Friday, May 23, 2014

mental illness in Nepal/alcohol misuse

रक्सी पिउने लत तथा असर समाजमा रक्सी पिउने समस्या प्रसस्त पाइन्छ । धेरै मानिसहरु कहिले–काँही महिनामा १,२ पटक पिउने गर्छन यसलाई क्यअष्ब िमचष्लपष्लन भनिन्छ । कतिपय मानिसहरुमा पछि गएर दिनहुँ पिउने वानी बस्छ । त्यसैले कहिले काँही रक्सी पिउनु पनि पछि गएर खतराको स्थिति देखिन सक्छ । नेपालमा चाडपर्वमा रक्सी सेवन गर्ने चलन छ यसले पनि बानी ९म्भउभलमभलअभ० बनउान ठूलो भूमिका खेल्छ । यस बाहेक आनन्द लिने बहानामा, डर घटाउछ भन्ने गलत सोचाइमा र पिर कम गर्छ, निन्द्रा लाग्छ भन्ने गलत सोचाइका कारणले मानिसहरु रक्सी पिउन थाल्छन् र यो बानी ९म्भउभलमभलअभ० बस्छ र छाड्न सक्दैनन् बरु दिनहुँ पहिले भन्दा बढी लिन थाल्छन् । शुरुमा मानिसहरु महङ्गगो खालका रक्सी पिउँछन् जब धेरै लिनुपर्ने हुन्छ तब रकम कम हुन्छ अनि सस्तो खालको ९लोकल० रक्सी पिउन थाल्छन् । रक्सी पिउने बानीले गर्दा समाजमा नराम्रो असर पारेको हुन्छ, घरपरिवार, श्रीमतिसँग दिनहुँ झगडा हुन्छ । परिवारमा श्रीमानले रक्सी सेवन गर्ने कारणले घरायसी झगडा, समुदायमा नराम्रो असर तथा श्रीमतिलाइ डिप्रेसन रोग लाग्न पुग्छ । कतिपए रक्सी पिउने मानिसहरु श्रीमतिसंग शंका गर्ने तथा यौन क्रियामा कम रुची हुने सम्म हुन्छ । मानिसहरु रक्सी बिभिन्न कारणले लिन्छन ः · शारीरिक तथा मानसिक रोग कम गर्न · नयाँ कुरा परिक्षण गर्न · साथिभाइको संगतमा परेर · नेपालका बिभिन्न समुदायका चाडपर्वमा रक्सी लिनुपर्ने बाध्यता हुने भएकाले मानिसह रक्सी लिन बाध्य हुन्छन् । · बिज्ञापनको प्रभावले सुरुमा मानिसहरु बेलुकिपख रक्सी लिने गर्दछन । दिनदिनै पुरानो मात्राले नपुग्ने हुँदा माग बढ्दै जाने हुन्छ र अन्तमा उक्त मानिस रक्सी नभइ बाच्नै नसक्ने अवस्थामा पुग्छ । बिहान सबेरै उठेदेखी रक्सी लिनु पर्ने हुन्छ । रक्सी नलिएमा हात काँम्ने, पसिना आउने, निन्द«ा छटपटी हुने आदी हुन्छ त्यसैले जस्तो सुकै अवस्थामा पनि मानिसहरु रक्सी लीएरै छाड्छन् । करवि एक तिहाई रक्सी पिउने मानिसहरु अन्य मानसिक रोगले पनि पिडित हुन्छन् । जव रक्सी छाड्छन्, कतिपय मानिसहरु निन्दा« नपर्ने, आत्तिने, चिन्ता लाग्ने ९डिप्रेसन्०, स्मरण शक्ति घट्ने, शंका लाग्ने आदी देखीन सक्छ । यस्तो भए यो समस्याको पनि उपचार गर्नु पर्छ । अन्यथा पुनः रक्सी पलने संभावना बढ्छ । धेरैजसो रक्सी पिउने मानिसलाइ अस्पतालमा राखी उपचार गरिन्छ । कतिपय मानिसमा रक्सी लिन मन नलाग्ने औषधीको पनि प्रयोग गर्नु पर्ने हुन्छ । यस्ता मानिसलाइ तनाव घटाउने उपाए सिकाइन्छ । धेरै रक्सी पिउने मानिसको जमघट गराइ आफ्ना नराम्रा अनुभव, सुध«ने उपाए, मनोरञ्जन लिने र अन्य यस्तै खालका उपाएहरु सिकाइन्छ । कतिपय मानिसहरु घरमा परिवारसंग दैनिक झगडाको कारणले गर्दा रक्सी लिन पुगेका हुन्छन । यस्तो अवस्थामा परिवारका सदस्यहरुलाइ पनि बोलाई उपचारमा संलग्न गराउने साथै परिवारिक सहयोगको वातावरण बनाइन्छ । अत्याधिक रक्सी सेवन गर्ने मानिसलाइ कोठामा थुनेर राख्ने पनि गरीन्छ तर यो बिधी खतरा हुन सक्छ, बिरामीमा छारे रोग देखीने, अचेत हुने छटपटी हुने र मृत्यू पनि हुन सक्छ । त्यसैले यसो गर्नु हुँदैन बरु अस्पतालमा लग्नु पर्छ । यस्ता मानिसलाइ रक्सीको सट्टा औषधि दिई क्रमस उपचार गर्दै पुनः औषधिको मात्रा कम गर्दै लगिन्छ । श्रीमानले रक्सी पिइरहदाँ श्रीमतीलाई डिप्र्रेसन रोग लाग्छ रक्सी पिउने मानिसमा अचानक रक्सी छाड्दा हात काम्ने मुटु ढुकढुक हुने अनौठा वस्तु देखीनाले आत्तिने डराउने गर्छन् । कोही सर्प देख्छन् ,कोही बाघ देख्छन् र आत्तिन्छन् । कतिपय विरामीहरुले कानमा गाली गरेको आवाज आउनाले घरपछाडी भाग्छन । रक्सी पिउने मानीसहरु यौन क्रियामा रुचि नभएको शिकायत गर्छन् । कति चाही श्रीमती सँग शंका गर्छन् । जुन घरायसी झगडाको विउ बन्छन् । जब मानिस विहान पनि रक्सी लिन शुरु गर्छन यो कडा समस्या मानिन्छ । रक्सी लिदा मानसीक अचेत हुनाले ठुला ठुला अप्रिय घटना पनि घट्न सक्छ । रक्सी लिने मानिसलाई कोठामा थुनेर राख्नु हुदैन अचानक घोर रोग निक्लिई मर्न सक्छन् । डाक्टरको सल्लाह लिएरमात्र रक्सी छोडाउनु पर्दछ । एक तिहाइ रक्सी लिने मानिसहरु डिप्रेन, आत्तिने रोग निन्द्रा नपर्ने समस्याबाट पनि पिडित हुन्छन् । रक्सी छोडेपछि यस्तो समस्याको पनि उपचार गरेमात्र पुर्ण रुपमा रक्सी लिन छाड्छन । परिवारीक कलह भईरहदाँ प्राय रक्सी पिउने श्रीमतीमा डिपे्रशन रोग भेटिएको छ । रक्सी पिउँदा ३ किसिमको असर देखिन्छ । १। ब्अियजय िक्ष्लतयहष्अबतष्यल ९रक्सी पिउनासाथ देखिने असर० । २। ब्अियजय िध्ष्तजमचबध ि९रक्सी लिइ रहनेले कुनै दिन रक्सी नलिँदा देखिने लक्षण० । ३। ब्अियजयष्अि ऋयmउष्अिबतष्यल ९रक्सीले गराउने खतरा विशेष प्रकारको लक्षण० । ब्अियजय िक्ष्लतयहष्अबतष्यल का लक्षणहरु ः कहिले रुने कहिले हाँस्ने, मन एकोहोरो हुने, रिसाउने झगडा गर्ने, बोली लट्पटिने, ढल्की ढल्की आँखाको गेडी हल्लिन्छ, बिसर्ने कति मानिस बेहोस हुने र मर्ने सम्भावना पनि रहन्छ । ब्अियजय िधष्तजमचबध िका लक्षणहरु ः रक्सी लिइ रहनेले कुनै दिन रक्सी नलिएमा पसिना आउने, हात खुट्टा काम्ने, कानमा आवाज आउने, छारे रोग देखिने, बान्ता हुने, अनौठो अनौठा कुराहरु देखिएको भान हुने, डर लाग्ने आदि हुन्छ । रक्सीले गराउने ऋयmउष्अिबतष्यल ९खतराहरु० ः · कलेजेको रोग–सिरोसिस ९ऋष्चयकष्क या ष्खिभच० । · ग्यासटाइठिस ९न्बकतचष्तष्क० । · प्रेनक्रियजको संक्रमण ९एबलअचभबतष्तष्क० । · निउरोप्याथी ९ल्भगचयउबतजथ० हात खुट्टा झमझम गर्ने । · विर्सने रोग ९ब्mलभकतष्अ क्थलमचयmभ० । · डिमन्सिया ९म्झभलतष्ब० । · शंका लाग्ने रोग ९एबतजमयनष्अब िव्भयबिकथ० । · ऋभचभदभििगm को रोग । · म्चष्लप गरेर हिड्दा क्ष्लवगचथ हुने डर हुन्छ । · मुटुको रोग ९ऋबचमष्यmथयउबतजथ० । · यस बाहेकब्लहष्भतथ, उकथअजयकष्क समस्या, डिप्रेसन, आत्माहत्या गर्ने, कुपोषण हुने, रगतमा सुगर कम हुने ९ज्थउयनथिअझष्ब० आदि समस्या ल्याउँछ । · बच्चा पेटमा भएको आमाले रक्सी सेवन गर्नाले बच्चामा सुस्त मनस्थिति हुने वा रिसाहा खालको बच्चा जन्मने आदि हुन्छ । · रक्सी सेवन गर्नाले ब्अअष्मभलत ९दुर्घटना० हुने, आर्थिक समस्या बढ्ने, घरायसी झगडा बढ्ने हुन्छ । रक्सी पिउने बानी परेकालाई रक्सीछुट्टाउन सकिन्छ रु विरामीलाई औषधी दिइन्छ साथै भिटामिन द्यज्ञ दिइन्छ । विरामीलाई ब्अियजय िलिन दिइदैन । विस्तार विस्तार औषधी घटाउँदै लगिन्छ । विरामीलाई साइकोथेरापी र काउन्सिलिङ गराइन्छ । विरामीमा अन्य खालको मानसिक समस्या जस्तै डिप्रेसन, डर लाग्ने ९ब्लहष्भतथ०, मेनिया ९ःबलष्ब० आदि रोग छ कि जाँच गरिन्छ भए त्यसको पनि उपचार गरिन्छ । १–२ हप्तामा उपचार पूरा हुन्छ । यसो गर्दा विरामीले रक्सी पिउन छाड्छ । रक्सी पिउने मानिसको उपचार गर्दा जान्नै पर्ने कुरा · कतिपय विरामीहरु श्रीमती संग शंका गर्छन् । खास गरी यौन क्रियाको सम्बन्धमा अनेकैं सोचाई गर्छन् । · कतिपय रक्सी पिउने मानिसमा संका लाग्ने, कानमा आवाज आउने, अनौठो बस्तु देखीने पनि हुन सक्छ । · चाडपर्वमा रक्सी पिउन छाडेका मानिसहरुमा पुन लिने सम्भावना हुने भएकाले परिवारका सदस्यको रेखदेख आवास्यक छ । · करिव एक तिहाई रक्सी पिउने मानिसहरु अन्य मानसिक रोगले पनि पिडित हुन्छन् जस्तै डिप्रेसन, मन आत्तिने रोग, निन्दा« नपर्ने समस्या आदि । । त्यसो भए त्यसको पनि उपचार गर्न पर्दछ । · श्रीमानले लगातार रकसी पिउँदा श्रीमतीलाई डिप्रेसन रोग भएको भेटीएको छ । · एकपटक रक्सी छोडेको मानिसलाई कुनै हालतमा पनि धेरै मात्रामा रक्सी दिनु हुँदैन अन्यथा उ अझ धेरै मात्रामा रक्सी पिउने हुन सक्छ । · रक्सी पिउने बानी बसेका मानिसहरु रक्सी छाड्न नसक्नुको कारण उनीहरुलाई रक्सी कम लिँदा अप्ठ्यारो हुनु हो । त्यसैले बिस्तार बिस्तार उनीहरु बेलुकीबाट बिहान सबेरै पनि रक्सी लिन थाल्छन । अनी अत्यन्त बढी रक्सी पिउने बन्छन् । · कतिपय रक्सी मानिसमा ब्यक्तित्वको गडबढी ९एभचकयलबष्तिथ मष्कयचमभच० पाईन्छ, त्यस्तो अवस्थामा रक्सी छुटाउन कठीन हुन सक्छ । · रक्सी पिउने मानिसको कानमा आवाज आउने, अनौठो चिज देख्ने, डराउने, घरबाट भाग्ने आदि समस्या पनि आउन सक्छ । · धेरै जसो रक्सी पिउने मानिसमा कलेजो बिग्रेको पाईन्छ । · कतिपय मानिस घरायसी झगडा ब्यहोर्दा टेन्सन खप्न नसकी रक्सी लिने गर्छन् । त्यसैले घरायसी मेलमिलाप हुँदा मानिसमा रक्सी लिने लत बस्न हटाउन सकिन्छ । · रक्सी पिउने मानिसलाई बानी छुटाउन औषधि उपलब्ध छन् जसले रक्सी लिन मन लाग्दैन रक्सीका कारणले गर्दा समुदायमा अप्रिय घटना घट्न पनि सक्छ । अस्पतालबाट डिस्चार्ज भएपछी पनि रक्सी पिउने मानिसलाई लामो समयसम्म ९ भेटघाट ० ँयिियध ९गउ गर्नुपर्ने हुन्छ । डा सि। पी। सेडाई नशा तथा मानसिक रोग बिशेषज्ञ

mental illness in Nepal

mental illness in nepal/anxiety disorder

आत्तीने, डर लाग्ने तथा झस्किने रोग एन्जाईटि डिस्अर्डर हरिवहादुर एउटा २५ वर्षे विद्यार्थी हुन । उनले गाँउमा एउटा मानिस गोलिलागी मरेको देखे । उनलाई त्यतिवेला निकै गाहे भयो । गत ६ महिना देखि उनमा एक्कासी डर लाग्छ, जिउ सिरिङ्ग भई रहन्छ । हातहरु हल्लन्छन् । मुटु ढुक ढुक गर्छ । अनि कुनै नयाँ मानिस देख्दा अझै तर्सन्छन् । आफुलाई सम्हाल्न खोजछन तर उनलाई निकै ग्राहो महसुस भइरहन्छ । उनलाई मर्ने डर पनि निकै छ । स्वास फेर्न गाहे अनुभव गर्दछन । उनलाई निद्रा पर्देन, टाउको दुख्छ, छटपटी लाग्छ सपनामा पनि निकै डराउनछन् । उनलाई मुटु नै वन्द होला भन्ने पिर छ । उनि मुटुको रोग लाग्यो भन्दै विभिन्न विषेज्ञता कहाँ पुग्ने, इ.सि.जी तथा अन्य आधुनिक जाँच गरियो तर उनको समस्या घटेन । अहिले उनको औषधी र साइकोथेरापी साइक्ट्रि विभागबाट भइरहेको छ । उनी आफ्नो समस्या घटेको महसुस गर्दैछन् तर उनको उपचार केही महिना सम्म गर्नु पर्ने बताइएको छ । उनको समस्यालाई न्भलभचबष्किभम बलहष्भतथ मष्कयचमभच भनिन्छ । मानिसमा थोरै डर लाग्नु वा सचेत बनाउनु आवश्यक कुरा हो तर डर बढी लाग्ने चाहि मनौवैज्ञानिक समस्या हो । यो रोगका विरामी आफूलाई असुरक्षित ठान्छन् । अत्यन्तै हतारिने गर्दछ । मानिसमा थोरै आत्तिनु हामीलाई सचेत पार्नु हो तर यसको माग बढेमा यसलाई आत्तिने रोग भनिन्छ । धेरै मानिसहरु कुनै तर्सिने घटनापछि आफूलाई यो समस्या आएको बताउछन् । कतिपय मानिसहरु रक्सी पिउने बानीले गर्दा आत्तिने समस्या अझ बढ्न जान्छ । खासगरी मरेको मानिस देख्दा, दुर्घटना देख्दा, रगत बगेको देख्दा मन थाम्न नसकेपछि यस्तो भएको पाइन्छ । हुन त मन आत्तिनु मानिसको जन्मजात गुण पनि हो । जब यो सहन गा¥हो हुन्छ वा मन आत्तिनु मानिसको जन्मजात गुण पनि हो । जव यो सहन गा¥हो हुन्छ वा मन आत्तिनाले दैनिक काममा रोकावट ल्याउछ । अनि हामी यसलाई असर गर्छ । सामान्य रुपमा भन्दा यसलाई एक प्रकारको नशाको (ल्भगचयतष्अ म्ष्कयचमभच) समस्या भनिन्छ । कति मानिस मुटुको रोग लाग्यो भनेर मुटु रोग विशेषज्ञ कहाँ पुग्छन् तर रोग निको हुदैन । यस्ता बिरामी डराउने, अत्तालिने, मरियला भन्ने भय हुने, आफुलाई सुरक्षित महसुस नहुने गर्छ । हामीलार्ई थोरै डर लाग्नु स्वभाविक हो । केही डर भएन भने हामी सचेत हुदैनौं । भोली परीक्षा छ आज डराएन भने हामी सचेत नभए कम तयारी हुन्छ परीक्षाको राम्रो तयारी हुदैन तर त्यही डर बढी छ भने यसले समस्या ल्याउँछ । फोबिया भएका व्यक्ति, त्यस्तो वातावरण त्याग्न चाहन्छन्, तर बाध्यता बस यस्तो वातावरणमा पुग्छन् अनि छटपटी हुन्छ यी ३ प्रकारका हुन्छन् ः कुनै कारण विना डर लागि रहने । यस्ता बिरामी कुनै वस्तु वा वातावरणमा मात्र डर हुने अन्यबेला डर नहुने हुन्छ । जस्तो रगत फोबिया, रगत घाउ देख्दाडराउने, उचाई फोबिया–उचाईमा जाँदा डराउने ।ःमान्छेको जमघट देखि डराउने), मरियला भन्ने भय हुने, आफुलाई सुरक्षित महसुस नहुने गर्छ ।फोबिया यस्तो मनोवैज्ञानिक समस्या हो । जसमा कुनै वस्तु वा वातावरणमा मन डराउने हुन्छ । जस्तो अग्लो ठाउँ देखि डराउने, रगत वा घाउ देख्दा डराउने, जहाजमा चढ्दा डराउने, धेरै मानिसको जमघट देख्दा डराउने, ठूलो मानिससँग गफ गर्दा डराउने, सुरुङ्ग वा लिफ््ट चढ्दा डराउने, आदि । यस्ता बिरामीहरु एकपटक मुटु ढुकढुक हुने । आत्तिने, मुख सुक्ने, पिसाब लागेजस्तो हुने, सास फेर्न अफ्ठ्यारो हुने हुन्छ । कोही मानिस कुनै वस्तु देखि बढी डराउँछ तर अर्को व्यक्ति, अर्को वस्तु देख्दा डराउँछ । खास गरी यस्तो डराउने समस्यालाई औषधी भन्दा बानी बसाल्नु पर्ने देखिन्छ । सर्पदेखि डराउने, कुकुर देखि डराउने र शिक्षक देखि डराउने आदि । कुनै वस्तु देखि डर लाग्ने जस्तै कुकुर ९म्यन एजयदष्ब० । एबलष्अ मष्कयचमभच स्( पेनिक डिसअर्डर ः एक्कासी अत्याधिक डर लाग्ने र १०–१५ मिनेटमा ठिक हुने, पटक–पटक दोहोरिने । यो रोगका बिसामी अत्यन्तै डराउने, मुटु ढुकढुक गर्ने, मरिएला भन्ने भय हुने, छातीमा अप्ठ्यारो हुने, निस्सासिने, स्वास छिटो छिटो फेर्ने हुँदा आत्तिएर आकस्मिक कक्षमा आउने, करिब १५ मिनेट पछि फेरी जस्ताको तस्तै हुने गर्छन् । यस्ता बिरामी हर हमेसा डाक्टरको फोन नम्बर लिने गर्छन् । खास गरी हर्ट एटयाक होला भनेर डराउँछन् । बारम्बार यस्तो दोहरी रहन्छ मनमा डर लिन्न भने पनि अत्यन्तै खप्नै नसक्ने डरले गर्दा उपचार गर्न ठाउँठाउँमा पुग्छन् यसबाहेक पिसाव लाग्ला जस्तो हुने, मुख सुक्ने, शरीरमा परिना आउने, वान्ता होला जस्तो हुने, शरीर हल्लिए जस्तो भान हुने गर्छ । त्यसो त कहिले काहीं अत्याधिक डर लाग्नाले अपूm वरिपरिको वातावरणबारे ख्याल अहुने, आफु को हो थाह नहुने पनि हुन्छ तर यो केही वेरको लागि मात्र हुन्छ । यस्ता बिरामी मुटुको रोग लाग्यो भन्दै अकोकौं परीक्षण पनि गराउँछन् । एन्जाइटी डिस्अर्डर लक्षणहरु ः वारम्वार मन आत्तिने हुन्छ । कुनै अप्रिय घटना घट्ला भन्ने डर लाग्छ । हात खुट्टा हल्लिन्छन् । मुटु ढुकढुक हुन्छ । मरियला भन्ने भय हुन्छ । टाउको दुख्छ । अतालिन्छ । छटपटि हुन्छ, मुख सुक्छ, पेटमा असजिलो महसुस हुन्छ । पिसाब फेर्ने पर्ने, दिसा गर्न जानु पर्ने भइरहन्छ । श्वास प्रश्वासमा अवरोध आउँछ । नराम्रो सपना देखिन्छ, निन्द्रामा डराउने हुन्छ । किन हामीमा ब्लहष्भतथ हुन्छ ? कुनै नरामो घटना धट्दा हाम्रो शरीर झस्किन्छ पछि गएर सामान्य कुराले पनि झस्कीने हुन्छ यसलाई ऋयलमष्तष्यलष्लन भनिन्छ । अर्को कारण यो र।ेग नभलभतष्अ रुपमा पनि सर्न सर्र्ने गर्छ मानिसमा क्यमष्गm ीबअबतभ, अयााष्लभ जस्ता बस्तुुले पनि ब्लहष्भतथ गराउछन् द्यचबष्ल को न्ब्द्यब् (गावा) चभअभउतयच रिसेप्टरमा गडबढी भए ब्लहष्भतथ समस्या आउछ । एन्जाइटी डिस्अर्डर वारे जान्नै पर्ने कुराहरु – यस्ता विरामी आत्तिने हुनाले डरलाग्ने वस्तु हेर्नु हुदैन । जस्तो टेलीभीजनमा डरलाग्दा दृष्य, रगत दुर्घटना आदि । – विरामी अचानक अत्यन्त डराउन सक्छ त्यसैले त्यस्तो समयमा खाने छुट्टै औषधी लिनु पर्ने हुन्छ । – यस्ता विरामीले रक्सी सेवन गर्नु हुदैन । कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ? · अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने । · अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने । · पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने । · हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने । · जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने । · लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने । · दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने । · समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने । · अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने । · आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ । · मनलाई सधै शान्त राख्ने । डा सि पी सेडाई नशा तथा मनोरोग बिशेषज्ञ चितवन मेडिकल कलेज

Saturday, May 17, 2014

schizophrenia in Nepal

BlogThis!Share to TwitterShare to FacebookShare to Pinterest सिजोफेर्निया एक्लै हास्ने , एक्लै बोल्ने रोग यो रोगका विरामीहरु एक्लै हाँस्ने, एक्लै बोल्ने, अरुको शंका गर्ने, आफ्नो सरसफाई र दैनिक कृयाकलाप नगर्ने हुन्छन् जसले गर्दा व्यक्तित्व नै परिवर्तन हुन्छ । आफू विरामी छु भन्ने नै थाहा हुँदैन । यी विरामीहरु लुगा नलगाउने देखि लिएर रातभर डुल्ने, एक्लै कराउँदै हिड्ने गर्छन् । यस्ता विरामीमा अनौठौ सोचाई देखिन्छ । मेरो “आमा, बाबा नक्कली आमा बाबा जस्तो लाग्छ” । विरामीमा अनैठो अनुभुति हुन्छ । जस्तै “मेरो शरिर र टाउको छुट्टिएको छ ”, “आपूmलाई कुनै शक्तिले नियन्त्रण गरिरहेको छ”, हरेक काम गर्दा त्यो शक्तिको आदेश मान्नु पर्छ । कतिपय यस्ता विरामी जब दुई जना मानिस एकापसमा कुरा गर्छन तव यिनीहरुले मेरो वारेमा कुरा काट्दै छ , “मलाई षडयन्त्र गर्न खोज्दैछन्” भन्ने लाग्दा डराउने, कोठामा चुकुल लगाई वस्ने, नौलो मानिस देख्दा भाग्न खोज्ने आदि गर्छन । यस्ता विरामी “अरुको विचार मेरो दिमागमा कसैले राखिदियो, मेरो विचार कसैले झिकेर लग्यो” आदि भन्दछन् । प्राय सिजोफेर्निया विरामी आफ्नो वारेमा रेडियो, पत्रिका, टि.भीले चर्चा गरेको बताउछन् र संका गर्छन् । यस्ता विरामीले “मेरो मनको कुरा सवैले थाह पाए” भनि आक्तिने गर्छन् । कोहि सिजोफेर्नियाका विरामी एक खुट्टाले टेकेर मृर्ति जस्तै घन्टौ उभिइरहन्छन् । प्राय सिजोफेर्नियाका विरामीहरु एक्ले बोलिरहन्छन् र जवाफ फर्कउछन् । कतिपय सिजोफेर्नियाका विरामी डिप्रेसन भएका विरामी जस्तै देखिन्छन् । यस्ता विरामी प्राय एक्लै वस्छन् । सुख, दुख वा हास्ने, रुने आदिको कूनै प्रवाह हुदैन । चिनेको साथीले वोलाउदा, नया मानिस भेटिदा कुनै प्रतिकृया हुदैन । विस्तार विस्तार दैनिक कृयाकलाप छाड्छन् सरसफाई, दात माभ्mने, नुहाउने पनि अरुले लगाउनु पर्ने हुन्छ । कतिपय सिजोफेर्नियाका विरामी खानेकुरामा संका गर्छन् । खानेकुरामा विष राखेको छ भनि खान मान्दैन, हप्तौ भोकै बस्छन् पानि पिउदैनन् । कतिपय चाहि म देवता हु भन्छन् र एक ठाउँमा बसि रहन्छन् । हाम्रो मस्तिस्कमा डोपामिन ९मयउबmष्लभ० भन्ने न्यूरोटान्समिटरको गडबडी हँुदा यो रोग देखा पर्दछ, जुन सि.टी स्क्यान, यम.आर.आई ले पनि देखाउन सक्दैन । अति शुक्षम रुपमा मस्तिस्कमा गडवडी भएको हुन्छ । सिजोफेर्नियाका विरामी प्राय राति सुत्दैनन् । रातभरी यता उता घुमफिर गर्छन । विदेश जहाँ नयाँ रितीरिवाज छ, भाषा नबुझिने छ, त्यस्तो ठाँउ जब नयाँ मानिस प्रवेश गर्छ, अनि शंका बढ्न सुरु हुन्छ र अन्तमा यो कडा रोग सिजोफेर्निया देखिन थाल्छ, त्यस्तै संकालु वातावरण, पारिवारीक तनाव भई रहँदा तथा वंशाणुगत रुपमा पनि यो रोग देखिन सक्छ । विरामी नाच्ने, गाँउने, अरुको चियो चर्चा गर्ने, कुराहरु गोप्य राख्ने, खाने कुरा खान नमान्ने, खाने कुरामा विष राखेको छ भनि शंका गर्ने गर्छन । कतिपय सिजोफेर्नियाका विरामी रातभरी डुल्दा वा एक्लै हिड्दा सामाजिक शोषणमा पनि पर्छन् । “पल्लो घरमा को बोल्यो”, “मान्छेले मेरो बारेमा कुरा काटे”े, षडयन्त्र गर्दैछन्, आदि भन्दै डराउने गर्छन् । सिजोफेर्नियाका विरामीहरु । जव तथ्य बुझ्न थालिन्छ तव यो भ्रम मात्र देखिन्छ । “मेरो वारेमा रेडियो, टि.भी. तथा पत्र पत्रिकामा छापियो” भनेर यी विरामी त्रसित हुन्छन् । कोही आफ्नो मनको कुरा सबैले थाहा पाए भनेर आत्तिन्छन् । कसैले गरेको कुराको छुट्टै अर्थ बुझ्छन् सिजोर्फेिर्नयाका विरामीहरु जस्तै ूहिड घर जाउँुु भन्दा त्यसको अर्थ अर्को बुझी “तिमी चोर हौ, तिमीलाई मार्नु पर्छ भन्ने बुझ्छन् । बाटो हिड्दा गाडीमा १७५ अंक लेखिएको देखिएमा उनिहरुको आफ्नै अर्थ हुन्छ जस्तै यो बाटो हिड्न ह्ुदैन । सिजोफेर्नियाका विरामी मूख्यतय सोचाइमा नै भ्रम भएको हुन्छ । आफुलाई कुनै बाहिरी शक्तिले चलाई रहेको विश्वास गर्छन्, आप्नो विचार कसैले झिकेर लगेको, अर्कोको विचार आपनो विवरणमा ल्याएर हालिदिएको उनिहरुमा भान हुन्छ । कहिलेकाँही उनीहरु आफ्नो विचार कसैले चर्काे स्वरमा कराएको सुन्छन्, िप्राय सिजोफेर्नियाका विरामी औषधी सेवन गर्न मान्दैनन् । कसैले तिमी औषधी नखाऊ भन्ने आवाज आएको बताउछन् । दुई तीन जना मानिसहरु एकआपसमा कुरा गरेको सुन्छन् सिजोफेर्नियाका विरामी । जस्तै हरि बहादुर चोर हो यसलाई मार्नु पर्छ, यसलाई समातेर थून्नु पर्छ यस्तो आवाजले गर्दा विरामी डराउने भाग्ने शंका गर्ने गर्छ । आफु विरामी भएको थाहा नहुने रोग – सिजेफेर्निया यो सबै भन्दा कडा मानसिक रोग हो । यस्ता विरामी वाहिरी संसारवाट टाढा रहन्छ । एक्लै वस्दा कानमा आवाज आएको महसुस गर्छन् र जवाफ फर्काउन जस्तै “तिमी इश्वर हौ तिम्रा वावुआमा अरु नै हुन्” । आदि प्राय यी विरामी अरु देखी शंका गर्ने एक्लै मुख चलाउने एक्लै बस्ने गर्छन । राम्रो कुरामा खुसी हुने नराम्रो कुरामा रिसाउने गर्दैनन् । सफासुग्घर गर्न छाड्छन्, ननुहाउने, दाँत माझ्न छाड्छन् । दैनिक काम गर्न छाड्न थाल्छन् । दुईजना मानिस एकआपसमा कुरा गर्दा मेरा वारेमा जासुुस ग¥यो भनेर तर्सन्छन् । कोही राती सुत्दैन सडक सडक डुल्छन् । आफ्नो परिवार र समाजको कुनै वास्ता हुदैन । कोही घण्टौ सम्म एक हात उचाली, कोही एउटा खुट्टाले मात्र टेकी बस्छन र समाजमा यस्ता मानिसलाई भगवानको रुप लियो भनि अन्धविश्वास गर्छन । यस्ता विरामीलाई आफु विरामी छु भन्ने थाहा हुदैन । लक्षणहरु ः– विरामी एक्लै वोल्ने, एक्लै हाँस्ने गर्छ । विरामीको सोंचाई अनौठो किसिमको हुन्छ । विरामी मानिसहरुले आफ्नो वारेमा कुरा काटे भनेर चिन्तित हुन्छ, डराउँछ र घरवाट भाग्न सक्छ । विरामी एक्लै वस्दा कानमा मानिसहरु एकआपसमा कुराकानी गरेको आवज आँउछ । विरामी वाहिरी संसारवाट टाढा रहन्छ । उसलाई वाहिरी संसारको कुनै चाँसो रहदैन् । विरामीलाई आफ्नो मनको कुरा अरुले थाह पाए भन्ने झुट्टा विश्वास (म्भगिकष्यल) हुन्छ । विरामीलाई आफ्नो विचार अरुले झिकेर लगेको, अरुको विचार आफ्नो मस्तिकमा ल्याएर राखेको, आफ्नो वारेमा मानिसहरुले कुरा काटेको भान हुन्छ । विरामी दैनिक काम गर्न छाड्छ । विरामीलाई नुहाउन, दाँत माँझ्न पनि अरुले सिकाउनु पर्छ आफै गर्दैन् । विरामीलाई आफूलाई कुनै अदृष्य शक्तिले नियन्त्रया गरेको, आफू त्यसै अनुसार चलेको भान हुन्छ । विरामीलाई प्रत्येक कुराको अर्थ अर्कै बुझिने हुन्छ । जस्तै किताव टेवुलमा राख भन्दा यसको अर्थ उसलाई चोर भनेको भान हुन सक्छ । कति विरामीहरु खाना, पानीमा विष मिसाएको छ भनेर संका गर्छन् । आफन्तले मार्ने प्रयास गरेका छन् भन्ने संका गर्छन र कतिकुरा मनमा गोप्य राख्छन् । सिजोफेर्नियालाई पागलपन वा दिमाग विग्रेका भनिन्छ । उपाचार गरे यस्ता विरामी निको हुन्छन् । यस्ता विरामी वाटोमा कराउदै हास्दै, रुदै एक्लै हिडिरहेको हुन्छन् । कतिपय मानिसमा संकालु वावतावरण, वंशाणुगत असर र कतिपय मानिसमा गहिरो मानिसी चोट वा चिन्ताको कारणबाट यो अवस्थामा पुगेको हुन्छन् । त्यसो त यस्ता विरामीको आफ्नै संसार हुन्छ । वाहिरी संसारवाट टाढा रहन्छन् । यस्ता विरामी आपूm विरामी छैन भनि ठान्छन् वरु अरुलाई विरामी सम्झन्छन् । कतिपय यस्ता विरामीले रोगका कारणले अन्य मानिसलाई आक्रमण पनि गर्न सक्छन् । नियमित गाँजा सेवन गर्ने मानिसहरु पनि यो रोगले ग्रसित हुन्छन् । द्वन्दको कारणले विदेशिने युवाहरुमा पनि यो रोग देखिएको छ । सिजोफेर्नियाका विरामी आफ्नै आमा, बाबु, श्रीमान्, श्रीमती, छोरा, छोरी र घरायसी वातावरण सवैलाई संकालु दृष्टिले हेर्दछन् । आफ्नै परिवाले षडयन्त्र गर्छन भनि आफुलाई थाहा भएका सहि कुरापनि लुकाएर राख्छन् । कोही संकाको कारणले आत्मा हत्या पनि गर्छन् । कोहि संकालु वातावरण कानमा आवाज आउँदा जागिर छाड्ने, छिमेकी संग झगडा गर्ने र छिमेकीलाई दोष लगाउने पनि गर्छन् । कति प्रकारका हुन्छन् ? संका गर्ने खालका वच्चाको जस्तो बानी व्यवहार गर्ने अचानक छट्पट्टी गर्ने वा नचली नवोली वस्ने छुट्टाउन गाहे पर्ने थोरै मात्र लक्षण देखिएको कुन उमेरमा वढी वढी पाइन्छ? यो रोग खास गरी २० देखी ३० वर्षको उमेरमा सुरु हुन्छ र धेरै वर्ष सम्म रहिरहन्छ । कसैकसैमा ३० वर्ष पछि पनि सुरु भएको पाइएको छ । कति मानिसमा पाइन्छ ? यो रोग प्रतिहजर १ देखी ६ व्यत्तिमा पाइन्छ । सिजोर्फेनिया वारे जान्नै पर्ने कुराहरु – सिजोफेर्नीया एक कडा मानसीक रोग भएकाले विरामीहरुको राम्रो रेखदेख गर्नु पर्दछ । – यस्ता विरामी एक्लै हास्ने एक्लै बोल्ने तथा अरुदेखी शंका गर्ने हुनाले औषधी खान नमान्ने हुन सक्छ । औषधी खान नमाने तत्काल अस्पताल ल्याउनु पर्दछ । विरामीको औषधी आफैले दिनुपर्ने हुन्छ । – विरामीले औषधी लिएको एक हप्तासम्म औषधीले काम नगर्न सक्छ । त्यसैले हतारिनु हुदैन । – यस्ता विरामी बाहिरी संसार वाट टाढै रहने, साथी संग नगर्ने दिनमा वा रातिमा एक्ले वोल्दै हिड्न सक्छन् । – केही यस्ता विरामी गाँजा सेवन गर्छन्, जसले गर्दा रोग बढ्न सक्छन् । यसलाई रोक्नु वढि आवश्यक छ । – कतिपय विरामीलाई सि.टी बाट उपचार गर्दा छिटो रोग निको भएको पाइएको छ । कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ? अनावश्यक कुरामा बारम्बर एकोहोरो गहिरो सोचाई नगर्ने । अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुशी हुने । पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुट्टा सावित भएका छन् तिनमा विश्वास नगर्ने हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने । जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहेनत गर्न नछाड्ने । लागू पदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकोले, यी वस्तुबाट टाढा रहने । दैनिक जिवनमा स्वास्थ्य प्रतिस्पर्दा गर्ने । समाजमा, घर परिवारमा दुष्टताको वातावरणको अन्त्य गर्ने । अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने । आफ्ना समस्या आफ्नो परिवार, साथीभाईलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ । मनलाई सधै शान्त राख्ने । मानसिक समस्या अति सानो देखि ठूलो सम्म हुन्छन् जसमा यस्तो समस्या छ उसले आवश्यक सरसल्लाह लिने । डा सि पी सेडाई नशा तथा मानसिक रोग बिशेषज्ञ

drug abuse in nepal

लागु औषधी दुव्र्यसनी तथा उपचार शिताराम १६ वर्षको केटा हो । ऊ आई.एस्सी पढ्दै छ । ऊ छात्रवासमा बस्छ । यस.एल.सी. मा उसको राम्रो अंक छ तर हाल उसको पढाई अत्यन्त नाजुक अवस्थामा पुगेको छ । उसले कक्षाहरु छोडि बाहिर डुल्छ । उसको बावु, आमा, छोरोको वानी देखेर चिन्तितछन् । ऊ पहिले भन्दा धेरै पैसा माग्छ अनेक वहानामा घरवाट पैसा मागि ड्रग लिने गर्छ । कयौं पटक उसले पैसा घरवाट चो¥यो । वावु आमालाई उसको ड्रग खानेवानी थाह छैन, उनिहरुलाई छोराले किन पैसा धेरै माग्छ भन्ने मात्र चासो छ । उ साथीभाईको कुलतमा फस्यो । पहिले शिवरात्रीमा गाँजा खान सुरु ग¥यो । त्यसैले द्यचबधल क्गनगच, ल्ष्तचबशभउबm, द्यगउभचलयचउजष्लभ, म्ष्बशभउबm आदि औषधि सेवन गर्न लाग्यो । उसको रगत जाँच गर्दा ज्क्ष्ख् उयकष्तष्खभ आएको छ जुन अत्यन्त खतरनाक जीवन लिने रोग हो । अहिले उसलाई अस्पताल भर्ना गरिएको छ र उसलाई डाक्टरको सल्लाह अनुसार औषधि दिई ती लागु औषधिवाट टाढा राखिएको छ । उसलाई साइकोथेरापी पनि दिइएको छ त्यस्तै कान्छा तमाङ कक्षा १० मा पढ्छन् । उनले गलत साथीको संगतबाट गाँजा खान सिके, बिस्तारै अन्य ड्रग, हिरोईन आदी औषधि लिन लागे । उनी बिस्तार बिस्तार कक्षामा अनुपस्थित हुन लागे । घरबाट बिभिन्न बहानामा रकम मागी ड्रग सेवन गर्न लागे । उनी फेल भई स्कुल पनि छाडे । हाल उनलाई अस्पतालमा ड्रग छुटाउन उपचार भईरहेको छ । पहिलो दिनमा उालाई छटपटि भयो तर दोस्रो दिनपछी उनको अवस्थामा सुधार आएको छ । उनलाई ड्रग लिनै मन नलाग्ने औषधि दिने योजना अस्पतालको छ । अहिले उनीमा ड्रग लिने मानिसलाई नलिने उपाए सिकाउने बिचार पनि आएको छ । उनी भन्छन म बिग्रेको मानिस सुध्रको छु, अब दाजु भाईलाई यस कुलतमा नफस्न समेत सल्लाह दिन्छन । नेपालमा लागु औषधी तथा रक्सी पिउने समस्या वढ्दो छ । लागु औषधी सेवन गर्ने वानीलाई मचगन बदगकभ (ड्रग एवियुज) भनिन्छ । खासगरी हाई स्कूल र क्याम्पस पढ्ने विद्यार्थीहरु यो समस्याबाट प्रभावित देखिन्छन् । कतिपय लागुपदार्थ दूव्र्यसनिका मानिसहरु यौन रोगबाट पिडित हुन्छन् जस्तै एड्स, हेपाटाइटिस “बि” आदि । यस्ता मानिसहरुलाई औषधि किन्न अनेकौ जघन्य अपराधमा मुछियका हुन्छन् । करिब १०% दूव्र्यसनीहरु लागु औषधि बेच्ने काम गर्छन । एक तिहाई दूव्र्यसनिहरु व्यक्तित्वको समस्या पनि देखिन्छ । लागु औषधि दूव्र्यसनिलाई उपचार गर्ने केहि उपचार केन्द्रले उपचार गर्ने निहुँमा डाक्टरको सल्लाह विना औषधि खान दिने र जटिल अवस्था भएपछि अस्पताल ल्याउने गरेको भेटिएको छ । पटक पटक लागु औषधि लिने हुनाले यस्ता मानिसको दिमाग सुस्त हुने र अन्य मानसिक रोग लाग्न गई अशक्त हुन्छन् । घरपरिवारमा झुटो बोलि पैसा माग्ने र त्यही रकम ड्रगमा खर्च गर्ने गर्छन । नेपालमा घर छात्रावासमा बसी पढने विद्यार्थीहरुमा लागु औषधी लिन सुरु गरेको प्रमाण पछी भेटिएको छ । यसमा अभिभावक र शिक्षकको चनाखो हुनुपर्ने देखिन्छ । कतिपय आमाबाबुले छोराछोरीलाई छाडा छाडिदिदाँ पनि लागु औषधि लिने प्रवृति भेटिएको छ । दूव्र्यसनी रोक्न समाज तथा सरकारको पनि दायित्व रहेको हुन्छ । नेपालमा लागु औषधी दुबर््यसनिको समस्या जटिल बनेको छ । काठमाण्डौ उपत्यका तथा तराईका भारतसंग सिमा जोडिएका सहरहरु प्रमुख रुपमा दुबर््यसनि गरिने ठाउँहरु हुन । खास गरि स्कुल पढ्ने उमेर वा कलेज पढ्ने बिद्यार्थीहरुमा यो समस्या सुरु हुन्छ तर जुन सुकै उमेरका जातीपनि यसमा फसेको देखिएको छ । करिब १०% दुबर््यसनिहरु लागु औषधि बेच्ने काम पनि गर्दछन । मनिाको ४, ५ हजार देखी २ लाख सम्म लागु औषधिमा खर्च गर्ने गरेको पिडितहरु बताउँछन् । मानिसहरु कसरी दुबर््यसनिमा फस्न पुग्छन् ? · खराब साथिभाईको संगत · आमाबाबुले छोरा छोरीलाई वास्ता नगर्दा · छोरा छोरीलाई बढी नियन्त्रण९यखभच उचयतभअतष्यल० गर्दा · लागु पदार्थ सजिलै संग उपलब्ध हुँदा · मानिसको खराब ब्यक्तित्व · नयाँ कुरा अनुभव गर्न खोज्दा बानी बस्नाले · लागु पदार्थको नसाको खराब असर बारे थाहा नहुँदा · मानसिक रोगबाट ग्रसीत हुँदा · मनोरञ्जनको साधनको रुपमा लिँदा, पछी शरीरलाइ हानी हुने कुरा थाहा नहुँदा · बाबु आमा बिदेश गई बस्दा वा पारिबारिक बिखण्डन हुँदा कुन कुन लागु औषधि प्रयोग गरिन्छन् ? ज्भचयष्ल ९हिरोइन०( ९द्यचबधबल क्गनबच, ध्जष्तभ क्गनबच० । ऋयगनज क्थचगउ (कफ सिरफ) । ऋबलबदष्क (गाँजा) । ऋयअबष्लभ (कोकाइन) । ल्ष्तचबशभउबm (नाइट्राजेपाम), मष्बशभउबm (डाइजिपाम) । त्ष्मभनभकष्अ (टिडिजेसिक) । उजभलअथअष्मिष्लभ (फेनसाइक्लिडिन) । जुत्ता टाँस्ने गम । कसरी बानी वस्छ ? खास गरी लागु पर्दाथ साथी भाईको संगतले गर्दा, आनन्द लिने बाहनामा यस्ता औषधि सेवन गर्दछन् । जव ३–४ दिन लिन्छन् तव बानी वस्छ (मभउभलमभलअभ) हुन्छन । नेपालमा घरमा वस्ने विद्यार्थी भन्दा छात्रावासमा वस्ने विद्यार्थीहरुमा यो समस्या वढी पाइएको छ । कुन कुन तरिकावाट लिन्छन ? कफ सिरफ, ल्ष्तचबशभउबm, म्ष्बशभउबm आदि औषधि मुख वाट खान्छन् । ब्राउन सुगर उगिि गर्दछन् । जसलाई चेजिङ भनिन्छ । गाँजा चुरोट पिए जस्तै गरी पिउछन् । ब्राउन सुगर (हिरोइन) इन्जेक्सन को रुपमा पनि प्रयोग गर्छन । जुत्ता टास्ने ग्लिउ सँुघरे लिन्छन । लागु औषधी दुबर््यसनिमा कस्ता मानिस बढी फस्छन् ? · घमण्डी स्वभाव भएका ९उभचकयलबष्तिष्ष्तिथ मष्कयचमभच० · घर छाडी छात्रबासमा बस्ने स्कुल, कलेजका बिद्यार्थी · १५ देखी २५ बर्षा युवायुतिहरु · खराब संगत गर्न पुगेका युवायुवतिहरु · आमाबाबुबाट अचित प्रोत्साहन र निर्देशन नपाएका मानिसहरु लागु औषधी बेच्ने ब्यक्तिहरु पछी गएर आफु पनि ड्रग लिन सुरु गर्दछन् । करिव २५ देखी ५० % सम्म लागु औषधी लिने ब्यक्ति एड्सबाट पिडित हुने गरेको एक सर्वेक्षणले देखाएको छ । कस्तो मानिसमा लागु औषधि लिएको भन्ने शंका गर्ने ? · बिभिन्न बहानामा पैसा माग्ने वा धेरै खर्च भयो भने वा घरमा पैसा मागेमा । · घरका परिवारसंग घुलमेल हुन नरुचाउने · बढी रिसाउने · बिभिन्न रुपमा साथिहरुसंग घरबाट बाहिर निस्कने र ढिला घर आउने · छात्राबासमा बसेतापनि पढाईमा प्रगति नहुने · स्कुलमा कक्षामा अनुपस्थित रहने · पाखुरामा सुई लगाएको घाउ पनि देख्न सकिन्छ । के खतरा हुन्छ ? लागु औषधि सेवन गर्नाले औषधि मस्तिस्कमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुग्ने हुनाले मानसिक रोग लाग्छन । संका लाग्ने, डर लाग्ने, कानमा आवाज आउने, डिप्रेसन हुने आदि समस्या देखिन्छ । मानिसले दैनिक काम गर्न सक्दैन, रिसाह बन्छ । इन्जेक्सनवाट औषधि लिंदा हेपाटाइटिस वी तथा एड्स जस्ता रोग लाग्दछ । यसवाहेक सुई सांटा सांट गर्दा वा शारीरिक सम्पर्क गर्दा एड्स, हेपाटाइटिस वी तथा सी. आदि रोग लाग्छ । उपचार कसरी गरिन्छ ? लागू औषधी लिनेलाई मूख्यतय २ किसिमबाट उपचार गरिन्छ ः १. औषधी प्रयोग ९म्भतयहषष्अबतष्यल० २. साइकोथेरापी तथा काउन्सीलिङ विभिन्न औषधी दिई लागू औषधी लिने व्यक्तिलाई १–४ हप्ता सम्म उपचार गरिन्छ । यसलाई डिटक्सिफिकेसन भनिन्छ । लागू औषधी लिने व्यक्तिलाई अचानक औषधी छाड्दा खतरा पनि हुन सक्छ, त्यसैले सट्टामा अर्को औषधी दिने चलन छ जुन डोज घटाउँदै गइन्छ र १,२ हप्तामा बन्द गरिन्छ । अर्को तरिका साइकोथेरापी हो जसमा साइकोलोजिकल समस्या अध्ययन गरि उपाय सिकाइन्छ वा मोटिभिसेन ९ःयतष्खबतष्यल० गरिन्छ र काउनसिलिङ गरिन्छ । कतिपय विरामीमा मानसिक रोग लाग्न पुगेको हुन्छ त्यस्तो भएमा मानिसक रोगको उपचार पनि गरिन्छ । दुबर््यसनिलाइ कसरी कम गर्न सकिन्छ ? · दुबर््यसनिलाइ ड्रगको सट्टा अन्य औषधि दिएर उपचार गरिन्छ । · हाल लागु औषधि लिन मन नलाग्ने औषधि पनि उपलब्ध छ । · दुबर््यसनिलाइ अस्पतालमा भर्ना गरेर मात्र उपचार गरिन्छ, ओ.पि.डि. सेवाबाट मात्र उपचार पुरा हुँदैन । · मनोरञ्जन लिने, गित गाउन लगाउन, शारीरिक ब्यायाम गराउने, मादल बजाउन लगाउने, नचाउने जस्ता च्भबिहबतष्यल भहभचअष्कभ पनि गराउन सकिन्छ । · आत्म–निर्भर गर्ने उपाए अबलम्बन गराउने · खाना बनाउने, आफ्नो भाँडा आँफै माझ्ने करेसा बारीकमा काम गर्न लगाउने, भलिबल, फुटबल, चेस आदी खेलमा भाग लिने, फुलबारीमा सरसफाई गर्नै आदी । · न्चयगउ तजचबउथ – दुबर््यसनिमा फसेका मानिसहरु एकआपसमा आफ्ना तिता अनुभवव बारे छलफल गर्ने । · कतिपय दुबर््यसनिहरु अन्य मानसिक रोगबाट पनि पिडित हुन्छन त्यसमे भए मानसिक रोगको उपचार पनि गर्नु र्निे हुन्छ । · कतिपय एड्स, हेपाटाइटीस बी. बाट पनि पिडित हुन्छन , त्यसो भए यस्ता बिरामीलाइ छुट्टै राखी उपचार गराउनु पर्ने पनि हुन सक्छ । · दुबर््यसनिका बिरामीलाइ दैनिक क्रियाकलापमा ब्यस्त राख्नु पर्ने हुन्छ । · कतिपय दुबर््यसनिका बिरामीलाइ ज्बचm चभमगअतष्यल उचयनचबmmभ अनुसार उपचार गराउनु पर्छ । · कतिपय दुबर््यसनिका बिरामीहरुमा एभचकयलबष्तिष्ष्तिथ मष्कयचमभच को समस्या पनि हुन सक्छ , यस्तो अबस्थामा उपचार गर्न कठिन पनि हुन सक्छ । · दुबर््यसनिका बिरामीहरुलाई अस्पतालबाट डिस्चार्ज गरेपनि धेरै समयसम्म बिरामीलाइ ओ.पि.डि. मा चेक गरि रहनु पर्ने हुन्छ ,जसबाट पुनः कुलतमा फस्ने संभाबना कम रहन्छ । उपचारमा देखिने जटिलता – पहिलो २ दिनमा धेरै जसो बिरामीहरु “ड्रग सिक ” देखा पर्छ, यस समयमा आत्तिने, रिसाउने, छटपटी लाग्ने, शरिर दुख्ने, जोर्नी दुख्ने, छाती दुख्ने, रुघाखोकी लाग्ने तथा पखाला लाग्ने आदि हुन्छ । – कतिपय बिरामीहरु अचेत अवस्थामा बोल्ने, अस्पतालबाट भाग्ने, आदि पनि गर्न सक्छन् भने कतिलाई त बाँधेर पनि राख्नु पर्ने हुन्छ । – कति बिरामीमा अन्य मेडिकल सास्या पनि देखीन्छ । आँखा पहेँलो हुने, रक्त अल्पता हुने, शरिर सुन्नीने पनि हुन सक्छ त्यसो भएमा अन्य रोग पहिचान गरी त्यसको उपचार पनि गर्नु पर्छ । दुबर््यसनि उपचार बारे जान्नैपर्ने कुरा – उपचार गरे दुबर््यसनिलाइ निको पार्न सकिन्छ । – उपचार गर्ने क्रममा आउने साथीसंगतले पनि दुबर््यसनिलाइ लागु औषध दिन सक्छन् । – कतिपय दुबर््यसनिहरुमा ब्यक्तित्वकाुे ९एभचकयलबष्तिथ मष्कयचमभच० पनि समस्या हुन्छ । यस्तो अवस्थामा उपचार कठिनाई हुन्छ । – यस्ता मानिसले अनेकौं बहानामा घरवाट रकम लगि लागु औषधी लिन थाल्छन् । विरामीलाई ड्रग लिन मन नलाग्ने औषधी पनि उपलव्ध छ । – यस्ता विरामी शुरुमा पहिचान गर्न गाह्रो हुन्छ । – छात्रवासमा बस्ने विद्यार्थीहरु यस्ता कुलतमा फसेका बढी देखीएको छ । – १०–१५% मानिस लागु आषधी लिने मासि यस्ता औषधी लिने मानिस यस्ता औषधि बेच्ने काम मनि गर्छन् । – आषधी पसलमा अनेकौं बहाना बनाई औषधी लीन्छन । – कतिपय दुबर््सनिहरु एड्स तथा अन्य यौन रोगबाट पनि पिडित हुन सक्छन, यस्तो अवस्थामा बिरामीलाई अन्य ठाउँमा लगेर पनि उपचार गर्नु पर्ने हुन्छ । – करिव एक तिहाई दुबर््यसनिहरु अन्य मानसिक रोगबाट पनि पिडित हुन्छन, त्यस्तो अवस्थामा सो को पनि उपचार गर्नु पर्छ । – अभिभावकहरुले आफ्ना छोराछोरी खासगरि ( स्कुल र कलेज पढ्ने ) लाई राम्रो रेखदेख गर्नु पर्छ । बढी पैसा माग्ने, स्कुल कलेजमा अनुपस्थित हुने, वा खराव संगतमा लाग्ने गरेको शंका लागेमा तुरुन्त उपचार गर्नु पर्छ । – लागु पदार्थ दुबर््यसनिको उपचार गर्ने नाममा डाक्टरको सल्लाह बिना उपचार गर्ने, अबैधानिक रुपमा औषधि खुवाउने संस्था पनि खुलेका छन यस्तो संस्था केवल पैसा कमाउने नाउँमा आएका हुनाले सचेत हुनुपर्दछ । औषधी व्यावसाय विभागलाई ढाकछोप गरि विरामीलाई त्यसै अवैध खुवाउने हँदा विरामी मरेको घटना पनि सुनिन्छ डा सि पी सेडाई नशा तथा मनोरोग बिशेषज्ञ चितवन मेडिकल कलेज Posted by Dr. Chandra Prasad Sedain at 9:54 PM No comments:

mental illness in nepali children

बालबालीकामा मनोवैज्ञानिक विचलन बालवालिकाको बानी सुधार्न अभिभावकको ठुलो हात हुन्छ । बाल बालिकाले गरेको राम्रो कामलाई प्रोत्साहन दिने र नराम्रो कुरालाई रोक्ने उपाए सिकाउने गर्नाले भविष्यमा राम्रो युवकमा परिणत गराउन सहयोग पुर्याउछ । यस बाहेक व्यक्तित्वको पनि केहि भूमिका रहेको हन्छ । बालबालिकाको बानी र अभिभावकको जिम्मेवारी नमिल्दा ँबगतिथ भिबचलष्लन ९गलत सिकाई० हुन जान्छ । त्यस्तै स्कुलको शिक्षकको पनि उत्तिकै ठूलो भूमिका छ राम्रो बानी वसाल्नमा । बाल बालिकाले गलत काम गरेपनि अभिभावकले ढाकछोप ९इखभच(उचयतभअतष्खभ० गर्दा नराम्रो कुरा गर्ने कुरामा प्रोत्साहन मिल्छ । त्यस्तै बाल बालिकाले गरेको राम्रो काममा अभिभावक स्याबासी ९उयकष्तष्खभ च्भष्लायचअझभलत० नदिदा पनि नराम्रो कुरा गर्न प्रोत्साहन मिल्छ, त्यसैले अभिभावकले यस्ता मनोवैज्ञानिक कुरा बुझनु जरुरी छ । यसवाहेक बाल बालिकामा विभिन्न खालका मनोवैज्ञानिक समस्याहरु हुन्छन। १. वढी रिसाउने ९त्झउभच त्भलतचगmक०– कोहि वालबालिकाहरु ५.६ वर्षमा वढी रिसाउने पल्टिने गर्छन जुन साधारण हो । तर यो रहिरहेमा यसले समस्या ल्याउछ । अभिभावकले रिसाउने बानी घटाउने प्रचलन गर्नु पर्छ । त्यसो भनए पछि गएर यसले मनोवैज्ञानिक समस्या ल्याउन सक्छ । यस्तो समस्या रहिरहेमा सम्वन्धित विषेशज्ञको सल्लाह लिनु पर्छ । २. निद्रा गडवढ हुने समस्या (क्भिभउ उचयदझिक)— बच्चाहरु राति नसुत्ने दिउसो सुत्ने, निद्रामा उठेर हिड्ने निद्रामा अत्याधिक डराउने समस्या पाइन्छ । ३. खाने समस्या ९ँभभमष्लन उचयदझिक०— कोहि वालकालिका गुलियो मात्र रुचाउने गर्छन । कोही कुनै वस्तु खान पटक्कै रुचाउँदैनन् । यसवाहेक कोहि बाल बालिका माटो, ढुङ्गा, कागज खाने पनी हुन्छ । यस्ता वच्चाहरुमा रक्त अल्पता भएको हुन सक्छ । ४. अत्याधिक डराउने समस्या (एजयदष्ब)— बालबालिका अलिअलि डराउनु स्वभाविक नै हो । तर अत्याधिक डराउनु एक मनोवैज्ञानिक समस्या हो । डराउने वस्तुसंग विस्तारै घुलमेल गर्दा यो समस्या घट्छ । ५. डिप्रेसन (म्भउचभककष्यल)— कहिलेकाँही बालबालिकामा डिप्रेशन रोग देखिन्छ । खासगरी रिसाउने, विर्सने, पेट दुख्ने, रोइरहने, वढी निद्रा लाग्ने आदि लक्षण देखिन्छ । ६. स्कूल जान नमान्ने (क्अजयय िचभागकब)ि— कतिपय बालबालिका स्कुल जान नमान्ने, पेट दुख्ने, टाउको दुख्ने, वान्ता गर्ने यो मनोवैज्ञानिक कारणले भएको हो । स्कूल जान नमान्ने कारण शिक्षक देखि डराउनु, साथीभाईले कुट्नु, नयाँ स्कूलमा भर्नाहुनु इत्यादि पर्छन ७. अनियमित पिशाव हुने — ५ वर्ष भन्दा कम उमेरमा बालबालिकाले पिशाव नियन्त्रण गर्न नसक्नु सामान्य हो तर ५ वर्ष वढी उमेरमा पनि यो समस्या रहयो भने त्यसको उपचार गर्नु पर्छ । ८. दिसा छुट्नु — बालबालिकाहरुमा ४ वर्ष भइसकेपछि पनि दिसा छुट्ने भएमा त्यसको उपचार गराउनु पर्छ । ९. सामाजिक नियम उल्ङ्गन गर्ने — कोहि बालबालिका तोडफोड गर्ने, चोर्ने, झुटो वोल्ने, अटेरी हुने, कुटपिट गर्ने, स्कुलवाट भाग्ने, सामान फुटाईदिने आदि समस्या देखिन्छ । यसलाई अयलमगभत मष्कयचमभच (सामाजिक नियम उल्ङ्गन गर्ने) भनिन्छ । १०. वढ्ता छुकछुक गर्ने (— कोहि बालबालिका वढ्ता छुक छुक गर्छन् । कुनै काममा एकाग्र भएर लाग्न सक्दैनन् । यिनिहरु मनमा जे आयो त्यहि गर्छन, खतरा संग खेल्छन । कतिपटक दुर्घटना पर्ने सम्भावना रहन्छ । ११. विषेश ब्यक्ति, संग नवोल्न)— केहि वालवालिका घरमा सवै संग वोल्ने तर स्कूलमा केहि नवोल्ने गर्छन् । कोहि कसैसंग मात्र बोल्छन् अरु संग वोल्दैनन् । यसलाई भ्भिअतष्खभ mगतष्कm (विशेष व्यक्ति संग नवोल्ने भनिन्छ) । १२. कोहि बालबालिका भकभकाइ बोल्ने गर्छन । यो साइकोलोनिकल कारणले भएको हुन्छ । कोहि डराउनाले यस्तो भएको हुन्छ । १३. छारे रोग — बालबालिकामा हातखुट्टा कडा हुने काम्ने, मुखमा फिंज आउने र लड्ने छारे रोग हुन्छ । मुखमा फिंज आउछ । कुनै वच्चाहरु १, २ मिनेट टोलाई वस्ने, हात खुट्टा चलाउन नसक्ने रोग देखिन्छ । यो पनि एक छारे रोग हो । १४. कन्र्भसन डिसोसिएटिभ डिसओडर— पहले यस्तो समस्यालाई हिस्टेरिया भनिन्छ । सुरुमा काम्ने, वाक्ने, नवोल्ने, हातखट्टा फाल्ने, कहिले स्वा स्वा गर्ने आदि पनि यो रोगको लक्षण हो । १५ सुस्त मनस्थिति — वालबालिकाको उमेर वृद्धि भए अनुसार बुद्धि विकास नहुनुलाईसुस्त मनस्थिती भनिन्छ । यस्ता बालबालिकालाई अरुले भन्दा फरक किसिमले सिकाउनु पर्छ । उनको वुद्धि अनुसारको काम दिनु पर्छ । उपचार बालबालिकाको समस्याको वारे रोगको पहिचान गर्न सम्वन्धित डाक्टरको परामर्श लिने । बालबालीको बानी सुर्धान प्रोत्साहन दिने । काउन्सिलिङ, साइकोथेरापी र कतिपय रोगमा औषधिको प्रयोग गरिन्छ । वच्चामा हुने डिप्रेसनकोलाई एन्टिडिप्रेसेन्ट औषधि को प्रयोगबाट फाइदा हुन्छ । छारे रोगकोलागि औषधि ४ वर्ष सम्म खुवाउनु पर्ने हुन्छ । डा सि पी सेडाई नशा तथा मनोरोग बिशेषज्ञ

mental illness in nepal,mania

जटिल बन्दैछ मेनिया रोग(Bipolar disorder in Nepal) सुनिता कक्षा १० कि छात्रा हुन । एक्कासी उनिमा निकै फúर्ति देखिन लाग्यो । उनि निकै खुसी देखिन थालिन, निकै सिगर पटारमा ध्यन दिन लागिन राम्रो राम्रो लुगा लगाउने शोख बढदै गयो । आफúलाई अरुभन्दा ठúलो ठान्न थलिन आफनो विचार सबैले मान्नु पर्छ । आफúमा अरुले गर्न नसक्ने काम पनि गर्न सक्ने गुण छ उनि बारम्बार भन्न थालिन आफú निकै राम्रो भएकोले निकै अर्कषण केटाले पनि आफúलाई चाहन्छन । भने उनको मनमा लाग्छ । उनले भनेको नमन्ने वित्तिकै घरके आमा बाबु र दाजुभाई संग आत्यान्तै रिसाउन लागिन उनिहरु देखि बारम्बार संका सुन्दरी हु भन्ने घमण्८ बढन बस्थ्यो । राति निद्रा कमै सुतेपनि अ पुग्दथ्यो ।उनि निकै झगडा बनिन, सानो कुरामा पनि झगडा गदै घर परिवारका मन्छेलाई पिटने अयानक अनक्क रिसाउने भयो । स्कúल जान पनि नसक्ने भइन उनलाई अस्पताल ल्याइयो उनि निकै चर्को खिार कराई रहेकि थिइन मलाई केहि भएका छैन, यिनिहरुले मलाई त्यसै ल्याए । १५ दिनको उपचार पछि उनि राम्रो अवस्थामा आइन, आफúले गरेको घमण्डलाई आफú त्यस वेला विरामी रहेछु भन्ने थाह पाइन । त्यस्तै रमा १६ वर्ष केटि हुन । उनि कक्षा ९ मा पढछिन् । गत १० दिन देखि उनि फरक देखिएकि छिन । आजकल उनि बढि बोलिरहन्छिन । उनि छिट्टै रिसाउँछिन । उनि निकै सिँगार पटार गर्छिन । उनि भन्छिन “म ३ दिन भित्र प्रधान मन्त्री वन्नेछु ।” उनि आफुलाई फूर्तिलो, सिपालु, जोसिलो राम्री ठान्छिन । उनिमा तडक भडक निकै छ । विवाह गर्ने कुरा पटक पटक गर्छिन । एउटा काम नसक्दै अर्कोकाम सुरु गर्छिन । उनले भनेको नमानेमा पिट्छिन । राती २–३ घण्टा सुतेपछि उठ्छिन, रेडियो, टि.भी.हेर्छिन र अरुलाई डिस्टर्व गर्छिन । उनि मिठो खानेकुरा र पैसा मागिरहन्छिन । अनि आफु धनि भएको फूर्ति उडाउछिन । उनको लक्षण समयमा थाहा भएन तर जुन उनको लक्षण वढुदै गयो उनलाई मानसिक रोग लागेको थाह भयो । उनको अस्पतालमा उपचार भई रहेको छ र निको हुंदै छ । यस्तो रोगलाई ःबलष्ब भनिन्छ । एक पटक ःबलष्ब भएको विरामी अर्कोपटक यो रोग दोहरिने समस्या ८०% रहन्छ । यसरी दोहरीएको अवस्थालाई द्यष्उयबिच बााभअतष्खभ मष्कयचमभच भनिन्छ । कहिले ःबलष्ब र मभउचभककष्खभ कथmउतयmक देखिन्छन् ।कहिले ६ महिनामा कहिले ३—४ वर्षमा दोहोरिने गर्छ ।मेनिया यस्तो रोग हो जसमा विरामी गफाडी, झगडालु, उत्तेजित देखिन्छ । विरामी प्रसस्त कुरा गरिरहने, फूर्तिलो, हाँसिलो, घमण्डी देखिन्छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन एउटा काम सक्न नपाउँदा अर्को काम थाल्छ । विरामी आनन्दि कुरामा दिन विताउँछ । म राजा वन्छु, म प्रधानमन्त्री वन्छु म नेता वन्छु भन्छ । पैसा वाँड्ने, कुरा वढाई चढाइ वोल्ने, राती २,३ घण्टा मात्र सुत्ने, गित गाउने, , रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने । विरामी वढी त्बभिलत देखिन्छ । भनेको नमाने कुट्न थाल्छ । ज्थउयmबलष्ब भनेको के हो ःबलष्ब जस्तो लक्षण भएको तर mबलष्ब जती वढी उत्तेजित नभएको अवस्था हो । यो रोग पटक पटक दोहोरिने भएको हुनाले राम्रो विचार पु¥याउन जरुरी छ । यस्ता घटनँहरु समाजमा पटक पटक देखिरहन्छन । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौें घटन घटन सक्छन् । मेनिया रोगका लक्षणहरु · घमण्डी बन्ने, बढी फúर्ती लगाई कुरा गर्ने । · धेरै खुशी हुने तर भनेको नमाने झटक्क रिसााउने । · वढी आशवादी हुने सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने । · मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने । · वढी पैसा माग्ने वा खर्च गर्ने । · पटक पटक ऐना हेरी रहने । · २(३ घण्टा सुते पनि निद्र पुग्ने । · यैँनमँ बढी रुचि हुने । · एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने । · अरु देखि संका गर्ने । यो रोग डिप्रेसनको उल्टो रुप मानिन्छ । पटक पटक दोहारिन पर्ने सक्छ, कहिलेकाही अर्कोपटक डिप्रेसन हुन पनि सक्छ । यो रोगमा परुस यैाँन ट्रान्समिटेड डिजिज र महिलामा गर्भ रहने खतरा रहन्छ । उपचार रोगको संका लागे पछि , विरामीलाई रिस उठने किसिमको व्यावाहार नगर्ने अस्पताल लगी सम्बन्धित विषेशज्ञको सरसल्लाह लिई उपचार गर्ने । यो रोग एकपटक शुरु भए पटि अर्को पटक दोहोरिने समस्या ७०(८०५ रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्को पटक दोहरिदा कहिले पहिलेकै लक्षणहरु दोहोरिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसन हुने जस्तै दिक्क हुने रुने मछर्’ भन्ने, राती निदाउन गाहो हुने) देखिन्छ । यो रोग पटक पटक दोहोरिने भएकोले यो रोग बारे राम्रो जानकारी हुनु अति आवश्यक छ । मेनिया रोगवारे जान्नैपर्ने कूरा · मेनिया रोगका विरामी घमण्डी हून्छन । उनीहरु आफुलाई विरामी भन्न रुचाउदैनन् विरामी, आफुले भनेको नभए झगडा गर्ने अरुलाई पिट्ने गर्छन । त्यसैले यस्ता विरामी संग अनावश्यक बादविवाद गर्नू हूदैन । नम्र भएर कूरा गर्नू पर्छ । · मेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन । त्यस्तो बेला तूरुन्त अस्पताल लैजानू पर्छ । कति विरामीलाइृ यस्तो बेला इन्जेक्सन दिएपछि मात्र राम्रो हून्छ । · मेनिया रोग निको भइसकेपछि पनि पटक पटक बल्झिन सक्छ । · सबैभन्दा पहिले राती निद्रा पर्दैन । त्यसो भए सदा लाग्ने औषधि तत्काल दिनू पर्छ । वा अस्पतालमा सम्पर्क गर्नू पर्छ । · लिथियम लिएका मेनियाका विरामीले वान्ता गरे वा झाडापखाल, लागेमा यो औषधि वन्द गरि अर्को औषधि दिनुपर्छ । जसबाट लिथियम त्यहष्अष्तथ बाट बचाउन सकिन्छ । · मेनिया रोग कडा मानसिक रोग भएकाले औषधि लामो समयसम्म खान पर्न सक्छ । त्यसैले औषधि डाँक्टरको सल्लाहबाट मात्र छाड्नूपर्छ । डा सि पी सेडाई नशा तथा मनोरोग बिशेषज्ञ Posted by Dr. Chandra Prasad Sedain at 12:44 AM No comments: