Sunday, September 11, 2016

Mental Health Center Nepal: Depression in Nepal

Mental Health Center Nepal: Depression in Nepal: Disease with stress, headache and negative thinking: Depression Laxmi is a 20 year female. She is studying on class 12. She failed on e...

Sunday, September 4, 2016

Mental Health Center Nepal: schizophrenia in Nepal

Mental Health Center Nepal: schizophrenia in Nepal: Mysterious mental illness -Schizophrenia Nabin is 19 years boy. He is a student studying class 12. For last 6 months he appear different....

Saturday, September 3, 2016

Mental Health Center Nepal: Depression in Nepal

Mental Health Center Nepal: Depression in Nepal: Disease with stress, headache and negative thinking: Depression Laxmi is a 20 year female. She is studying on class 12. She failed on e...

Friday, January 1, 2016

महाभूकम्प २०७२ र मनोवैज्ञानिक विचलन

महाभूकम्प २०७२ र मनोवैज्ञानिक विचलन

       नेपालमा २०७२ को महाभूकम्प अत्यन्तै पीडादायी भयो । यसले धेरै जन, धनको नास गरायो । यो एक पीडादायी घटना भएकाले हरेक मानिसमा केही न केही चिन्ता दिएको देखिन्छ । भूकम्पको चपेटामा परी अस्पतालमा आउने बिरामीहरुमा शारीरिक चोटपटक, घाउदेखि लिएर मानसिक  समस्या सम्मका छन् । खासगरी त्रसित रुपमा जमिन, घर थर्कंदा वा चोटपटक लाग्दा मानिसमा मनोवैज्ञानिक असर पर्न सक्छ ।अस्पतालमा आउने विरामीहरुमध्ये मन डराउने, भूकम्पले त्रसित भएको दृश्य मनमा आइरहने, चिन्ता मान्ने, शङ्का मान्ने, निद्रा नपर्ने, खानामा रुची नहुने, टाउको दुख्ने, शरीर झमझम गर्ने, शरीर काम्ने प्रशस्त पाइन्छन् । शारीरिक दुखाई, के–के हुने हो भन्ने भयले त्रसित हुने, पारिवारिक सदस्य बित्दा देखिने पीडा, घर भत्किादाको पीडा तथा सम्पत्ति नोक्सान हुादा पालमा जिन्दगी बिताउनु पर्दा शोकमग्न छ हाम्रा गाउा तथा सहरहरु ।
       धेरै बिरामीहरुमा मन आत्तिने रोग(Anxiety Disorder)  का छन् । त्यस्तै पोष्ट ड्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD), , ग्रिफ रिएक्सन (Grief Reaction), , डिप्रेसन, डिलिरियम (Confusion) तथा साइकोसिसको समस्या पाइएको छ ।



आत्तीने, डर लाग्ने  तथा झस्किने रोग स् एन्जाईटि डिस्अर्डर   


     हरिवहादुर एउटा २५ वर्षे विद्यार्थी हुन । उनले गााउमा एउटा मानिस  मरेको देखे । उनलाई त्यतिवेला निकै गाहे भयो । गत ६ महिना देखि उनमा एक्कासी डर लाग्छ, जिउ सिरिङ्ग भई रहन्छ । हातहरु हल्लन्छन् । मुटु ढुक ढुक गर्छ । अनि कुनै नयाा मानिस देख्दा अझै तर्सन्छन् । आफुलाई सम्हाल्न खोजछन तर उनलाई निकै ग्राहो महसुस भइरहन्छ । उनलाई मर्ने डर पनि निकै छ । स्वास फेर्न गाहे अनुभव गर्दछन । उनलाई निद्रा पर्देन, टाउको दुख्छ, छटपटी लाग्छ सपनामा पनि निकै डराउनछन् । उनलाई मुटु नै वन्द होला भन्ने पिर छ ।
            उनि मुटुको रोग लाग्यो भन्दै विभिन्न विषेज्ञता कहाा पुग्ने, इ.सि.जी तथा अन्य आधुनिक जााच गरियो तर उनको समस्या घटेन । अहिले उनको औषधी र साइकोथेरापी साइक्ट्रि विभागबाट भइरहेको छ । उनी आफ्नो समस्या घटेको महसुस गर्दैछन् तर उनको उपचार केही महिना सम्म गर्नु पर्ने बताइएको छ । उनको समस्यालाई न्भलभचबष्किभम बलहष्भतथ मष्कयचमभच भनिन्छ । मानिसमा थोरै डर लाग्नु वा सचेत बनाउनु आवश्यक कुरा हो तर डर बढी लाग्ने चाहि मनौवैज्ञानिक  समस्या हो ।
यो रोगका विरामी आफूलाई असुरक्षित ठान्छन् । अत्यन्तै हतारिने गर्दछ । मानिसमा थोरै आत्तिनु हामीलाई सचेत पार्नु हो तर यसको माग बढेमा यसलाई आत्तिने रोग भनिन्छ । धेरै मानिसहरु कुनै तर्सिने घटनापछि आफूलाई यो समस्या आएको बताउछन् । कतिपय मानिसहरु रक्सी पिउने बानीले गर्दा आत्तिने समस्या अझ बढ्न जान्छ । खासगरी मरेको मानिस देख्दा, दुर्घटना देख्दा, रगत बगेको देख्दा मन थाम्न नसकेपछि यस्तो भएको पाइन्छ । हुन त मन आत्तिनु मानिसको जन्मजात गुण पनि हो । जब यो सहन गार्‍हो हुन्छ वा मन आत्तिनु मानिसको जन्मजात गुण पनि हो । जव यो सहन गार्‍हो हुन्छ वा मन आत्तिनाले दैनिक काममा रोकावट ल्याउछ । अनि हामी यसलाई असर गर्छ । सामान्य रुपमा भन्दा यसलाई एक प्रकारको नशाको (ल्भगचयतष्अ म्ष्कयचमभच) समस्या भनिन्छ । कति मानिस मुटुको रोग लाग्यो भनेर मुटु रोग विशेषज्ञ कहाा पुग्छन् तर रोग निको हुदैन । यस्ता बिरामी डराउने, अत्तालिने, मरियला भन्ने भय हुने, आफुलाई सुरक्षित महसुस नहुने गर्छ । हामीलाई थोरै डर लाग्नु स्वभाविक हो । केही डर भएन भने हामी सचेत हुदैनौं । भोली परीक्षा छ आज डराएन भने हामी सचेत नभए कम तयारी हुन्छ परीक्षाको राम्रो तयारी हुदैन तर त्यही डर बढी छ भने यसले समस्या ल्याउाछ । फोबिया भएका व्यक्ति, त्यस्तो वातावरण त्याग्न चाहन्छन्, तर बाध्यता बस यस्तो वातावरणमा पुग्छन् अनि छटपटी हुन्छ






 यी ३ प्रकारका हुन्छन् :

न्भलभचबष्किभम ब्लहष्भतथ मष्कयचमभच स् ( कुनै कारण विना डर लागि रहने ।

Generalised Anxiety disorder : -
Phobiac disorder :- 
पेनिक डिसअर्डर : एक्कासी अत्याधिक डर लाग्ने र १०–१५ मिनेटमा ठिक हुने, पटक–पटक
दोहोरिने ।

 यो रोगका बिसामी अत्यन्तै डराउने, मुटु ढुकढुक गर्ने, मरिएला भन्ने भय हुने, छातीमा अप्ठ्यारो हुने, निस्सासिने, स्वास छिटो छिटो फेर्ने हुादा आत्तिएर आकस्मिक कक्षमा आउने, करिब १५ मिनेट पछि फेरी जस्ताको तस्तै हुने गर्छन् । यस्ता बिरामी हर हमेसा डाक्टरको फोन नम्बर लिने गर्छन् । खास गरी हर्ट एटयाक होला भनेर डराउाछन् । बारम्बार यस्तो दोहरी रहन्छ मनमा डर लिन्न भने पनि अत्यन्तै खप्नै नसक्ने डरले गर्दा उपचार गर्न ठाउाठाउामा पुग्छन्  यसबाहेक पिसाव लाग्ला जस्तो हुने, मुख सुक्ने, शरीरमा परिना आउने, वान्ता होला जस्तो हुने, शरीर हल्लिए जस्तो भान हुने गर्छ । त्यसो त कहिले काहीं अत्याधिक डर लाग्नाले अफू वरिपरिको वातावरणबारे ख्याल अहुने, आफु को हो थाह नहुने पनि हुन्छ तर यो केही वेरको लागि मात्र हुन्छ । यस्ता बिरामी मुटुको रोग लाग्यो भन्दै अकोकौं परीक्षण पनि गराउाछन् ।

     


एन्जाइटी डिस्अर्डर लक्षणहरु :

  • वारम्वार मन आत्तिने हुन्छ ।
  • कुनै अप्रिय घटना घट्ला भन्ने डर लाग्छ ।
  • हात खुट्टा हल्लिन्छन् ।
  • मुटु ढुकढुक हुन्छ ।
  • मरियला भन्ने भय हुन्छ ।
  • टाउको दुख्छ ।
  • अतालिन्छ ।
  • छटपटि हुन्छ, मुख सुक्छ, पेटमा असजिलो महसुस हुन्छ ।
  • पिसाब फेर्ने पर्ने, दिसा गर्न जानु पर्ने भइरहन्छ ।
  • श्वास प्रश्वासमा अवरोध आउाछ ।
  • नराम्रो सपना देखिन्छ, निन्द्रामा डराउने हुन्छ ।





कसरी आफ्नो क्षेत्रबाट सहयोग गर्ने ?

·       भूकम्पबाट सुरक्षित स्थानमा बस्ने, अरुलाई पनि सहयोगी हातहरु अगाडि बढाउने र सुरक्षित ठाउामा सार्ने,

·       भूकम्पको बारेमा जनचेतना फैलाउने तर डर–त्रासको वातावरण बनाउन खोज्नेलाई पत्ता लगाई निरुत्साहित गर्ने,
·       सफा पानी, पोषणयुक्त खाना, स्वच्छ वातावरण तथा चर्पीको प्रबन्ध मिलाउने,
·       भूकम्पमा परी पीडित भएकाहरुलाई सरसल्लाह, आर्थिक सहयोग गर्ने,
·       परिवार गुमाएका, राहत नपाएका, दुर्गम गाउामा मानिसहरुलाई बढी प्रोत्साहन दिने,
·       सरकारलाई न्यायोचित ढङ्गबाट राहत वितरण गर्न सहयोग गर्ने,
·       घर गुमाएकाहरुलाई नगद तथा जिन्सी जिल्ला, गाउा, वडा हुादै टोल–टोल तथा घर–घरमा सिधै पीडितको हातमा राहत पुर्‍याउन वैज्ञानिक ढङ्को व्यवस्था मिलाउने,
·        नीजि, सरकारी तथा विदेशी सहयोगको न्यायोचित वितरण तथा राम्रो उपयोग गर्ने ।


कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ?
·       अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
·       पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने ।
·       हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
·       धेरै घर भत्केका, मानिस मरेको दृश्यहरु टेलिभिजनमा नहेर्ने ।
·       जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
·       लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने ।
·        दैनिक मेडिटेशन र योगा गर्ने,

·       दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने ।
·       समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।
·       अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
·       आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
·       मनलाई सधै शान्त राख्ने ।