Tuesday, February 25, 2014

जटिल बन्दैछ मेनिया रोग(Bipolar disorder in Nepal)


सुनिता कक्षा १० कि छात्रा हुन । एक्कासी उनिमा निकै फúर्ति देखिन लाग्यो । उनि निकै खुसी देखिन थालिन, निकै सिगर पटारमा ध्यन दिन लागिन राम्रो राम्रो लुगा लगाउने शोख बढदै गयो । आफúलाई अरुभन्दा ठúलो ठान्न थलिन आफनो विचार सबैले मान्नु  पर्छ । आफúमा अरुले गर्न नसक्ने काम पनि गर्न सक्ने गुण छ उनि बारम्बार भन्न थालिन आफú निकै राम्रो भएकोले निकै अर्कषण केटाले पनि आफúलाई चाहन्छन । भने उनको मनमा लाग्छ । उनले भनेको नमन्ने वित्तिकै घरके आमा बाबु र दाजुभाई संग आत्यान्तै रिसाउन लागिन उनिहरु देखि बारम्बार संका सुन्दरी  हु भन्ने घमण्८ बढन बस्थ्यो । राति निद्रा कमै सुतेपनि अ पुग्दथ्यो ।उनि निकै झगडा बनिन, सानो कुरामा पनि झगडा गदै घर परिवारका मन्छेलाई पिटने अयानक अनक्क रिसाउने भयो । स्कúल जान पनि नसक्ने भइन उनलाई अस्पताल ल्याइयो उनि निकै चर्को खिार कराई रहेकि थिइन मलाई केहि भएका छैन, यिनिहरुले मलाई त्यसै ल्याए । १५ दिनको उपचार पछि उनि राम्रो अवस्थामा आइन, आफúले गरेको घमण्डलाई आफú त्यस वेला विरामी रहेछु भन्ने थाह पाइन ।
                                                       
 त्यस्तै रमा १६ वर्ष केटि हुन । उनि कक्षा ९ मा पढछिन् । गत १० दिन देखि उनि फरक देखिएकि छिन । आजकल उनि बढि बोलिरहन्छिन । उनि छिट्टै रिसाउँछिन । उनि निकै सिँगार पटार गर्छिन । उनि भन्छिन “म ३ दिन भित्र प्रधान मन्त्री वन्नेछु ।” उनि आफुलाई फूर्तिलो, सिपालु, जोसिलो राम्री ठान्छिन । उनिमा तडक भडक निकै छ । विवाह गर्ने कुरा पटक पटक गर्छिन । एउटा काम नसक्दै अर्कोकाम सुरु गर्छिन । उनले भनेको नमानेमा पिट्छिन । राती २–३ घण्टा सुतेपछि उठ्छिन, रेडियो, टि.भी.हेर्छिन र अरुलाई डिस्टर्व गर्छिन । उनि मिठो खानेकुरा र पैसा मागिरहन्छिन । अनि आफु धनि भएको फूर्ति उडाउछिन ।
             उनको लक्षण समयमा थाहा भएन तर जुन उनको लक्षण वढुदै गयो उनलाई मानसिक रोग लागेको थाह भयो । उनको अस्पतालमा उपचार भई रहेको छ र निको हुंदै छ । यस्तो रोगलाई ःबलष्ब भनिन्छ । एक पटक ःबलष्ब भएको विरामी अर्कोपटक यो रोग दोहरिने समस्या ८०% रहन्छ । यसरी दोहरीएको अवस्थालाई द्यष्उयबिच बााभअतष्खभ मष्कयचमभच भनिन्छ । कहिले ःबलष्ब र मभउचभककष्खभ कथmउतयmक  देखिन्छन् ।कहिले ६ महिनामा कहिले ३—४ वर्षमा दोहोरिने गर्छ ।मेनिया यस्तो रोग हो जसमा विरामी गफाडी, झगडालु, उत्तेजित देखिन्छ । विरामी प्रसस्त कुरा गरिरहने, फूर्तिलो, हाँसिलो, घमण्डी देखिन्छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन एउटा काम सक्न नपाउँदा अर्को काम थाल्छ । विरामी आनन्दि कुरामा दिन विताउँछ । म राजा वन्छु, म प्रधानमन्त्री वन्छु म नेता वन्छु भन्छ । पैसा वाँड्ने, कुरा वढाई चढाइ वोल्ने, राती २,३ घण्टा मात्र सुत्ने, गित गाउने,  , रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने । विरामी वढी त्बभिलत देखिन्छ । भनेको नमाने कुट्न थाल्छ ।
ज्थउयmबलष्ब भनेको के हो ःबलष्ब जस्तो लक्षण भएको तर mबलष्ब जती वढी उत्तेजित नभएको अवस्था हो । यो रोग पटक पटक दोहोरिने भएको हुनाले राम्रो विचार पु¥याउन जरुरी छ ।



        यस्ता घटनँहरु समाजमा पटक पटक देखिरहन्छन । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौें घटन घटन सक्छन् ।

मेनिया रोगका लक्षणहरु
·         घमण्डी बन्ने, बढी फúर्ती लगाई कुरा गर्ने ।
·         धेरै खुशी हुने तर भनेको नमाने झटक्क रिसााउने ।
·         वढी आशवादी हुने सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
·        मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने ।
·         वढी पैसा माग्ने वा खर्च गर्ने ।
·        पटक पटक ऐना हेरी रहने ।
·         २(३ घण्टा सुते पनि निद्र पुग्ने ।
·        यैँनमँ बढी रुचि हुने ।
·         एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने ।
·        अरु देखि संका गर्ने ।


 यो रोग डिप्रेसनको उल्टो रुप मानिन्छ । पटक पटक दोहारिन पर्ने सक्छ, कहिलेकाही अर्कोपटक डिप्रेसन हुन पनि सक्छ ।             यो रोगमा परुस यैाँन ट्रान्समिटेड डिजिज र महिलामा गर्भ रहने खतरा रहन्छ ।
उपचार
 रोगको संका लागे पछि , विरामीलाई रिस उठने किसिमको व्यावाहार नगर्ने अस्पताल लगी सम्बन्धित विषेशज्ञको सरसल्लाह लिई उपचार गर्ने ।
यो रोग एकपटक शुरु भए पटि अर्को पटक दोहोरिने समस्या ७०(८०५ रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्को पटक दोहरिदा कहिले पहिलेकै लक्षणहरु दोहोरिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसन हुने जस्तै दिक्क हुने रुने मछर्’ भन्ने, राती निदाउन गाहो हुने) देखिन्छ । यो रोग पटक पटक दोहोरिने भएकोले यो रोग बारे राम्रो जानकारी हुनु अति आवश्यक छ ।

मेनिया रोगवारे जान्नैपर्ने कूरा

·        मेनिया रोगका विरामी घमण्डी हून्छन । उनीहरु आफुलाई विरामी भन्न रुचाउदैनन् विरामी, आफुले भनेको नभए झगडा गर्ने अरुलाई पिट्ने गर्छन । त्यसैले यस्ता विरामी संग अनावश्यक बादविवाद गर्नू हूदैन । नम्र भएर कूरा गर्नू पर्छ ।
·        मेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन । त्यस्तो बेला तूरुन्त अस्पताल लैजानू पर्छ । कति विरामीलाइृ यस्तो बेला इन्जेक्सन दिएपछि मात्र राम्रो हून्छ ।
·        मेनिया रोग निको भइसकेपछि पनि पटक पटक बल्झिन सक्छ ।
·        सबैभन्दा पहिले राती निद्रा पर्दैन । त्यसो भए सदा लाग्ने औषधि तत्काल दिनू पर्छ । वा अस्पतालमा सम्पर्क गर्नू पर्छ ।
·        लिथियम लिएका मेनियाका विरामीले वान्ता गरे वा झाडापखाल, लागेमा यो औषधि वन्द गरि अर्को औषधि दिनुपर्छ । जसबाट लिथियम त्यहष्अष्तथ बाट बचाउन सकिन्छ ।
·        मेनिया रोग कडा मानसिक रोग भएकाले औषधि लामो समयसम्म खान पर्न सक्छ । त्यसैले औषधि डाँक्टरको सल्लाहबाट मात्र छाड्नूपर्छ ।


डा सि पी सेडाई
नशा तथा  मनोरोग बिशेषज्ञ  

Monday, February 24, 2014

बालबालीकामा मनोवैज्ञानिक विचलन


       बालवालिकाको बानी सुधार्न अभिभावकको ठुलो हात हुन्छ । बाल बालिकाले गरेको राम्रो कामलाई प्रोत्साहन  दिने र नराम्रो कुरालाई रोक्ने उपाए सिकाउने गर्नाले भविष्यमा राम्रो युवकमा परिणत गराउन सहयोग पुर्याउछ । यस बाहेक व्यक्तित्वको पनि केहि भूमिका रहेको हन्छ । बालबालिकाको बानी र अभिभावकको जिम्मेवारी नमिल्दा ँबगतिथ भिबचलष्लन ९गलत सिकाई० हुन जान्छ । त्यस्तै स्कुलको शिक्षकको पनि उत्तिकै ठूलो भूमिका छ राम्रो बानी वसाल्नमा । बाल बालिकाले गलत काम गरेपनि अभिभावकले ढाकछोप ९इखभच(उचयतभअतष्खभ० गर्दा नराम्रो कुरा गर्ने कुरामा प्रोत्साहन मिल्छ । त्यस्तै बाल बालिकाले गरेको राम्रो काममा अभिभावक स्याबासी ९उयकष्तष्खभ च्भष्लायचअझभलत० नदिदा पनि नराम्रो कुरा गर्न प्रोत्साहन मिल्छ, त्यसैले अभिभावकले यस्ता मनोवैज्ञानिक कुरा बुझनु जरुरी छ । यसवाहेक बाल बालिकामा विभिन्न खालका मनोवैज्ञानिक समस्याहरु हुन्छन।

१. वढी रिसाउने ९त्झउभच त्भलतचगmक०– कोहि वालबालिकाहरु ५.६ वर्षमा वढी रिसाउने पल्टिने गर्छन जुन साधारण हो । तर यो रहिरहेमा यसले समस्या ल्याउछ । अभिभावकले रिसाउने बानी घटाउने प्रचलन गर्नु पर्छ । त्यसो भनए पछि गएर यसले मनोवैज्ञानिक समस्या ल्याउन सक्छ । यस्तो समस्या रहिरहेमा सम्वन्धित विषेशज्ञको सल्लाह लिनु पर्छ ।

२. निद्रा गडवढ हुने समस्या (क्भिभउ उचयदझिक)— बच्चाहरु राति नसुत्ने दिउसो सुत्ने, निद्रामा उठेर हिड्ने निद्रामा अत्याधिक डराउने समस्या पाइन्छ ।
३. खाने समस्या ९ँभभमष्लन उचयदझिक०— कोहि वालकालिका गुलियो मात्र रुचाउने गर्छन । कोही कुनै वस्तु   खान पटक्कै रुचाउँदैनन् । यसवाहेक कोहि बाल बालिका माटो, ढुङ्गा, कागज खाने पनी हुन्छ । यस्ता वच्चाहरुमा रक्त अल्पता भएको हुन सक्छ ।
४. अत्याधिक डराउने समस्या (एजयदष्ब)— बालबालिका अलिअलि डराउनु स्वभाविक नै हो । तर अत्याधिक डराउनु एक मनोवैज्ञानिक समस्या हो । डराउने वस्तुसंग विस्तारै घुलमेल गर्दा यो समस्या घट्छ ।
५. डिप्रेसन (म्भउचभककष्यल)— कहिलेकाँही बालबालिकामा डिप्रेशन रोग देखिन्छ । खासगरी रिसाउने, विर्सने, पेट दुख्ने, रोइरहने, वढी निद्रा लाग्ने आदि लक्षण देखिन्छ ।
६. स्कूल जान नमान्ने (क्अजयय िचभागकब)ि— कतिपय बालबालिका स्कुल जान नमान्ने, पेट दुख्ने, टाउको दुख्ने, वान्ता गर्ने यो मनोवैज्ञानिक कारणले भएको हो । स्कूल जान नमान्ने कारण शिक्षक देखि डराउनु, साथीभाईले कुट्नु, नयाँ स्कूलमा भर्नाहुनु इत्यादि पर्छन
७. अनियमित पिशाव हुने — ५ वर्ष भन्दा कम उमेरमा बालबालिकाले पिशाव नियन्त्रण गर्न नसक्नु सामान्य हो तर ५ वर्ष वढी  उमेरमा पनि यो समस्या रहयो भने त्यसको उपचार गर्नु पर्छ ।
८. दिसा छुट्नु — बालबालिकाहरुमा ४ वर्ष भइसकेपछि पनि दिसा छुट्ने भएमा त्यसको उपचार गराउनु पर्छ ।
९. सामाजिक नियम उल्ङ्गन गर्ने  — कोहि बालबालिका तोडफोड गर्ने, चोर्ने, झुटो वोल्ने, अटेरी हुने, कुटपिट गर्ने, स्कुलवाट भाग्ने, सामान फुटाईदिने आदि समस्या देखिन्छ । यसलाई अयलमगभत मष्कयचमभच (सामाजिक नियम उल्ङ्गन गर्ने) भनिन्छ ।
१०. वढ्ता छुकछुक गर्ने (— कोहि बालबालिका वढ्ता छुक छुक गर्छन् । कुनै काममा एकाग्र भएर लाग्न सक्दैनन् । यिनिहरु मनमा जे आयो त्यहि गर्छन, खतरा संग खेल्छन । कतिपटक  दुर्घटना पर्ने सम्भावना रहन्छ ।
११. विषेश ब्यक्ति, संग नवोल्न)— केहि वालवालिका घरमा सवै संग वोल्ने तर स्कूलमा केहि नवोल्ने गर्छन् । कोहि कसैसंग मात्र बोल्छन् अरु संग वोल्दैनन् । यसलाई भ्भिअतष्खभ mगतष्कm       (विशेष व्यक्ति संग नवोल्ने भनिन्छ) ।
१२. कोहि बालबालिका भकभकाइ बोल्ने गर्छन । यो साइकोलोनिकल कारणले भएको हुन्छ । कोहि डराउनाले यस्तो भएको हुन्छ ।
१३. छारे रोग — बालबालिकामा हातखुट्टा कडा हुने काम्ने, मुखमा फिंज आउने र लड्ने छारे रोग हुन्छ । मुखमा फिंज आउछ । कुनै वच्चाहरु १, २ मिनेट टोलाई वस्ने, हात खुट्टा चलाउन नसक्ने रोग देखिन्छ । यो पनि एक छारे रोग हो ।
१४.  कन्र्भसन डिसोसिएटिभ डिसओडर— पहले यस्तो समस्यालाई हिस्टेरिया भनिन्छ । सुरुमा काम्ने, वाक्ने, नवोल्ने, हातखट्टा फाल्ने, कहिले स्वा स्वा गर्ने आदि पनि यो रोगको लक्षण हो ।
१५ सुस्त मनस्थिति — वालबालिकाको उमेर वृद्धि भए अनुसार बुद्धि विकास नहुनुलाईसुस्त मनस्थिती भनिन्छ । यस्ता बालबालिकालाई अरुले भन्दा फरक किसिमले सिकाउनु पर्छ । उनको वुद्धि अनुसारको काम दिनु पर्छ ।

उपचार
बालबालिकाको समस्याको वारे रोगको पहिचान गर्न सम्वन्धित डाक्टरको परामर्श लिने ।
बालबालीको बानी सुर्धान प्रोत्साहन  दिने ।
काउन्सिलिङ, साइकोथेरापी र कतिपय रोगमा औषधिको प्रयोग गरिन्छ ।
वच्चामा हुने डिप्रेसनकोलाई एन्टिडिप्रेसेन्ट औषधि को प्रयोगबाट फाइदा हुन्छ ।
छारे रोगकोलागि औषधि ४ वर्ष सम्म खुवाउनु पर्ने हुन्छ ।




डा सि पी सेडाई
नशा तथा  मनोरोग बिशेषज्ञ  

लागु औषधी दुव्र्यसनी तथा उपचार




शिताराम १६ वर्षको केटा हो । ऊ आई.एस्सी पढ्दै छ । ऊ छात्रवासमा बस्छ । यस.एल.सी. मा उसको राम्रो अंक छ तर हाल उसको पढाई अत्यन्त नाजुक अवस्थामा पुगेको छ । उसले कक्षाहरु छोडि बाहिर डुल्छ । उसको बावु, आमा, छोरोको वानी देखेर चिन्तितछन् । ऊ पहिले भन्दा धेरै पैसा माग्छ अनेक वहानामा घरवाट पैसा मागि ड्रग लिने गर्छ । कयौं पटक उसले पैसा घरवाट चो¥यो । वावु आमालाई उसको ड्रग खानेवानी थाह छैन,  उनिहरुलाई छोराले किन पैसा धेरै माग्छ भन्ने मात्र चासो छ । उ साथीभाईको कुलतमा फस्यो । पहिले शिवरात्रीमा गाँजा खान सुरु ग¥यो । त्यसैले द्यचबधल क्गनगच, ल्ष्तचबशभउबm, द्यगउभचलयचउजष्लभ, म्ष्बशभउबm आदि औषधि सेवन गर्न लाग्यो । उसको रगत जाँच गर्दा ज्क्ष्ख् उयकष्तष्खभ आएको छ जुन अत्यन्त खतरनाक जीवन लिने रोग हो । अहिले उसलाई अस्पताल भर्ना गरिएको छ र उसलाई डाक्टरको सल्लाह अनुसार औषधि दिई ती लागु औषधिवाट टाढा राखिएको छ । उसलाई साइकोथेरापी पनि दिइएको छ
त्यस्तै कान्छा तमाङ कक्षा १० मा पढ्छन् । उनले गलत साथीको संगतबाट गाँजा खान सिके, बिस्तारै अन्य ड्रग, हिरोईन आदी औषधि लिन लागे । उनी बिस्तार बिस्तार कक्षामा अनुपस्थित हुन लागे । घरबाट बिभिन्न बहानामा रकम मागी ड्रग सेवन गर्न लागे । उनी फेल भई स्कुल पनि छाडे । हाल उनलाई अस्पतालमा ड्रग छुटाउन उपचार भईरहेको छ । पहिलो दिनमा उालाई छटपटि भयो तर दोस्रो दिनपछी उनको अवस्थामा सुधार आएको छ । उनलाई ड्रग लिनै मन नलाग्ने औषधि दिने योजना अस्पतालको छ । अहिले उनीमा ड्रग लिने मानिसलाई नलिने उपाए सिकाउने  बिचार पनि आएको छ । उनी भन्छन म बिग्रेको मानिस सुध्रको छु, अब दाजु भाईलाई यस कुलतमा नफस्न समेत सल्लाह दिन्छन ।
नेपालमा लागु औषधी तथा रक्सी पिउने समस्या वढ्दो छ । लागु औषधी सेवन गर्ने वानीलाई मचगन बदगकभ (ड्रग एवियुज) भनिन्छ । खासगरी हाई स्कूल र क्याम्पस पढ्ने विद्यार्थीहरु यो समस्याबाट प्रभावित देखिन्छन् ।


       कतिपय लागुपदार्थ दूव्र्यसनिका मानिसहरु यौन रोगबाट पिडित हुन्छन् जस्तै एड्स, हेपाटाइटिस “बि” आदि । यस्ता मानिसहरुलाई औषधि किन्न अनेकौ जघन्य अपराधमा मुछियका हुन्छन् । करिब १०% दूव्र्यसनीहरु लागु औषधि बेच्ने काम गर्छन । एक तिहाई दूव्र्यसनिहरु व्यक्तित्वको समस्या पनि देखिन्छ । लागु औषधि दूव्र्यसनिलाई उपचार गर्ने केहि उपचार केन्द्रले उपचार गर्ने निहुँमा डाक्टरको सल्लाह विना औषधि खान दिने र जटिल अवस्था भएपछि अस्पताल ल्याउने गरेको भेटिएको छ ।
       पटक पटक लागु औषधि लिने हुनाले यस्ता मानिसको दिमाग सुस्त हुने र अन्य मानसिक रोग लाग्न गई अशक्त हुन्छन् । घरपरिवारमा झुटो बोलि पैसा माग्ने र त्यही रकम ड्रगमा खर्च गर्ने गर्छन ।
       नेपालमा घर छात्रावासमा बसी पढने विद्यार्थीहरुमा लागु औषधी लिन सुरु गरेको प्रमाण पछी भेटिएको छ । यसमा अभिभावक र शिक्षकको चनाखो हुनुपर्ने देखिन्छ । कतिपय आमाबाबुले छोराछोरीलाई छाडा छाडिदिदाँ पनि लागु औषधि लिने प्रवृति भेटिएको छ । दूव्र्यसनी रोक्न समाज तथा सरकारको पनि दायित्व रहेको हुन्छ ।

नेपालमा लागु औषधी दुबर््यसनिको समस्या जटिल बनेको छ । काठमाण्डौ उपत्यका तथा तराईका भारतसंग सिमा जोडिएका सहरहरु प्रमुख रुपमा दुबर््यसनि गरिने ठाउँहरु हुन । खास गरि स्कुल पढ्ने उमेर वा कलेज पढ्ने बिद्यार्थीहरुमा यो समस्या सुरु हुन्छ तर जुन सुकै उमेरका जातीपनि यसमा फसेको देखिएको छ । करिब १०% दुबर््यसनिहरु लागु औषधि  बेच्ने काम पनि गर्दछन । मनिाको ४, ५ हजार देखी २ लाख सम्म लागु औषधिमा खर्च गर्ने गरेको पिडितहरु बताउँछन् ।

मानिसहरु कसरी दुबर््यसनिमा  फस्न पुग्छन् ?
·     खराब साथिभाईको संगत
·     आमाबाबुले छोरा छोरीलाई वास्ता नगर्दा
·     छोरा छोरीलाई बढी नियन्त्रण९यखभच उचयतभअतष्यल० गर्दा
·     लागु पदार्थ सजिलै संग उपलब्ध हुँदा
·     मानिसको खराब ब्यक्तित्व
·     नयाँ कुरा अनुभव गर्न खोज्दा बानी बस्नाले
·     लागु पदार्थको नसाको खराब असर बारे थाहा नहुँदा
·     मानसिक रोगबाट ग्रसीत हुँदा
·     मनोरञ्जनको साधनको रुपमा लिँदा, पछी शरीरलाइ हानी हुने कुरा थाहा नहुँदा
·     बाबु आमा बिदेश गई बस्दा वा पारिबारिक बिखण्डन हुँदा

कुन कुन लागु औषधि प्रयोग गरिन्छन्  ?

ज्भचयष्ल ९हिरोइन०( ९द्यचबधबल क्गनबच, ध्जष्तभ क्गनबच० ।
ऋयगनज क्थचगउ (कफ सिरफ) ।
ऋबलबदष्क (गाँजा) ।
ऋयअबष्लभ (कोकाइन) ।
ल्ष्तचबशभउबm (नाइट्राजेपाम), मष्बशभउबm (डाइजिपाम) ।
त्ष्मभनभकष्अ (टिडिजेसिक) ।
उजभलअथअष्मिष्लभ (फेनसाइक्लिडिन) ।
जुत्ता टाँस्ने गम ।


कसरी बानी वस्छ ?
             खास गरी लागु पर्दाथ साथी भाईको संगतले गर्दा, आनन्द लिने बाहनामा यस्ता औषधि सेवन गर्दछन् । जव ३–४ दिन लिन्छन् तव बानी वस्छ (मभउभलमभलअभ) हुन्छन । नेपालमा घरमा वस्ने विद्यार्थी भन्दा छात्रावासमा वस्ने विद्यार्थीहरुमा यो समस्या वढी पाइएको छ ।
कुन कुन तरिकावाट लिन्छन ?
कफ सिरफ, ल्ष्तचबशभउबm, म्ष्बशभउबm आदि औषधि मुख वाट खान्छन् । ब्राउन सुगर उगिि गर्दछन् । जसलाई चेजिङ भनिन्छ । गाँजा चुरोट पिए जस्तै गरी पिउछन् । ब्राउन सुगर (हिरोइन) इन्जेक्सन को रुपमा पनि प्रयोग गर्छन । जुत्ता टास्ने ग्लिउ सँुघरे लिन्छन ।

लागु औषधी दुबर््यसनिमा कस्ता मानिस बढी फस्छन् ?
·      घमण्डी स्वभाव भएका ९उभचकयलबष्तिष्ष्तिथ मष्कयचमभच०
·     घर  छाडी छात्रबासमा बस्ने स्कुल, कलेजका बिद्यार्थी
·     १५ देखी २५ बर्षा युवायुतिहरु
·     खराब संगत गर्न पुगेका युवायुवतिहरु
·     आमाबाबुबाट अचित प्रोत्साहन र निर्देशन नपाएका मानिसहरु
      लागु औषधी बेच्ने ब्यक्तिहरु पछी गएर आफु पनि ड्रग लिन सुरु गर्दछन् ।
      करिव २५ देखी ५० % सम्म लागु औषधी लिने ब्यक्ति एड्सबाट पिडित हुने गरेको एक सर्वेक्षणले देखाएको छ ।

कस्तो मानिसमा लागु औषधि लिएको भन्ने शंका गर्ने ?

·     बिभिन्न बहानामा  पैसा माग्ने वा धेरै खर्च भयो भने  वा घरमा पैसा मागेमा ।
·     घरका परिवारसंग घुलमेल हुन नरुचाउने
·     बढी रिसाउने
·     बिभिन्न रुपमा साथिहरुसंग घरबाट बाहिर निस्कने र ढिला घर आउने
·     छात्राबासमा बसेतापनि पढाईमा प्रगति नहुने
·     स्कुलमा कक्षामा अनुपस्थित रहने
·     पाखुरामा सुई लगाएको घाउ पनि देख्न सकिन्छ ।

के खतरा हुन्छ ?
लागु औषधि सेवन गर्नाले औषधि मस्तिस्कमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुग्ने हुनाले मानसिक रोग लाग्छन । संका लाग्ने, डर लाग्ने, कानमा आवाज आउने, डिप्रेसन हुने आदि समस्या देखिन्छ । मानिसले दैनिक काम गर्न सक्दैन, रिसाह बन्छ । इन्जेक्सनवाट औषधि लिंदा हेपाटाइटिस वी तथा एड्स जस्ता रोग लाग्दछ ।
यसवाहेक सुई सांटा सांट गर्दा वा शारीरिक सम्पर्क गर्दा एड्स, हेपाटाइटिस वी तथा सी. आदि रोग लाग्छ ।


उपचार कसरी गरिन्छ ?
   लागू औषधी लिनेलाई मूख्यतय २ किसिमबाट उपचार गरिन्छ ः
१. औषधी प्रयोग ९म्भतयहषष्अबतष्यल०
२. साइकोथेरापी तथा काउन्सीलिङ

विभिन्न औषधी दिई लागू औषधी लिने व्यक्तिलाई १–४ हप्ता सम्म उपचार गरिन्छ । यसलाई डिटक्सिफिकेसन भनिन्छ । लागू औषधी लिने व्यक्तिलाई अचानक औषधी छाड्दा खतरा पनि हुन सक्छ, त्यसैले सट्टामा अर्को औषधी दिने चलन छ जुन डोज घटाउँदै गइन्छ र १,२ हप्तामा बन्द गरिन्छ । अर्को तरिका साइकोथेरापी हो जसमा साइकोलोजिकल समस्या अध्ययन गरि उपाय सिकाइन्छ वा मोटिभिसेन ९ःयतष्खबतष्यल० गरिन्छ र काउनसिलिङ गरिन्छ । कतिपय विरामीमा मानसिक रोग लाग्न पुगेको हुन्छ त्यस्तो भएमा मानिसक रोगको उपचार पनि गरिन्छ ।

दुबर््यसनिलाइ कसरी कम गर्न सकिन्छ ?

·     दुबर््यसनिलाइ ड्रगको सट्टा अन्य औषधि दिएर उपचार गरिन्छ ।
·     हाल लागु औषधि लिन मन नलाग्ने औषधि पनि उपलब्ध छ ।
·     दुबर््यसनिलाइ अस्पतालमा भर्ना गरेर मात्र उपचार गरिन्छ, ओ.पि.डि. सेवाबाट मात्र उपचार पुरा हुँदैन ।
·     मनोरञ्जन लिने, गित गाउन लगाउन, शारीरिक ब्यायाम गराउने, मादल बजाउन लगाउने, नचाउने जस्ता च्भबिहबतष्यल भहभचअष्कभ पनि गराउन सकिन्छ ।
·     आत्म–निर्भर गर्ने उपाए अबलम्बन गराउने
·     खाना बनाउने, आफ्नो भाँडा आँफै माझ्ने  करेसा बारीकमा काम गर्न लगाउने, भलिबल, फुटबल, चेस  आदी खेलमा भाग लिने, फुलबारीमा सरसफाई गर्नै आदी ।
·     न्चयगउ तजचबउथ – दुबर््यसनिमा फसेका मानिसहरु एकआपसमा आफ्ना तिता अनुभवव बारे छलफल गर्ने ।
·     कतिपय दुबर््यसनिहरु अन्य मानसिक रोगबाट पनि पिडित हुन्छन त्यसमे भए मानसिक रोगको उपचार पनि गर्नु र्निे  हुन्छ ।
·     कतिपय एड्स, हेपाटाइटीस बी. बाट पनि पिडित हुन्छन , त्यसो भए यस्ता बिरामीलाइ छुट्टै राखी उपचार गराउनु पर्ने पनि हुन सक्छ ।
·     दुबर््यसनिका बिरामीलाइ दैनिक क्रियाकलापमा ब्यस्त राख्नु पर्ने हुन्छ ।
·     कतिपय दुबर््यसनिका बिरामीलाइ ज्बचm चभमगअतष्यल उचयनचबmmभ अनुसार उपचार गराउनु पर्छ ।
·     कतिपय दुबर््यसनिका बिरामीहरुमा एभचकयलबष्तिष्ष्तिथ मष्कयचमभच को समस्या पनि हुन सक्छ , यस्तो अबस्थामा उपचार गर्न कठिन पनि हुन सक्छ ।
·     दुबर््यसनिका बिरामीहरुलाई अस्पतालबाट डिस्चार्ज गरेपनि धेरै समयसम्म बिरामीलाइ ओ.पि.डि. मा चेक गरि रहनु पर्ने हुन्छ ,जसबाट पुनः कुलतमा फस्ने संभाबना कम रहन्छ ।


उपचारमा देखिने जटिलता

–    पहिलो २ दिनमा धेरै  जसो  बिरामीहरु “ड्रग सिक ” देखा  पर्छ, यस समयमा आत्तिने, रिसाउने, छटपटी लाग्ने, शरिर दुख्ने, जोर्नी दुख्ने, छाती दुख्ने, रुघाखोकी  लाग्ने तथा पखाला लाग्ने आदि हुन्छ ।
–    कतिपय बिरामीहरु अचेत अवस्थामा बोल्ने, अस्पतालबाट भाग्ने, आदि पनि गर्न सक्छन् भने कतिलाई त बाँधेर पनि राख्नु पर्ने हुन्छ ।
–    कति बिरामीमा अन्य मेडिकल सास्या पनि देखीन्छ । आँखा पहेँलो हुने, रक्त अल्पता हुने, शरिर सुन्नीने पनि हुन सक्छ त्यसो भएमा अन्य रोग पहिचान गरी त्यसको उपचार पनि गर्नु पर्छ ।

दुबर््यसनि उपचार बारे जान्नैपर्ने कुरा

–                                       उपचार गरे दुबर््यसनिलाइ निको पार्न सकिन्छ ।
–    उपचार गर्ने क्रममा आउने साथीसंगतले पनि दुबर््यसनिलाइ लागु औषध दिन सक्छन् ।
–  कतिपय दुबर््यसनिहरुमा ब्यक्तित्वकाुे ९एभचकयलबष्तिथ मष्कयचमभच० पनि समस्या हुन्छ । यस्तो अवस्थामा उपचार  कठिनाई हुन्छ ।

–      यस्ता मानिसले अनेकौं बहानामा घरवाट रकम लगि लागु औषधी लिन थाल्छन् । विरामीलाई ड्रग लिन मन नलाग्ने औषधी पनि उपलव्ध छ ।
–      यस्ता विरामी शुरुमा पहिचान गर्न गाह्रो हुन्छ ।
–      छात्रवासमा बस्ने विद्यार्थीहरु यस्ता कुलतमा फसेका बढी देखीएको छ ।
–      १०–१५% मानिस लागु आषधी लिने मासि यस्ता औषधी लिने मानिस यस्ता औषधि बेच्ने काम मनि गर्छन् ।
–      आषधी पसलमा अनेकौं बहाना बनाई  औषधी लीन्छन ।

–    कतिपय दुबर््सनिहरु एड्स तथा अन्य यौन रोगबाट पनि पिडित      हुन सक्छन, यस्तो अवस्थामा बिरामीलाई अन्य ठाउँमा लगेर पनि उपचार गर्नु पर्ने हुन्छ ।
–    करिव एक तिहाई दुबर््यसनिहरु अन्य मानसिक रोगबाट पनि पिडित हुन्छन, त्यस्तो अवस्थामा सो को पनि उपचार गर्नु पर्छ ।
–  अभिभावकहरुले आफ्ना छोराछोरी खासगरि ( स्कुल र कलेज पढ्ने ) लाई राम्रो रेखदेख गर्नु पर्छ । बढी पैसा माग्ने, स्कुल कलेजमा अनुपस्थित हुने, वा खराव संगतमा लाग्ने गरेको शंका लागेमा तुरुन्त उपचार गर्नु पर्छ ।
–    लागु पदार्थ दुबर््यसनिको उपचार गर्ने नाममा डाक्टरको सल्लाह बिना उपचार गर्ने, अबैधानिक रुपमा औषधि खुवाउने संस्था पनि खुलेका छन यस्तो संस्था केवल पैसा कमाउने नाउँमा आएका हुनाले सचेत हुनुपर्दछ । औषधी व्यावसाय विभागलाई ढाकछोप गरि विरामीलाई त्यसै अवैध खुवाउने हँदा विरामी मरेको  घटना पनि सुनिन्छ


डा सि पी सेडाई
नशा तथा  मनोरोग बिशेषज्ञ
चितवन मेडिकल कलेज 

सिजोफेर्निया एक्लै हास्ने , एक्लै बोल्ने रोग


यो रोगका विरामीहरु एक्लै हाँस्ने, एक्लै बोल्ने, अरुको शंका गर्ने, आफ्नो सरसफाई र दैनिक कृयाकलाप नगर्ने हुन्छन् जसले गर्दा व्यक्तित्व नै परिवर्तन हुन्छ । आफू विरामी छु भन्ने नै थाहा हुँदैन । यी विरामीहरु लुगा नलगाउने देखि लिएर रातभर डुल्ने, एक्लै कराउँदै हिड्ने गर्छन् ।

यस्ता विरामीमा अनौठौ सोचाई देखिन्छ । मेरो “आमा, बाबा नक्कली आमा बाबा जस्तो लाग्छ” । विरामीमा अनैठो अनुभुति हुन्छ । जस्तै “मेरो शरिर र टाउको छुट्टिएको छ ”, “आपूmलाई कुनै शक्तिले नियन्त्रण गरिरहेको छ”, हरेक काम गर्दा त्यो शक्तिको आदेश मान्नु पर्छ । कतिपय यस्ता विरामी जब दुई जना मानिस एकापसमा कुरा गर्छन तव यिनीहरुले मेरो वारेमा कुरा काट्दै छ , “मलाई षडयन्त्र गर्न खोज्दैछन्” भन्ने लाग्दा डराउने, कोठामा चुकुल लगाई वस्ने, नौलो मानिस देख्दा भाग्न खोज्ने आदि गर्छन । यस्ता विरामी “अरुको विचार मेरो दिमागमा कसैले राखिदियो, मेरो विचार कसैले झिकेर लग्यो” आदि भन्दछन् । प्राय सिजोफेर्निया विरामी आफ्नो वारेमा रेडियो, पत्रिका, टि.भीले चर्चा गरेको बताउछन् र संका गर्छन् । यस्ता विरामीले “मेरो मनको कुरा सवैले थाह पाए” भनि आक्तिने गर्छन् । कोहि सिजोफेर्नियाका विरामी एक खुट्टाले टेकेर मृर्ति जस्तै घन्टौ उभिइरहन्छन् । प्राय सिजोफेर्नियाका विरामीहरु एक्ले बोलिरहन्छन् र जवाफ फर्कउछन् । कतिपय सिजोफेर्नियाका विरामी डिप्रेसन भएका विरामी जस्तै देखिन्छन् । यस्ता विरामी प्राय एक्लै वस्छन् । सुख, दुख वा हास्ने, रुने आदिको कूनै प्रवाह हुदैन । चिनेको साथीले वोलाउदा, नया मानिस भेटिदा कुनै प्रतिकृया हुदैन । विस्तार विस्तार दैनिक कृयाकलाप छाड्छन् सरसफाई, दात माभ्mने, नुहाउने पनि अरुले लगाउनु पर्ने हुन्छ ।
       कतिपय सिजोफेर्नियाका विरामी खानेकुरामा संका गर्छन् । खानेकुरामा विष राखेको छ भनि खान मान्दैन, हप्तौ  भोकै बस्छन् पानि पिउदैनन् । कतिपय चाहि म देवता हु भन्छन् र एक ठाउँमा बसि रहन्छन् । हाम्रो मस्तिस्कमा डोपामिन ९मयउबmष्लभ० भन्ने न्यूरोटान्समिटरको गडबडी हँुदा यो रोग देखा पर्दछ, जुन सि.टी स्क्यान, यम.आर.आई ले पनि देखाउन सक्दैन । अति शुक्षम रुपमा मस्तिस्कमा गडवडी भएको हुन्छ । सिजोफेर्नियाका विरामी प्राय राति सुत्दैनन् । रातभरी यता उता घुमफिर गर्छन ।



       विदेश जहाँ नयाँ रितीरिवाज छ, भाषा नबुझिने छ, त्यस्तो ठाँउ जब नयाँ मानिस प्रवेश गर्छ, अनि शंका बढ्न सुरु हुन्छ र अन्तमा यो कडा रोग सिजोफेर्निया देखिन थाल्छ, त्यस्तै संकालु वातावरण, पारिवारीक तनाव भई रहँदा तथा वंशाणुगत रुपमा पनि यो रोग देखिन सक्छ ।
       विरामी नाच्ने, गाँउने, अरुको चियो चर्चा गर्ने, कुराहरु गोप्य राख्ने, खाने कुरा खान नमान्ने, खाने कुरामा विष राखेको छ भनि शंका गर्ने गर्छन । कतिपय सिजोफेर्नियाका विरामी रातभरी डुल्दा वा एक्लै हिड्दा सामाजिक शोषणमा पनि पर्छन् । “पल्लो घरमा को बोल्यो”, “मान्छेले मेरो बारेमा कुरा काटे”े, षडयन्त्र गर्दैछन्, आदि भन्दै डराउने गर्छन् । सिजोफेर्नियाका विरामीहरु । जव तथ्य बुझ्न थालिन्छ तव यो भ्रम मात्र  देखिन्छ ।  “मेरो वारेमा रेडियो, टि.भी. तथा पत्र पत्रिकामा छापियो” भनेर यी विरामी त्रसित हुन्छन् । कोही आफ्नो मनको कुरा सबैले थाहा पाए भनेर आत्तिन्छन् । कसैले गरेको कुराको छुट्टै अर्थ बुझ्छन् सिजोर्फेिर्नयाका विरामीहरु जस्तै ूहिड घर जाउँुु भन्दा त्यसको अर्थ अर्को बुझी “तिमी चोर हौ, तिमीलाई मार्नु पर्छ  भन्ने बुझ्छन् । बाटो हिड्दा गाडीमा १७५ अंक लेखिएको देखिएमा उनिहरुको आफ्नै अर्थ हुन्छ जस्तै यो बाटो हिड्न ह्ुदैन । सिजोफेर्नियाका विरामी मूख्यतय सोचाइमा नै भ्रम भएको हुन्छ । आफुलाई कुनै बाहिरी शक्तिले चलाई रहेको विश्वास गर्छन्, आप्नो विचार कसैले झिकेर लगेको, अर्कोको विचार आपनो विवरणमा ल्याएर हालिदिएको उनिहरुमा भान हुन्छ । कहिलेकाँही उनीहरु आफ्नो विचार कसैले चर्काे स्वरमा कराएको सुन्छन्,  िप्राय सिजोफेर्नियाका विरामी औषधी सेवन गर्न मान्दैनन् । कसैले तिमी औषधी नखाऊ भन्ने आवाज आएको बताउछन् । दुई तीन जना मानिसहरु एकआपसमा कुरा गरेको सुन्छन् सिजोफेर्नियाका विरामी । जस्तै हरि बहादुर चोर हो यसलाई मार्नु पर्छ, यसलाई समातेर थून्नु पर्छ यस्तो आवाजले गर्दा विरामी डराउने भाग्ने शंका गर्ने गर्छ ।

आफु विरामी भएको थाहा नहुने रोग – सिजेफेर्निया
       यो सबै भन्दा कडा मानसिक रोग हो । यस्ता विरामी वाहिरी संसारवाट टाढा रहन्छ । एक्लै वस्दा कानमा आवाज आएको महसुस गर्छन् र जवाफ फर्काउन जस्तै “तिमी इश्वर हौ तिम्रा वावुआमा अरु नै हुन्” । आदि प्राय यी विरामी अरु देखी शंका गर्ने एक्लै मुख चलाउने एक्लै बस्ने गर्छन । राम्रो कुरामा खुसी हुने नराम्रो कुरामा रिसाउने गर्दैनन् । सफासुग्घर गर्न छाड्छन्, ननुहाउने, दाँत माझ्न छाड्छन् । दैनिक काम गर्न छाड्न थाल्छन् । दुईजना मानिस एकआपसमा कुरा गर्दा  मेरा वारेमा जासुुस ग¥यो भनेर तर्सन्छन् । कोही राती सुत्दैन सडक सडक डुल्छन् । आफ्नो परिवार र समाजको कुनै वास्ता हुदैन । कोही घण्टौ सम्म एक हात उचाली, कोही एउटा खुट्टाले मात्र टेकी बस्छन र समाजमा यस्ता मानिसलाई भगवानको रुप लियो भनि अन्धविश्वास गर्छन । यस्ता विरामीलाई आफु विरामी छु भन्ने थाहा हुदैन ।




लक्षणहरु ः–
विरामी एक्लै वोल्ने, एक्लै हाँस्ने गर्छ ।
विरामीको सोंचाई अनौठो किसिमको हुन्छ ।
विरामी मानिसहरुले आफ्नो वारेमा कुरा काटे भनेर चिन्तित हुन्छ, डराउँछ र घरवाट भाग्न सक्छ ।
विरामी एक्लै वस्दा कानमा मानिसहरु एकआपसमा कुराकानी गरेको आवज आँउछ ।
विरामी वाहिरी संसारवाट टाढा रहन्छ । उसलाई वाहिरी संसारको कुनै चाँसो रहदैन् ।
विरामीलाई आफ्नो मनको कुरा अरुले थाह पाए भन्ने झुट्टा विश्वास (म्भगिकष्यल) हुन्छ ।
विरामीलाई आफ्नो विचार अरुले झिकेर लगेको, अरुको विचार आफ्नो मस्तिकमा ल्याएर राखेको, आफ्नो वारेमा मानिसहरुले कुरा काटेको भान हुन्छ ।
विरामी दैनिक काम गर्न छाड्छ ।
विरामीलाई नुहाउन, दाँत माँझ्न पनि अरुले सिकाउनु पर्छ आफै गर्दैन् ।
विरामीलाई आफूलाई कुनै अदृष्य शक्तिले नियन्त्रया गरेको, आफू त्यसै अनुसार चलेको भान हुन्छ ।
विरामीलाई प्रत्येक कुराको अर्थ अर्कै बुझिने हुन्छ । जस्तै किताव टेवुलमा राख भन्दा यसको अर्थ उसलाई चोर भनेको भान हुन सक्छ ।
कति विरामीहरु खाना, पानीमा विष मिसाएको छ भनेर संका गर्छन् । आफन्तले मार्ने प्रयास गरेका छन् भन्ने संका गर्छन र कतिकुरा मनमा गोप्य राख्छन् ।




       सिजोफेर्नियालाई पागलपन वा दिमाग विग्रेका भनिन्छ । उपाचार गरे यस्ता विरामी निको हुन्छन् । यस्ता विरामी वाटोमा कराउदै हास्दै, रुदै एक्लै हिडिरहेको हुन्छन् । कतिपय मानिसमा संकालु वावतावरण, वंशाणुगत असर र कतिपय मानिसमा गहिरो मानिसी चोट वा चिन्ताको कारणबाट यो अवस्थामा पुगेको हुन्छन् । त्यसो त  यस्ता विरामीको आफ्नै संसार हुन्छ । वाहिरी संसारवाट टाढा रहन्छन् । यस्ता विरामी आपूm विरामी छैन भनि ठान्छन् वरु अरुलाई विरामी सम्झन्छन् । कतिपय यस्ता विरामीले रोगका कारणले अन्य मानिसलाई आक्रमण पनि गर्न सक्छन् । नियमित गाँजा सेवन गर्ने मानिसहरु पनि यो रोगले ग्रसित हुन्छन् । द्वन्दको कारणले विदेशिने युवाहरुमा पनि यो रोग देखिएको छ ।
सिजोफेर्नियाका विरामी आफ्नै आमा, बाबु, श्रीमान्, श्रीमती, छोरा, छोरी र घरायसी वातावरण सवैलाई संकालु दृष्टिले हेर्दछन् । आफ्नै परिवाले षडयन्त्र गर्छन भनि आफुलाई थाहा भएका सहि कुरापनि लुकाएर राख्छन् । कोही संकाको कारणले आत्मा हत्या पनि गर्छन् । कोहि संकालु वातावरण कानमा आवाज आउँदा जागिर छाड्ने, छिमेकी संग झगडा गर्ने र छिमेकीलाई दोष लगाउने पनि गर्छन् ।








 कति प्रकारका हुन्छन् ?
संका गर्ने खालका
वच्चाको जस्तो बानी व्यवहार गर्ने
अचानक छट्पट्टी गर्ने वा नचली नवोली वस्ने
छुट्टाउन गाहे पर्ने
थोरै मात्र लक्षण देखिएको


कुन उमेरमा वढी वढी पाइन्छ?
यो रोग खास गरी २० देखी ३० वर्षको उमेरमा सुरु हुन्छ र धेरै वर्ष सम्म रहिरहन्छ । कसैकसैमा ३०   वर्ष पछि पनि सुरु भएको पाइएको छ ।

कति मानिसमा पाइन्छ ?
यो रोग प्रतिहजर १ देखी ६ व्यत्तिमा पाइन्छ ।

सिजोर्फेनिया वारे जान्नै पर्ने कुराहरु
–      सिजोफेर्नीया एक कडा मानसीक रोग भएकाले विरामीहरुको राम्रो रेखदेख गर्नु पर्दछ ।
–      यस्ता विरामी एक्लै हास्ने एक्लै बोल्ने तथा अरुदेखी शंका गर्ने हुनाले औषधी खान नमान्ने हुन सक्छ । औषधी खान नमाने तत्काल अस्पताल ल्याउनु पर्दछ । विरामीको औषधी आफैले दिनुपर्ने हुन्छ ।
–      विरामीले औषधी लिएको एक हप्तासम्म औषधीले काम नगर्न सक्छ । त्यसैले हतारिनु हुदैन ।
–      यस्ता विरामी बाहिरी संसार वाट टाढै रहने, साथी संग नगर्ने दिनमा वा रातिमा एक्ले वोल्दै हिड्न सक्छन् ।
–      केही यस्ता विरामी गाँजा सेवन गर्छन्, जसले गर्दा रोग बढ्न सक्छन् । यसलाई रोक्नु वढि आवश्यक छ ।
–      कतिपय विरामीलाई सि.टी बाट उपचार गर्दा छिटो रोग निको भएको पाइएको छ ।



कसरी मानसिक रुपमा स्वास्थ्य  बन्ने ?

अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने
हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने ।
दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने ।
समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।
अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
मनलाई सधै शान्त राख्ने ।
 मानसिक समस्या अति सानो देखि ठूलो सम्म हुन्छन् जसमा यस्तो समस्या छ उसले आवश्यक सरसल्लाह लिने ।






डा सि पी सेडाई
नशा तथा मानसिक रोग बिशेषज्ञ

बारम्बार शरिर भरि तातो महसुस् हुने, टाउको दुख्न्ने, पेटमा अप्ठयारो महसुस् हुने र झम झम गर्ने किन हुन्छ



  यो रोग यस्तो रोग हो जसमा विरामीले विभिन्न द्ययमथ उबचत ९क्यmब० को रोगको शिकायत गर्छ । विरामीहरु वषौ. सम्म अनौठो लक्षणले ग्रसित हुन्छन् । आफ्नो रोग निको नहुँदा विरामीहरु धेरै डाक्टरकहाँ भौतारिदैं पुग्छन् साथै विरामीले आफै धेरै इन्भेटिगेसन ९क्ष्लखभकतनबतष्यल० जस्तै एक्सरे, रगको जाँच, इन्डेस्कोपी आदि पटक पटक गराउँछन् जसमा कुनै खरावी हुँदैन् आफैं आफु निको समस्या समाधान भएको पाउँदैनन् । कोहि विरामी आफूलाई क्यान्सर भयो भन्ने संका गर्छन कोहि एड्स भयो भनेर डर मान्छन् । यस्ता बिरामीहरु धेरै फिजिसियन तथा सर्जन कहाँ बारम्वार पुग्छन तर समस्या चाँहि साइकोलोजिक हुन्छ । कसै कसैमा बंशाणुगत रुपमा यो रोग भएको पाइन्छ । कसैमा घरयासी क्तचभकक भएको पाइन्छ तर क्तचभकक नभएको मानिसमा पनि यो रोग पाइन्छ । कतिपय टाउको दुख्ने, पेट दुख्ने हात खुट्टा निलो भएको, सुन्नियको शिकायत गर्छन तर वास्तविक रुपमा त्यस्तो भएको पाइदैन् । कोहि आफ्नो शरिरको कुनै अंग जस्तै नाक, मुख आदिमा गडवढी भएको वा विग्रेको शिकायत गर्छन । कोहि मेरो आन्द्रा कुहिएको छ भनि डाक्टरकहाँ आइपुग्छन् ।
लक्षणहरु
·       धेरै अंगका लक्षणहरु एकैचोटी देखिने, अनि विभिन्न जाँच गर्दा कुनै रोग देखिदैन ।
·       यस्ता रोगका लक्षणहरु अनौठा (ख्बनगभ) हुन्छन् जस्तै दे्रव्रे खुट्टामा हानेको सिल्का (झम्म) दाहिने हात सम्म पुग्ने ।
·       शरिरभरी तातो महसुस हुने ।
·गुप्ताङ्गमा गडवढी भएको, तातो अनुभव भएको, झमझम गर्ने र शारीरिक सम्र्पक कम भएको महसुस गर्ने ।
·       विरामीहरु यस्ता लक्षण बारम्वार गर्छन र धेरै डाक्टर कहाँ पुग्छन ।
·       कोहि एड्स भएको र कोहि क्यान्सर भएको शिकायत गर्छन ।
·       खाना अपच भएको शिकायत गर्ने ।
·       पेट पोल्ने, पेटमा अप्ठयारो महसुस गर्ने ।
·       टाउको दुख्ने ।
·       मुटुको ढुकढुकी वेढेको शिकायत गर्ने ।
·       ढाड दुखेको शिकायत गर्ने ।
·       पखाला लागेको वा कब्जियत भएको बारम्वार शिकायत गर्ने ।
·       कसैकसैले आफ्नो शरीरिको अंग विग्रेको शिकायत गर्छन ।
·       पेटमा हावा भरिएको शिकायत गर्ने ।
·       मुटु ढुकढुक गर्ने ।
·       श्वास छिटो छिटो फेर्ने ।
       यो रोग अन्य रोग संग कसरी छुट्टाउने ?
यो रोगको लक्षण एकपटक मात्र देखिंदैन । यो वारम्वार दोहोरिन्छ र विरामी उपचरवाट सन्तोष नभई धेरै रगत, एक्सरे परिक्षण गराउँदछ तैपनि रोग निको भएको महसुस हुँदैन ।
     

कुन उमेरमा यो रोग वढी पाइन्छ ?
           यो रोग प्राय ३५ वर्ष अगाडि नै सुरु भई सक्छ र वर्षौ सम्म रहन सक्छ ।

किन यस्तो रोग देखा पर्छ ?
           यो रोगका धेरै कारण छन । तर मनोवैज्ञानिक समस्या नै प्रमुख कारण पाइन्छ । दिनहु हुने
नराम्रा घटनाहरु, चिन्ता, रोगवारे थोरै जानकारी आदिले गर्दा हाम्रो ग्लअयलकअष्बयगच mष्लम (वेहोसी मस्तिक) मा यस्ता नराम्रा कुरा संचित (क्तयचभ) भई वसेको हुन्छन जसले गर्दा यस्ता लक्षण आँउछ भन्ने विश्वास गरिन्छ । यसवाहेक हाम्रो द्यचबष्ल (ब्रेन) को नशामा  (न्युरोटान्मिटर) भन्ने वस्तुमा गडवढी हुन्छ जुन (सिटी स्क्यान) जस्ता आधुनीक साधनले पनि देखाउन सक्दैन ।


यो रोग निको पार्न सकिन्छ ?
     यो रोगको सहि उपचार गरे यो रोग निको हुन्छ ।
उपचार कसरी गरिन्छ ?
      विरामीलाई सर्पोटिभ साइकोथेरापी  दिइन्छ
विरामीलाई विरामीको समस्या अवगत गराइन्छ र  (वेहोसी मस्तिस्क) मा रहेको कतचभकक लाई निराकरण गरिन्छ ।
विभिन्न औषधि जस्तै ब्mष्तचष्उतथष्लभ (एमिटिप्टाईलिन) ग्रुपका औषधि प्रयोग गरिन्छ ।

कसरी मानसिक रुपमा स्वास्थ्य ९ःभलतबििथ ज्भबतिजथ० बन्ने ?

अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने ।
हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने ।
दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने ।
समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।
अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
मनलाई सधै शान्त राख्ने ।
मानसिक समस्या अति सानो देखि ठूलो सम्म हुन्छन् जसमा यस्तो समस्या छ उसले आवश्यक सरसल्लाह लिने ।

विरामीले जान्नैपर्ने कुरा
–      शरिरका विभिन्न अंगको समस्या एकैचोटी आउने हुनाले यो नशाको समस्या हो भन्ने बुझनु पर्छ
–      बिरामी सम्बन्धित विभागमा सम्पर्क गर्नु पर्छ ।
–      रोगबारे अनावश्यक शंका गर्नुहुदैन ।
–      खानामा पनि खासै बार्नुपनि पर्दैन, सामान्य मानिसले खाने खाना खान हुन्छ ।
–      सम्बन्धित विशेषज्ञको राय अनुसार औषधि सेवन गर्नुपर्छ ।

–      यस्ता विरामी औषधी सेवन गरेको एक हप्ता पछिमात्र समस्या समाधान भएको महसुस गर्छ।
–      कतिपय विरामी धरायसी। जागिर, पढाई आदि समस्या वाट पिडित हन्छन् ।
–      यस्ता विरामी आफ्नो शरिरको समस्यावाट निकै चिन्तित हुन्छन्। जुन आत्तिनु पर्नेनै हुदैन ।
–      कतिपय विरामी शरिर पोल्ने हुनाले नुहाउने गर्छन् ।
–      पाठेघरको अपरेसन पछि धेरै मानीसमा यस्तो समस्या आउँछ ।
–      यो रोगवारे राम्रो जानाकारी नहुदा विरामी धेरै उपचार केन्द्र पुग्छन् । तर रोग निको भएको हुदैन । विरामीहरु नशा पोल्यो । नशा दुख्यो क्यान्सर भयो एड्स लाग्यो भन्ने गरेको पनि पाइएको छ ।


    डा सि पी सेडाई

नशा तथा मानसिक रोग बिशेषज्ञ

निन्द्रामा देखिने मनोबैज्ञानीक समस्या


मािनसहरुमा निन्द्रा कम लाग्ने समस्या प्रसस्त पाइन्छ, खास गरी वृद्धहरुमा यो समस्याले सताउँछ । ओच्छयानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार विउझने, विहान चाँडै विउझने आदि समस्या रहन्छ ।
हाम्रो शरिरको स्वस्थ्यको लागि निद्रा अनि अत्याबस्यक हुन्छ । निस्चित समयमा भोक लाग्ने भने जस्तै हामीमा, निस्चित समयमा निद्राा लाग्छ साथै हामी निद्रा वाट विउझिन्छा,ै निन्द्रा विभिन्न किसिमका हुन्छन ।
१. हल्का निद्रा
२. गहिरो निद्रा , आराम दायी निद्रा
३. आँखाको गेडी हल्लिने निद्रा
खास गरि यि विभिन्न निद्रा हामी सुतेको बेलामा एकपछि अर्काे हुदै चक्रिय रुपमा आइरहेका हुन्छन । हल्का निद्रामा हामी कसैले वोलेको थाहा पाउछौ झसंग उठ्न सक्छौ । त्यस्तै आँखाको गेडी हल्लिने निद्रामा पनि । तर जव गहिरो निद्रामा हामी हुन्छौ, त्यहिवेला हामीलाई केहि थाहा हुदैन । यस्तो निद्रालाई भाते निद्रा भनिन्छ । हाम्रो मस्तिस्कको आरामको लागी यो अति आवश्यक छ । हाम्रो शरिरको स्वास्थ्यको लागि करिब ६ घन्टा निदा्रको आवस्यकता पर्छ । वालक तथा विरामी पर्दा वढि घण्टा निद्राको आवश्यकता पर्छ । कहिले काँही १दिनको निद्रा विथोलियो मा अर्काे दिन यसले असर गर्दछ । त्यसैले भनिन्छ एक दिनको निद्राले ७ दिन पिरोल्छ ।
निद्रामा देखिने समस्याहरु
प्राय मानिसहरु निद्रा कम पर्ने गरेको गुनासो गर्छन । कसैलाई ओछ्यानमा पुगेपछि निद्रा लाग्न घण्टौ कुर्नु  कोही निदाउने तर विच विचमा विउझने गर्छन कोही निदाएर उठेपछि फेरी निदाउन गाह्रो हुन्छ । जसले गर्दा भोलिपल्ट सम्म फूर्तिलो नदेखिने हुन्छन । कोही वढि निदाउने गर्छन । खासगरि दिउसो वढी निद्रा लाग्ने निद्राले गर्दा काम गर्न गाह्रो हुने पढ्न नसक्ने, पटक पटक निद्राले सताउने गर्छ ।
निद्रामा देखिने अन्य रोचक समस्याहरु
·        निदाएको वेलामा डराउने, अत्तिने, चिच्याउने ९कभिभउ त्भचचयच ० , नरम्रो सपना देख्ने भौलिपल्ट कुनै कुरा समझने कुनै सम्झन नसक्ने ।
·        निदाएको वेलामा घरवाट वाहिर निस्कने र हिड्ने र धेरै हिडी सकेपछि मात्र चेत आउने र फेरी घर फर्कने ।
·        निदाएको वेलामा पिसाव छुट्ने , उपचार गरे यो निको हुन्छ ।
·        निद्राको वेलामा वोल्ने, दात चपाउने ,निद्रामा धुर्ने, खुट्टा हल्लाउने आदि ।
·        निद्रावाट विउझिदा शरिर चलाउन नसक्ने – यो यस्तो अवस्था हो, हामी अचानक निद्रावाट विउझिन्छौ प्राय आत्तिदै सपना वा हामी डराइरहेका हुन्छौ ।हामी शरिर चलाउन सम्दैनौ वोल्न पनि सक्दैनौ , त्यसैले निसासिए जस्तो लाग्छ । केही मिनेटमा हामी वोल्न सक्छौ, हाम्रो शरिर चलाउन सक्छौ यो अवस्था लाई वोक्सीले छलेको भनेर अहिले पनि गरिन्छ । वास्ताममा यो सहि होइन , यो एक क्भिभउ एभचबष्थिकष्क निद्राको अवस्थामा देखिने प्यारालाइसिसहो जुन १,२ मिनेट मात्र रहन्छ ।
धेरै मानिसहरुमा उमेर ढल्कदै जाँदा निद्रा कम पर्ने हुन्छ । राती निद्रा नपर्दा अत्यान्त पडिादायी हुन्छ, मनमा अनेकौ कुरा खेल्छन दिमागले आराम पाउदैन , छटपट्टी हुन्छ , वाराम्वार पिसाव फेर्नु पर्ने हुन्छ । डर लाग्छ , पेटपोल्छ खानामा अरुचि हुन्छ पसिना आउछ , हाम्रो शरिरको मांशपेशी दुख्छन । भोलिपल्ट मन कमजोर हुने , शरिर स्वस्थ्य नहुने हुन्छ । धेरै मनोरोगका विरामीहरु आफ्नो निद्रा गडवड भएको वताउँछन तथा अन्य शरिरिक रोगीहरु पनि निद्रानपर्नाले आफूलाई सताएको वताउछन । भनिन्छ १ दिनको निद्राले ७ दिन पिरोल्छ ।
निद्रा राम्रो सँग लाग्न गर्ने घरेलु उपाय–
·        सुत्नेकोठा शान्त , हल्ला नहुने खालको हुनुपर्छ ।
·        दैनिक रुपमा शरिरिक व्यायाम गर्ने ।
·        दिउसो भरसक नसुत्ने ।
·        सुत्ने अगाडि चिया, कफि नलिने र वढी खान नखाने वा कम खानापनि नलिने । वेलुकाको खाना ठिक्क रुपमा लिने ।
·        जहिले पनि एउटै समयमा सुत्ने वानी वसाल्ने चाडै सुत्ने चाँडै उठ्ने वानी गर्ने ।
·        निद्रा लाग्ने वेलामा मात्र ओछ्यानमा जाने जाड रक्सी सेवन नगर्ने ।
·        सुत्नु अघि मनतातो पानीले नुहाउनु उत्तम हुन्छ ।

सपनाको मनोवैज्ञानिक विश्लेषण
प्रशिद्ध मनोवैज्ञानिक सिगमण्ड (फ्रायड) का अनुसार निद्रामा देखिने सपना अनौठो रुपमा आएको हुन्छ । खासगरि हाम्रो मस्तिक्कमा रहेका (रेकर्ड भएका कुराहरु) एक अर्कामा जोलटिएर आउने, हाम्रो मनमा रहेको इच्छा पुरा गर्ने, कहिले काही एकआपसमा घुलमेल हुदै अत्यन्तै पिडादायी डरलाग्दो रुपमा प्रस्तुत हुने एउटा कुराको टाउको अर्काे कुराको पुच्छर सँग चामत्कारीक सपना देखिने , कहिले राम्रो रुपमा आउने कहिले नराम्रो रुपमा आउने हुन्छ
 नराम्रो सपना देखियो अव के हुन्छ भनेर अहिले मनमनै त्रासमा पर्नेहरु पनि हुन्छन तर यो भ्रममात्रहो यो सोचाई गलत हो । यसले मनमा अशान्ति पैदा गर्छ । सपना राम्रो देख्नाले मन खुशी पनि हुन्छ । त्यसैले सपना सुल्टो – उल्टो जे पनि हुन सक्छ सपना नराम्रो देख्दा कुनै खतरा हुदैन । तपाईले भेट्न नसकेको मानिस वा तपाँइले मनमा सोच वनाउनुभएको मानिस सँग पनि तपाइको भेट सपनामा हुन्छ, तपाई लाई क्षणिक आनन्द मात्र हुन्छ । अर्का शब्दमा भन्दा हाम्रो मस्तिस्क एउटा कम्यूटर हो । उसमा रेकर्ड भएको कुरा हरु तव हामी निद्रामा हुन्छौ, मस्तिस्क चाही अर्ध चेतनामा हुन्छ । त्यस वेला सपनामा यी वषौ देखिका रेकर्डहरु फाइल टेप जस्तै गरि एक अर्कामा घुलमिल भई प्रस्तुत हुन्छन । कहिलेयी आनन्दायी हुन्छन त कहिले पिडादायी हुन्छन । तर सपना नराम्रो देखियो अव के हुन्छ भनेर अत्तिनुचाहि मुर्खता मात्र हो । नराम्रो सपना देख्दा र चिन्ता लिदा कति मानिस मनोरोगी वन्छन । कहिले काहि रातभरीनै निद्रा पदैन जुन खतरनाक पनि हुन सक्छ । निद्रा नपर्नाले गर्दा रात अत्यन्तै लामौ लाग्ने र पिडादायी महशुस हुन्छ ।
डिप्रेसन रोगका विरामी निद्रा गहिरो नभएको वताँउछन जसवाट भोलीपल्ट फूर्ति नआउने हुन्छ । डरलाग्दो सपना देख्ने गर्छन र अत्तिन्छन । मेनिया रोगमा निद्रा २ घण्टा सुतेपनि पुग्छ । विरामी रातीपनि टि.भि हेरी रहने कराउने , एता उता हिड्ने गर्छन । सिर्जाेर्फेनियाका विरामी रातभरी यता उता डुल्छन दिउसो सुत्छन । सन्तुलित भोजन शारिरिक ब्यायम गर्ने मानिस रातमा राम्रे सँग निदाउछन । एक प्रकारको छारे रोग जुन निदाउदा मात्र देखिन्छ । विरामी अचानक ओछ्यानवाट खस्ने शरिर कडा हुने , तन्किने, मुखवाट फिज काड्ने १५ मिनेट पछि फेरी उठ्ने गर्छन । एन्जाइटि डिसअर्डर ९ब्लहष्भतथ म्ष्कयचमभच० का विरामी अध्यारोमा डराउछन । ढोका झ््याल लगाउदा आफु निसासिएको जस्तो मान्छन । एक्लै वस्न सक्दैनन्, मन आत्तिने डराउने गर्छन । पुरानो अन्धविश्वासले गर्दा राती वढ्दै जाँदा भुत , वोक्सी आदि आउछ  भनेर डराउछन तर त्यस्तो भएको हुदैन । कोही निद्रामा वेसरी र्घुर्ने हुन्छन । मोटो शरिर, कम शारिरीक ब्यायम , रक्सी सेवनले गर्दा प्रयाय यस्तो भएको हुन्छ । रात लामो हुँदा हाम्रो शरिरको मेलाटोनिन ९ःभबितयलष्ल० भन्ने हर्माेन वढी प्रवाह हुदा जाडो महिनाा कसैमा डिप्रेसन रोग देखिएको छ । खास गरी ध्रुव्रिय देश नव्र्रेमा यस्तो वढी पाएको वताइन्छ ।
राती कफी चिया पिउनु निदाउनको लागी घाटक हुुन्छ । शरिरको अपरेशन पछि निद्रा राम्रो परेन भने घाउ निको हुन गाह्रो हुन्छ । यस्तो अवस्थामा निद्रा लाग्ने औषधि प्रयोग गरिन्छ । धेरै किसिमका निद्रा लाग्ने औषधि हरु पाइन्छन । थोरै निद्रा नपर्दामा औषधि लिनु हुदैन । औषधि बिना गरिने उपचार सफल नभएमात्र औषधि प्रयोग गर्नु पर्छ । राति सुत्दा पुरै झ््याल ढोका वन्द गर्न हुदैन । जसले गर्दा अक्सिजन कम हुन पाउदैन । जव हामी धेरै धण्टा सत्छौ तव हल्का निद्रा को मात्र पनि बट्दै जान्छ । विहानीपख प्राय हामी सपना देख्छौ, जुन हामी उठेपछि सम्झन सक्छौ । तर गहिरो निद्रामा देखिएको सपना हामी सम्झन सक्दैनौ । कहिले काही हामी सुतेको १,२ घण्टामै अत्यन्तै डराउने , अत्तिने चिच्याउने हुन्छ , मुटुमा ढुकढुकी वड्छ यसलाई ल्क्ष्नजत त्भचभच (नाइट टेरर) भनिन्छ । यो भोलिपल्ट सम्झना हुदैन । राती आनन्दले सुत्दा शरिरमा आराम महसुस हुने, मांशपेशी हलुका हुने, शरिरको तौल वढ्ने,  मानसिक तनाव कम हुने गर्छ ।
निद्रामा देखिने समस्याको उपचार
·        निद्रामा  देखिने छारे रोगका विरामीले छारे रोगको औषधि सेवन गर्न पर्छ ओषधि करिव ४ वर्ष लिन पर्ने हुन्छ ।
·        निद्रा नपर्ने, निद्रामा विउझिने विरामीले सवैभन्दा पहिले घरेलु उपचार गर्नुपर्छ त्यसवाट निको नभए निद्रा पर्ने औषधिको प्रयोग गर्नु पर्ने हुन्छ ।
·        निदाएकाृ वेला डराउने, नराम्रो  सपना देख्ने मानिसलाई औषधिको प्रयोग तथा मनोवैधज्ञानिक उपचारवाट फाइदा हुन्छ ।
·        निदाएको वेलामा हिड्ने ९क्भिभउ ध्बपिष्लन० का विरामी औषधि प्रयोगवाट निको हुन्छ ।
·        निदाएको वेला पिसाव फेर्ने विरामीले वेलुकी पख कम पानी पिउने,सुत्नु अगाडी पिसाप फेरेर मात्र सुत्ने गर्नु पर्छ । त्यसवाट पनि निको नभए राती कति वजे पिसाप छुट्छ, त्यो भन्दा ३,४ मिनेट पहिला उठाएर पिशाव फेराउन पर्छ । त्यती गर्दा पनि निको नभए औषधि सेवन गर्न पर्दछ ।
·        निद्राको वेला वोल्ने, दात चपाउने , निद्रामा खुट्टा हल्लाउने मानिसको लागि औषधि प्रयोग तथा मनोवैज्ञानिक उपचारवाट फाइदा हुन्छ ।
·        निद्रामा डराई विउझिदा शरिर चलाउन नसक्ने ९क्भिभउ एबचबथिकष्क० का विरामीलाई काउन्सिङको आवश्यकता पर्छ । यो वोक्सी लागेको होइन, अन्धविश्वास हटाउनु पर्छ । यो वोक्सीले छलेको होइन अचानक विउझिदा शरिर चलाउन कही समय लागेको हो ।
·        दिउसोमा वढी निद्रा लागेमा चिया कफीको प्रयोग वाट फाइदा हुन्छ ।
·        निद्रामा देखिने नराम्रो सपनालाई विश्वास गर्न हुदैन । सपनामा देखेको कुरा पछि मिल्छ भन्नु अन्धविश्वास मात्र हो । मन ढुक्क वनाउन पर्दछ । सपना नराम्रो देखेपनि विपनामा केही हुदैन ।

कसरी ःभलतबििथ ज्भबतिजथ बन्ने ?
अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने ।
अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने ।
पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने ।
हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने ।
जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने ।
लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने ।
दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने ।
समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने ।
अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।
आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ ।
मनलाई सधै शान्त राख्ने ।


डा सि पी सेडाई
नशा तथा मानसिक रोग बिशेषज्ञ

बारम्बार घरायसि झगडाको कारण हाइपोमेनिया रोग


हाइपोमेनिया यस्तो रोग हो, जसम मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलि रहनु पर्ने हुन्छन ।  आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द वोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधै्र चन्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान श्रीमतीमा चर्को विवाद भएको  पाइन्छ यति सम्मकि छुट्टा छुट्टै बस्न पुग्ने, बारम्बार कुट पिट भएको पनि भेटिएको छ । सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहनै हुदैन विस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुदै जानाले पछि मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिदैन ।
कल्पना २५ वर्ष महिला हुन अर्को विवाह भएको २ वर्ष भयो । अहिले उनि श्रीमान तथा परिवार संगै छिन उनि अहिले छिट्टै रिसाउने,  जिद्धी गर्ने तर्क गर्ने, एउटा काममा स्थिर रहन सक्दिन श्रीमान तथा परिवारका अन्य सदस्य संग उनको भनाभन भई रहन्छ । उनि कहिले रिस खप्न नसकेर रुन्छिन, कहिले अरुलाई अपशब्द बोल्छीन । परिवारको सदस्य संग उनको सम्बन्ध टाढिदै गएको छ । कहिले काही उनि ठुला ठुला कुरा गर्छिन राति निन्द्रा राम्रो परदैन । श्रीमान संग दिनहु कलह भइरहन्छ । उनि बढि फुर्तिलो देखिन्छिन । उनलाई यो रोग लागेको हो भनेर चिन्न कठिन छ । उनलाई अस्पताल ल्याएपछि मात्र थाहा भयो हाईपोमेनिया रोग लाग्यो भनेर ।
त्यस्तै रमा १६ वर्ष केटि हुन । उनि कक्षा ९ मा पढछिन् । गत १० दिन देखि उनि फरक देखिएकि छिन । आजकल उनि बढि बोलिरहन्छिन । उनि छिट्टै रिसाउँछिन । उनि निकै सिँगार पटार गर्छिन । उनि भन्छिन “म ३ दिन भित्र प्रधान मन्त्री वन्नेछु ।” उनि आफुलाई फूर्तिलो, सिपालु, जोसिलो राम्री ठान्छिन । उनिमा तडक भडक निकै छ । विवाह गर्ने कुरा पटक पटक गर्छिन । एउटा काम नसक्दै अर्कोकाम सुरु गर्छिन । उनले भनेको नमानेमा पिट्छिन । राती २–३ घण्टा सुतेपछि उठ्छिन, रेडियो, टि.भी.हेर्छिन र अरुलाई डिस्टर्व गर्छिन । उनि मिठो खानेकुरा र पैसा मागिरहन्छिन । अनि आफु धनि भएको फूर्ति उडाउछिन । उनको लक्षण समयमा थाहा भएन तर जुन उनको लक्षण वढुदै गयो  । उनको अस्पतालमा उपचार भई रहेको छ र निको हुंदै छ ।  यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन एउटा काम सक्न नपाउँदा अर्को काम थाल्छ । विरामी आनन्दि कुरामा दिन विताउँछ । म राजा वन्छु, म प्रधानमन्त्री वन्छु म नेता वन्छु भन्छ । पैसा वाँड्ने, कुरा वढाई चढाइ वोल्ने, राती २,३ घण्टा मात्र सुत्ने, गित गाउने,  रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने । यो रोग पटक पटक दोहोरिने भएको हुनाले राम्रो विचार पु¥याउन जरुरी छ । यस्ता घटनँहरु समाजमा पटक पटक देखिरहन्छन । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौें घटन घटन सक्छन् । मेनिया भनेको हाइपोमेनिया भन्दा कडा अवस्था हुने रोग हो ।

 हाइपोमेनिया रोगका लक्षणहरु
·        घमण्डी बन्ने, बढी फúर्ती लगाई कुरा गर्ने ।
·        धेरै खुशी हुने तर भनेको नमाने झटक्क रिसााउने ।
·        वढी आशवादी हुने सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
·        मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने ।
·        वढी पैसा माग्ने वा खर्च गर्ने ।
·        पटक पटक ऐना हेरी रहने ।
·        २(३ घण्टा सुते पनि निद्र पुग्ने ।
·       यौनमा बढी रुचि हुने ।
·        एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने ।


 उपचार
·       रोगको संका लागे पछि  विरामीलाई रिस उठने किसिमको व्यावाहार नगनर्,े अस्पताल लगी सम्बन्धित विषेशज्ञको सरसल्लाह लिई उपचार गर्ने ।
·       यो रोग एकपटक शुरु भए पटि अर्को पटक दोहोरिने समस्या ७०(८०५ रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्को पटक दोहरिदा कहिले पहिलेकै लक्षणहरु दोहोरिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसन हुने जस्तै दिक्क हुने रुने मछर्’ भन्ने, राती निदाउन गाहो हुने) देखिन्छ ।
·       यो रोग पटक पटक दोहोरिने भएकोले यो रोग बारे राम्रो जानकारी हुनु अति आवश्यक छ ।

 हाइपोमेनिया रोगवारे जान्नैपर्ने कूरा

·        हाइपोमेनिया रोगका विरामी घमण्डी हून्छन । उनीहरु आफुलाई विरामी भन्न रुचाउदैनन् विरामी, आफुले भनेको नभए झगडा गर्ने अरुलाई पिट्ने गर्छन । त्यसैले यस्ता विरामी संग अनावश्यक बादविवाद गर्नू हूदैन । नम्र भएर कूरा गर्नू पर्छ ।
·        हाइपोमेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन । त्यस्तो बेला तूरुन्त अस्पताल लैजानू पर्छ  हाइपोमेनिया रोग निको भइसकेपछि पनि पटक पटक बल्झिन सक्छ ।

कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ?

१.   कहिलेकाँही कुनै घटना परिस्थिति तथा वाध्यता पछि हाम्रा मन भौतारिन सक्छ यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहन हुदैन बरु मन परिवर्तन गर्नु पर्छ ,कुनै नराम्रो अनुभव मनमा लिईरहदा हाम्रो मसतिस्कमा समेत असर पुर्याउछ शरिर तात्छ ,मुटुको धडकन वढ्छ र छटपटि हुन्छ त्यसैले अनावस्यक कुरामा एकोहोरो गहिरो साचाँर्ई नगर्ने ।
२.   अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।
      हामी हाम्रो प्रगति चाहान्छौ यो राम्रो पक्ष हो तर हामीमा केहीगलत धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई “नकारात्मक मुल्यङकन गर्ने’’ यो असाधै नराम्रो वानी हो र संक्रिण साचाई हो । त्यसैले मनलाई ठुलो पार्नु पर्छ , संक्रिण पार्नु हुदैन । धेरै मानिसहरु यस्ता समस्याबाट पिरोलिएका हनसक्छन् । जसले गर्दा मनमा अशान्ति फैलन्छ , हामिलाई मनोरोग लाग्न सक्छ । प्रगतिशिल, सच्चा सोचाई “बाँच र बचाऔ’’ का भावना मनमा जागेको हुन पर्छ , हामी आफू भन्दा सानालाई कसरी सहयोग गर्ने र आफू सरहको प्रगतिमा साथ दिनु प्रर्दछ , नकि आफूलाई अवमूल्यन गर्ने होईन ।
३.   पुराना रुढिवादी कुरामा विस्वास गर्नु हुदैन ।
      वाटो हिड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विस्वास छ । त्यसैले यस्ता बस्तु देख्दा मन वेचैन बनाउन हुदेैन ,मन ढुक्क नै हुनु पर्छ ।किनभने यसमा कुनै सत्यता नै छैन । राशिफल,हेराउने,भुत,प्रेत बोक्सीको युगको अन्त्य भइसक्यो, त्यस्तै यस्ता कुरामा चिन्तालिई समय बरवाद नगर्ने । बरु सफा पानी ताजा खानिकुरा खाने, राती वाटोमा हिड्दा भूत लाग्छ भन्दै मन डराएर ढुङ्गो देखि तर्सेर पनि मानिस बिरामि हुन्छ । मनोराग लाग्न पुग्छ । त्यसैले पुराना गलत चलनपनि हटाउन गर्छ । कसैलाई बोक्सी भनेर कुट्ने गरिन्छ जुन सतप्रतिसत झुटाहो । त्यसैले हाम्रो गाउघरमा पनि आधुनिक चेतना जगाउन आवश्यक छ । मरेको मानिसको आत्मा मनमा आउछ भन्ने वा मरेको मनिसले दुख्ख दिएको आदि गलत बिस्वास छ जुन सरासर झुटो सावित भएको छ । यसलाई विस्वास गर्नु हुदैन । बरु यस्ता कुरामा मनलनग्दा अशान्ति हुन्छ र मनेरोग लाग्छ ।
४.  हरेक काममा खुसि, सुखि तथा सन्टुस्ट बन्ने
      दैनिक जिवनमा काम गदै जाँदा कहिले सफल भइन्छ तर कहिले असफल भइन्छ । असफल भएको कारणले हतास हुनु हुदैन बरु असफलताको कारण के छ त्यो पत्ता लगाई सफलताको बाटोमा फेरी अगाडी बढ्नु पर्छ । निराश हुनु हुदैन । अरुसगँ पनि सररल्लाह लिनु पर्छ ।
            कहिले काँही हाम्रो अगाडी समस्या नै समस्या र्र्तेिर्सएर बसेका हुन्छन् । यस्तो अवस्थामा आत्तिनु हुदैन । कतिपय समस्या आफैपनि समाधान भएर जान्छन । ३,४ महिनामा आउने समास्यालाई लिएर अहिले देखिनै चिन्तित हुनु हुदैन । बरु देखिएका समस्यालनई एउटा योजना बनाई यो पछि यो गर्छु भनि अधि बढ्नु पर्छ ।
      कतिपय मिडियाले राम्रो कुरालाई पर्दा पछाडि राखी नराम्रो कुरालाई प्रचार गर्छन जसले गर्दा सर्ब–साधरण विग्रीयो, भत्कियो, वेकार छ जस्तो भावना आउन सक्छ तर बास्तविकता त्यस्तो हुदैन त्यसै धेरै रेडियायेय, टि.भी, समचार तथा डरलाग्दो दृश्य हेर्न हुदैन ।
५.   जे छ तेसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न नछाड्ने
      धेरै मानिस हरु आफु कहाँ बाट आएको भन्नेकुरा पनि र्विसन्छन,विगतलाई विर्सन्छन,वर्तमानमा सन्तोश लिन चाहादैनन्, किनभने समय पार गदै जाँदा ठुलो उन्नति भएको पनि बिर्सन्छन र सधै असन्तोषि भई रहन्छन् । विगतमा आफु कुन अवस्थामा थिए, अहिले कुन अबस्थामा आइपुगियायो भनेर मूल्याँङकन गर्नु पर्ने हुन्छ । धेरै जसो मानिसहरु ठूलो प्रगति गर्दा पनि क्षणिक आन्नद लिन्छन, त्यसैले मनमा सन्तोस भएको हुदैन त्यसले हामीले सन्तोष लिन सिक्न पर्छ । मैले यो अबधिमा यति गरे भगवानले मलाई यसरी पुराएका छन भनि सन्टुष्ठ हुन पर्छ तर मिहिनेत गर्न छाड्नु हुदैन । पुराना असफलता लाई केलाउदै लक्षमा पुग्न पर्छ ।
६.   लागुपर्दाथ तथा दूब्र्यसनिबाट अन्य मानसिक रोग लाग्ने सम्भावना भएकोले यी वस्तुबाट टाढा रहने
      कति मानिस रक्सी पिउने वानि हन्छ विस्तारै यी मानिस विहान देखिनै रक्सी लिने र दिनादिन रक्सीको मात्रा बढाउदै जान्छन अनि रक्सीको मातमा झगडा गर्ने, श्रीमती संग संका गर्ने कहिलेकाँही डराउने, घरबाट भाग्ने, छारे रोग जस्तै गरि ढल्ने गर्छन । त्यस्तै कति मानिस लागु औषधि दुब्र्यसनिमा फस्छन, जसले गर्दा दैनिक  २–४ हजार रकम यसमा खर्च गर्ने पुग्छन् साथै अनैतिक काम गर्न वाध्य हुन्छन । साथै यस्ता मानिस एड्स तथा हेपाटाइटिस “बी” जस्ता रोगबाट पनि ग्रसित हुन पुग्छन । सुई साटासाट गर्ने,छाडा यौन सम्र्पक गर्ने ड्रगलिन रकम जुटाउने चोरी गर्ने पनि गर्छन । त्यसैले यस्ता वस्तुवाट सधै टाढा रहनु पर्छ ।
७.   दैनिक जिवनमा स्वस्थ्य प्रतिस्प्रदा गर्नेुगर्छ
     समाजमा ठूलाले सानालाई हेप्ने आफूमात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने,अर्कालाई हेप्ने, अर्कालाई उचित ब्यवस्था मिल्नबाट अवरोध गर्ने पनि पाइन्छ । जुन अपराधिक मानिन्छ यस्तो वातवरणको सधै अन्त्य गर्नेु पर्छ । समाजमा स्वस्थ्य प्रतिस्प्रधा भएमा सबै मानिसले उतिकै क्षमता विकास गर्न सहयोग मिल्छ । कसैलाई डर हुदैन, सबैको कल्याण हुन्छ । यस्तो वातवरण बनाउनु समाज तथा राष्ट्रको कर्तब्य हो ।
८.  अति नैतिकवान नब्न्ने तथा अरुबाटपनि त्यस्तो आशा नगर्ने
      समाजमा कोही मानिस अतिनै नैतिक हुन्छन यस्ता मानिस हरेक काममा अतिनै सचेत   हुन्छन अरुलाई कुनै प्रकारको मर्का नपरोस भनि हरेक क्षणमा ध्यान पुर्याउछन् तर समाज त्यस्तो छैन र समाजबाट यस्ता मानिसले धोका पाउँछन् र मन दुखाउन पुग्छन । मनोरोग लाग्न पुग्छ त्यसैले हामी केहि हद सम्म तलमाथि हुनु पर्ने हुन्छ न कि हरेक कुरा अत्यान्तै ठिक संग चल्नपर्छ,मानिस अनुसार नै हुन पर्छ । केहि मानिसलाइ आफूले गरेको बाहेक अरुले गरेको काममा चित्त बुझ्दैन । त्यसैले यस्ता मानिस आरुले गरेको काम सच्याउने गर्छन जस्तै कोठा सफा  गरेको मन नर्पर्ने, आफैले सफा गर्नु पर्ने। यस्तो हुदा दैनिक जिवनमा अफ्ठ्यारो महसुस हुन्छ । त्यसैले केहि हदसम्म अर्काले गरेको कामलाई पनि अचित स्थान दिनु पर्ने हुन्छ ।
     समाजमा अति नैतिकभई बाच्न गाह्रो छ त्यसैले आफु पनि परिवर्तन हुनपर्छ र समाज अनुसार चल्नु पर्छ ।
९. मनका कुरा अरुलाई भन्ने वानी गर्ने
      हामीमा ठुलो समस्या आउदा पनी अरुलाई भन्ने वानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलिन्छ । हावा भरिएको प्रेसर कुकर झै विस्फोट हुने वा अचानक सिठ्ठी लाग्ने ठूलो हलचल हुने जस्तो हाम्रो पनि पनि हलचल हुन सक्छ । काम नबने हातखुट्टा नचल्ने भइ हामी विरामी पर्छौ । त्यसैले मनमा रहेको कुरा जसले पनि  आफूलाई तनाब बढाउँछ त्स्ता क’रा आफ्नो मनखाने मानिसमा भन्न’पर्छ, आफ्नो मनको बेदना अरुलाई व्यक्त गर्दा मन शान्त हुन जान्छ ।

१०. पहिले पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भनिने गरिन्छ । मनोरोग भनेको अति समरुप टेन्सन हुने देखि कडा रोग सिर्जोफोनिया सम्म पर्छ ।  त्यसैले अति सामान्य रोग देखि कडा रोग सम्मका विरामी यसमा पर्छन् । डिप्रेसन रोग लागेका विरामीमा यस्तै चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर त्यस्तो हुदैन । त्यसैले आत्तिन हुदैन । सामान्य मनोरोग लोगेका विरामीले अनावश्यक चिन्ता लिनु हुदैन ।


  डा सि पी सेडाई

नशा तथा मनोरोग बिशेषज्ञ