1. Hi, there. I am Tom Neil and I wish to describe how life had been for my younger brother living with schizophrenia and how he had been permanently able to overcome this debilitating disease via a naturopathic, herbal method.

      Maicon - my kid brother was twenty years old when he was brought to the emergency room by the campus police of the college from which he had been suspended several months ago. A professor had called and reported that he had walked into his classroom, accused him of taking his tuition money, and refused to leave.

      Although he had much academic success as a teenager, his behavior had become increasingly odd during the past year. He quit seeing his mates and no longer seemed to care about his appearance or social pursuits. He began wearing the same dress each day and seldom bathed. He resided with several family members but rarely spoke to any of them. When he did talk to them, he said he had found clues that his college was just a front for an organized crime operation. He had been suspended from college because of missing many classes. My sister said that she had often seen him mumbling quietly to himself and at times he seemed to be talking to people who were not there. He would emerge from my room and ask my family to be quiet even when they were not making any noise.

      My father and sister told the staff that Maicon's great-grandmother had had a serious illness and had lived for 30 years in a state hospital, which they believed was a mental hospital. Our mother left the family when Maicon was very young. She has been out of touch with us, and they thought she might have been treated for mental health problems.

      Maicon agreed to sign himself into the psychiatric unit for treatment. The whole family except I had agreed to have Maicon transferred to a mental asylum. I knew inwardly there was still some plausible means by which my kid brother could overcome this condition. I knew botanical means of treatment will be more favorable than any other type of treatment, and as such, I had taken a keen interest in the research of naturopathic alternative measures suitable for the treatment of schizophrenia. I had pleaded for some little patience from the family in the delay of the transfer, I was looking forward to proving a point to the entire family, of a positive botanical remedy for this condition.

      It was during my ceaseless search on the internet I had been fortunate enough to come across Dr. Utu Herbal Cure: an African herbalist and witch doctor whose professional works had majored on the eradication of certain viral conditions, especially schizophrenia, ( improving the memory capacity positively), via a traditional, naturopathic process and distinguished diet plan. It was by the administration of this herbal specialist that my brother had been able to improve his condition for better.

      Before the naturopathic remedy - Maicon's story had reflected a common case, in which a high-functioning young adult goes through a major decline in day-to-day skills. Although family and friends may feel this is a loss of the person they knew, the illness can be treated and a good outcome is possible.

      My brother Maicon is just like many other patients out there suffering from this disease. Although he was able to overcome this condition via a naturopathic herbal remedy administered by this African herbal physician and saved completely thus, rekindling the lost joy which had been experienced by the family members.

      I wish to use this opportunity to reach across to anyone who may happen to be diagnosed with this disastrous condition to spread the hope of an everlasting herbal remedy that is capable of imposing a permanent end to this disease.

      For more information concerning this naturopathic herbal remedy, feel free to contact this African herbal practitioner via email:
      drutuherbalcure@gmail.com

      Delete