Monday, February 24, 2014

सिजोफेर्निया एक्लै हास्ने , एक्लै बोल्ने रोग


यो रोगका विरामीहरु एक्लै हाँस्ने, एक्लै बोल्ने, अरुको शंका गर्ने, आफ्नो सरसफाई र दैनिक कृयाकलाप नगर्ने हुन्छन् जसले गर्दा व्यक्तित्व नै परिवर्तन हुन्छ । आफू विरामी छु भन्ने नै थाहा हुँदैन । यी विरामीहरु लुगा नलगाउने देखि लिएर रातभर डुल्ने, एक्लै कराउँदै हिड्ने गर्छन् ।

यस्ता विरामीमा अनौठौ सोचाई देखिन्छ । मेरो “आमा, बाबा नक्कली आमा बाबा जस्तो लाग्छ” । विरामीमा अनैठो अनुभुति हुन्छ । जस्तै “मेरो शरिर र टाउको छुट्टिएको छ ”, “आपूmलाई कुनै शक्तिले नियन्त्रण गरिरहेको छ”, हरेक काम गर्दा त्यो शक्तिको आदेश मान्नु पर्छ । कतिपय यस्ता विरामी जब दुई जना मानिस एकापसमा कुरा गर्छन तव यिनीहरुले मेरो वारेमा कुरा काट्दै छ , “मलाई षडयन्त्र गर्न खोज्दैछन्” भन्ने लाग्दा डराउने, कोठामा चुकुल लगाई वस्ने, नौलो मानिस देख्दा भाग्न खोज्ने आदि गर्छन । यस्ता विरामी “अरुको विचार मेरो दिमागमा कसैले राखिदियो, मेरो विचार कसैले झिकेर लग्यो” आदि भन्दछन् । प्राय सिजोफेर्निया विरामी आफ्नो वारेमा रेडियो, पत्रिका, टि.भीले चर्चा गरेको बताउछन् र संका गर्छन् । यस्ता विरामीले “मेरो मनको कुरा सवैले थाह पाए” भनि आक्तिने गर्छन् । कोहि सिजोफेर्नियाका विरामी एक खुट्टाले टेकेर मृर्ति जस्तै घन्टौ उभिइरहन्छन् । प्राय सिजोफेर्नियाका विरामीहरु एक्ले बोलिरहन्छन् र जवाफ फर्कउछन् । कतिपय सिजोफेर्नियाका विरामी डिप्रेसन भएका विरामी जस्तै देखिन्छन् । यस्ता विरामी प्राय एक्लै वस्छन् । सुख, दुख वा हास्ने, रुने आदिको कूनै प्रवाह हुदैन । चिनेको साथीले वोलाउदा, नया मानिस भेटिदा कुनै प्रतिकृया हुदैन । विस्तार विस्तार दैनिक कृयाकलाप छाड्छन् सरसफाई, दात माभ्mने, नुहाउने पनि अरुले लगाउनु पर्ने हुन्छ ।
       कतिपय सिजोफेर्नियाका विरामी खानेकुरामा संका गर्छन् । खानेकुरामा विष राखेको छ भनि खान मान्दैन, हप्तौ  भोकै बस्छन् पानि पिउदैनन् । कतिपय चाहि म देवता हु भन्छन् र एक ठाउँमा बसि रहन्छन् । हाम्रो मस्तिस्कमा डोपामिन ९मयउबmष्लभ० भन्ने न्यूरोटान्समिटरको गडबडी हँुदा यो रोग देखा पर्दछ, जुन सि.टी स्क्यान, यम.आर.आई ले पनि देखाउन सक्दैन । अति शुक्षम रुपमा मस्तिस्कमा गडवडी भएको हुन्छ । सिजोफेर्नियाका विरामी प्राय राति सुत्दैनन् । रातभरी यता उता घुमफिर गर्छन ।



       विदेश जहाँ नयाँ रितीरिवाज छ, भाषा नबुझिने छ, त्यस्तो ठाँउ जब नयाँ मानिस प्रवेश गर्छ, अनि शंका बढ्न सुरु हुन्छ र अन्तमा यो कडा रोग सिजोफेर्निया देखिन थाल्छ, त्यस्तै संकालु वातावरण, पारिवारीक तनाव भई रहँदा तथा वंशाणुगत रुपमा पनि यो रोग देखिन सक्छ ।
       विरामी नाच्ने, गाँउने, अरुको चियो चर्चा गर्ने, कुराहरु गोप्य राख्ने, खाने कुरा खान नमान्ने, खाने कुरामा विष राखेको छ भनि शंका गर्ने गर्छन । कतिपय सिजोफेर्नियाका विरामी रातभरी डुल्दा वा एक्लै हिड्दा सामाजिक शोषणमा पनि पर्छन् । “पल्लो घरमा को बोल्यो”, “मान्छेले मेरो बारेमा कुरा काटे”े, षडयन्त्र गर्दैछन्, आदि भन्दै डराउने गर्छन् । सिजोफेर्नियाका विरामीहरु । जव तथ्य बुझ्न थालिन्छ तव यो भ्रम मात्र  देखिन्छ ।  “मेरो वारेमा रेडियो, टि.भी. तथा पत्र पत्रिकामा छापियो” भनेर यी विरामी त्रसित हुन्छन् । कोही आफ्नो मनको कुरा सबैले थाहा पाए भनेर आत्तिन्छन् । कसैले गरेको कुराको छुट्टै अर्थ बुझ्छन् सिजोर्फेिर्नयाका विरामीहरु जस्तै ूहिड घर जाउँुु भन्दा त्यसको अर्थ अर्को बुझी “तिमी चोर हौ, तिमीलाई मार्नु पर्छ  भन्ने बुझ्छन् । बाटो हिड्दा गाडीमा १७५ अंक लेखिएको देखिएमा उनिहरुको आफ्नै अर्थ हुन्छ जस्तै यो बाटो हिड्न ह्ुदैन । सिजोफेर्नियाका विरामी मूख्यतय सोचाइमा नै भ्रम भएको हुन्छ । आफुलाई कुनै बाहिरी शक्तिले चलाई रहेको विश्वास गर्छन्, आप्नो विचार कसैले झिकेर लगेको, अर्कोको विचार आपनो विवरणमा ल्याएर हालिदिएको उनिहरुमा भान हुन्छ । कहिलेकाँही उनीहरु आफ्नो विचार कसैले चर्काे स्वरमा कराएको सुन्छन्,  िप्राय सिजोफेर्नियाका विरामी औषधी सेवन गर्न मान्दैनन् । कसैले तिमी औषधी नखाऊ भन्ने आवाज आएको बताउछन् । दुई तीन जना मानिसहरु एकआपसमा कुरा गरेको सुन्छन् सिजोफेर्नियाका विरामी । जस्तै हरि बहादुर चोर हो यसलाई मार्नु पर्छ, यसलाई समातेर थून्नु पर्छ यस्तो आवाजले गर्दा विरामी डराउने भाग्ने शंका गर्ने गर्छ ।

आफु विरामी भएको थाहा नहुने रोग – सिजेफेर्निया
       यो सबै भन्दा कडा मानसिक रोग हो । यस्ता विरामी वाहिरी संसारवाट टाढा रहन्छ । एक्लै वस्दा कानमा आवाज आएको महसुस गर्छन् र जवाफ फर्काउन जस्तै “तिमी इश्वर हौ तिम्रा वावुआमा अरु नै हुन्” । आदि प्राय यी विरामी अरु देखी शंका गर्ने एक्लै मुख चलाउने एक्लै बस्ने गर्छन । राम्रो कुरामा खुसी हुने नराम्रो कुरामा रिसाउने गर्दैनन् । सफासुग्घर गर्न छाड्छन्, ननुहाउने, दाँत माझ्न छाड्छन् । दैनिक काम गर्न छाड्न थाल्छन् । दुईजना मानिस एकआपसमा कुरा गर्दा  मेरा वारेमा जासुुस ग¥यो भनेर तर्सन्छन् । कोही राती सुत्दैन सडक सडक डुल्छन् । आफ्नो परिवार र समाजको कुनै वास्ता हुदैन । कोही घण्टौ सम्म एक हात उचाली, कोही एउटा खुट्टाले मात्र टेकी बस्छन र समाजमा यस्ता मानिसलाई भगवानको रुप लियो भनि अन्धविश्वास गर्छन । यस्ता विरामीलाई आफु विरामी छु भन्ने थाहा हुदैन ।




लक्षणहरु ः–
विरामी एक्लै वोल्ने, एक्लै हाँस्ने गर्छ ।
विरामीको सोंचाई अनौठो किसिमको हुन्छ ।
विरामी मानिसहरुले आफ्नो वारेमा कुरा काटे भनेर चिन्तित हुन्छ, डराउँछ र घरवाट भाग्न सक्छ ।
विरामी एक्लै वस्दा कानमा मानिसहरु एकआपसमा कुराकानी गरेको आवज आँउछ ।
विरामी वाहिरी संसारवाट टाढा रहन्छ । उसलाई वाहिरी संसारको कुनै चाँसो रहदैन् ।
विरामीलाई आफ्नो मनको कुरा अरुले थाह पाए भन्ने झुट्टा विश्वास (म्भगिकष्यल) हुन्छ ।
विरामीलाई आफ्नो विचार अरुले झिकेर लगेको, अरुको विचार आफ्नो मस्तिकमा ल्याएर राखेको, आफ्नो वारेमा मानिसहरुले कुरा काटेको भान हुन्छ ।
विरामी दैनिक काम गर्न छाड्छ ।
विरामीलाई नुहाउन, दाँत माँझ्न पनि अरुले सिकाउनु पर्छ आफै गर्दैन् ।
विरामीलाई आफूलाई कुनै अदृष्य शक्तिले नियन्त्रया गरेको, आफू त्यसै अनुसार चलेको भान हुन्छ ।
विरामीलाई प्रत्येक कुराको अर्थ अर्कै बुझिने हुन्छ । जस्तै किताव टेवुलमा राख भन्दा यसको अर्थ उसलाई चोर भनेको भान हुन सक्छ ।
कति विरामीहरु खाना, पानीमा विष मिसाएको छ भनेर संका गर्छन् । आफन्तले मार्ने प्रयास गरेका छन् भन्ने संका गर्छन र कतिकुरा मनमा गोप्य राख्छन् ।




       सिजोफेर्नियालाई पागलपन वा दिमाग विग्रेका भनिन्छ । उपाचार गरे यस्ता विरामी निको हुन्छन् । यस्ता विरामी वाटोमा कराउदै हास्दै, रुदै एक्लै हिडिरहेको हुन्छन् । कतिपय मानिसमा संकालु वावतावरण, वंशाणुगत असर र कतिपय मानिसमा गहिरो मानिसी चोट वा चिन्ताको कारणबाट यो अवस्थामा पुगेको हुन्छन् । त्यसो त  यस्ता विरामीको आफ्नै संसार हुन्छ । वाहिरी संसारवाट टाढा रहन्छन् । यस्ता विरामी आपूm विरामी छैन भनि ठान्छन् वरु अरुलाई विरामी सम्झन्छन् । कतिपय यस्ता विरामीले रोगका कारणले अन्य मानिसलाई आक्रमण पनि गर्न सक्छन् । नियमित गाँजा सेवन गर्ने मानिसहरु पनि यो रोगले ग्रसित हुन्छन् । द्वन्दको कारणले विदेशिने युवाहरुमा पनि यो रोग देखिएको छ ।
सिजोफेर्नियाका विरामी आफ्नै आमा, बाबु, श्रीमान्, श्रीमती, छोरा, छोरी र घरायसी वातावरण सवैलाई संकालु दृष्टिले हेर्दछन् । आफ्नै परिवाले षडयन्त्र गर्छन भनि आफुलाई थाहा भएका सहि कुरापनि लुकाएर राख्छन् । कोही संकाको कारणले आत्मा हत्या पनि गर्छन् । कोहि संकालु वातावरण कानमा आवाज आउँदा जागिर छाड्ने, छिमेकी संग झगडा गर्ने र छिमेकीलाई दोष लगाउने पनि गर्छन् ।








 कति प्रकारका हुन्छन् ?
संका गर्ने खालका
वच्चाको जस्तो बानी व्यवहार गर्ने
अचानक छट्पट्टी गर्ने वा नचली नवोली वस्ने
छुट्टाउन गाहे पर्ने
थोरै मात्र लक्षण देखिएको


कुन उमेरमा वढी वढी पाइन्छ?
यो रोग खास गरी २० देखी ३० वर्षको उमेरमा सुरु हुन्छ र धेरै वर्ष सम्म रहिरहन्छ । कसैकसैमा ३०   वर्ष पछि पनि सुरु भएको पाइएको छ ।

कति मानिसमा पाइन्छ ?
यो रोग प्रतिहजर १ देखी ६ व्यत्तिमा पाइन्छ ।

सिजोर्फेनिया वारे जान्नै पर्ने कुराहरु
–      सिजोफेर्नीया एक कडा मानसीक रोग भएकाले विरामीहरुको राम्रो रेखदेख गर्नु पर्दछ ।
–      यस्ता विरामी एक्लै हास्ने एक्लै बोल्ने तथा अरुदेखी शंका गर्ने हुनाले औषधी खान नमान्ने हुन सक्छ । औषधी खान नमाने तत्काल अस्पताल ल्याउनु पर्दछ । विरामीको औषधी आफैले दिनुपर्ने हुन्छ ।
–      विरामीले औषधी लिएको एक हप्तासम्म औषधीले काम नगर्न सक्छ । त्यसैले हतारिनु हुदैन ।
–      यस्ता विरामी बाहिरी संसार वाट टाढै रहने, साथी संग नगर्ने दिनमा वा रातिमा एक्ले वोल्दै हिड्न सक्छन् ।
–      केही यस्ता विरामी गाँजा सेवन गर्छन्, जसले गर्दा रोग बढ्न सक्छन् । यसलाई रोक्नु वढि आवश्यक छ ।
–      कतिपय विरामीलाई सि.टी बाट उपचार गर्दा छिटो रोग निको भएको पाइएको छ ।



कसरी मानसिक रुपमा स्वास्थ्य  बन्ने ?

अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने
हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने ।
दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने ।
समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।
अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
मनलाई सधै शान्त राख्ने ।
 मानसिक समस्या अति सानो देखि ठूलो सम्म हुन्छन् जसमा यस्तो समस्या छ उसले आवश्यक सरसल्लाह लिने ।






डा सि पी सेडाई
नशा तथा मानसिक रोग बिशेषज्ञ

1 comment:

  1. Hi, there. I am Tom Neil and I wish to describe how life had been for my younger brother living with schizophrenia and how he had been permanently able to overcome this debilitating disease via naturopathic, herbal means.

    Maicon - my kid brother was twenty years old when he was brought to the emergency room by the campus authority of the college from which he had been suspended several months ago. A professor had called and reported that he had walked into his classroom, accused him of taking his tuition money, and refused to leave.

    Although he had much academic success as a teenager, his manner had become increasingly odd during the past year. He quit seeing his friends and no longer seemed to care about his appearance or social pursuits. He came to be wearing the same clothes each day and seldom bathed. He lived with several family members but rarely spoke to any of them. When he did talk to them, he said he had found clues that his college was just a front for an organized crime operation. He had been suspended from college because of missing many classes. My sister said that she had often seen him mumbling quietly to himself and at times he seemed to be talking to people who were not there. He would emerge from my room and ask my family to be quiet even when they were not making any noise.

    My father and sister told the staff that Maicon's great-grandmother had had a serious illness and had lived for 30 years in a state hospital, which they believed was a mental hospital. Our mother left the family when Maicon was very young. She has been out of touch with us, and they thought she might have been treated for mental health problems.

    Maicon agreed to sign himself into the psychiatric unit for treatment. The whole family except I had agreed to have Maicon transferred to a mental asylum. I knew inwardly there was still some plausible means by which my kid brother could overcome this condition. I knew botanical means of treatment will be more favorable than any other type of treatment, and as such, I had taken a keen interest in the research of naturopathic alternative measures suitable for the treatment of schizophrenia. I had pleaded for some little patience from the family in the delay of the transfer, I was looking forward to proving a point to the entire family, of a positive botanical remedy for this condition.

    It was during my ceaseless search on the internet I had been fortunate enough to come across Dr. Utu Herbal Cure: an African herbalist and witch doctor whose professional works had majored on the eradication of certain viral conditions, especially schizophrenia, ( improving the memory capacity positively), via a traditional, naturopathic process and distinguished diet plan. It was by the administration of this herbal specialist that my brother had been able to improve his condition for better.

    Before the naturopathic remedy - Maicon's story had reflected a common case, in which a high-functioning young adult goes through a major decline in day-to-day skills. Although family and friends may feel this is a loss of the person they knew, the illness can be treated and a good outcome is possible.

    My brother Maicon is just like many other patients out there suffering from this disease. Although he was able to overcome this condition via a naturopathic herbal remedy administered by this African herbal physician and saved completely thus, rekindling the lost joy which had been experienced by the family members.

    I wish to use this opportunity to reach across to anyone who may happen to be diagnosed with this disastrous condition to spread the hope of an everlasting herbal remedy that is capable of imposing a permanent end to this disease.

    For more information concerning this naturopathic herbal remedy, feel free to contact this African herbal practitioner via email:
    drutuherbalcure@gmail.com

    ReplyDelete